इजरायलमा ३५ औ मगर स्थापना दिवस भब्य रुपले मनाए

Read Time:2 Minute, 28 Second

दिपक राना  मगर


Image may contain: 1 person, sitting and standing

इजरायल, फेब्रुवरी २६ – प्रत्यके बर्ष स्वदेश तथा विदेशमा मनाउने गरिएको मगर दिवसलाई यस पटक पनि नेपाल मगर संघ इजरायलले ३५ औ मगर स्थापना दिवस तेलअभिव स्थित मगर अपार्टमेन्टमा धुमधाम पुर्वका साथ सम्पन्न गरेको छ |

कार्यक्रम मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन र सस्थापक सल्लाहकार केशब राना मगरले केक काटेर उद्घाटन गरेका थिए | अधिकांस मगर र मगर्नीहरु मगर पहिचान झल्किने भेषभुषामा सजिएर उपस्थित रहे |


Image may contain: text

साझ ८ बजे देखि राती अबेर सम्म चलेको कार्यक्रममा सेलरोटी बटुक र बंगुरको मासुको परिकारको स्वाद लिदै सबैले आफ्नो गाउ ठाउको झल्को आएको ब्यक्त गरेका थिए | कार्यक्रममा सास्कृतिक कोशेलीको रुपमा चित्र जुग्जाली र कमला पुर्जाको कौडा नृत्य र संघका तृतीय उपाध्यक्ष लता पुनको मगरकी छोरी हु म भन्ने एकल नृत्यमा प्रस्तुत गरिएको हो | कार्यक्रममा मगर संघ इजरायलका सस्थापक सल्लाहकार केशब राना मगरले मगर जातिको इतिहास जोगाउन पुर्बजहरुको अतुलनीय योगदान रहेको हुदा उनीहरुलाई सधै सम्मान र उनीहरुले दिशा निर्देश गरेको बाटोलाई आत्मसात गरेर जानु पर्ने कुरामा जोड दिए |

मन्तब्य दिने क्रममा मगर संघ इजरायलका कोषाध्यक्ष जय पुनले मगर स्थापना दिवस र सस्थापक अध्यक्ष हेम बहादुर पुनको योगदान बारे चर्चा गरे भने मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले मगरहरु जुन ठाउँ र परिवेशमा भए पनि मगर जातिको उत्थानमा सबै अग्रसर हुनु पर्ने बताए |

संरक्षक तारा काउचा मगरले संचालन गरेको उक्त कार्यक्रम मन राना मगरको स्वागत मन्तब्य र सभापतित्व मगर संघ इजरायलका कार्यबाहक अध्यक्ष बिष्णु पुन मगरले गरेका थिए |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %