प्रजातान्त्रका सच्चा योद्धा प्रथम सहिद क्या. लखन थापा मगरलाइ सबै नेपालीले कदर गर्नु पर्छ – भट्टराई

Read Time:4 Minute, 4 Second

दिल प्रसाद थापा

 

 Image may contain: 4 people, people sitting

 न्यु योर्क, फेब्रुअरी १३ – नेपाल को प्रथम सहिद लखन थापा मगर को १४० औ स्मृति दिवस को उपलक्ष्यमा नेपाल सरकार, नेपाल वाणिज्य दूतावास न्युयोर्क र नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको सहआयोजना भएको कार्यक्रम वाणिज्य दूतावासका वाणिज्य दुत पुष्पराज भट्टराई को अध्यक्षता मा न्युयोर्कको दूतावास कार्यलयमा अमेरिकामा रहेको विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

वाणिज्यदुत भट्टराईले क्या. लखन थापा मगर नेपालकै प्रथम सहिद भएकोले उहाँलाई सबै नेपालीले बिशेष सम्मान र योगदान दिनु पर्ने औचित्य रहेको बताए । लखन थापा मगर दिवस कुनै जाति विशेषको नभइ सबै नेपालीको भएको हुनाले प्रजातान्त्र दिएको योगदान बाट प्रेरणा लिनु पर्ने बताए ।


Image may contain: 26 people

कार्यक्रममा आदिबासी जनजाती महासंघ अमेरिका का उपाध्यक्ष मंगल दास श्रेष्ठ को स्वागत मन्तब्य रहेको थियो । कार्यक्रम मा युएस अनलाइनका प्रमुख सम्पादक प्रदिप परियार थापा मगरले प्रथम सहिद लखन थापा मगरको जिवनी प्रकाश पार्दै, प्रजातान्त्रको लागि लडेको साहस र बलिदान आजको दिनमा विशेष महत्त्वपुर्ण र सान्दर्भिक रहेको बताए । अमेरिकामा पनि सोही समयमा अब्राहम लिङ्कन समानताको लागि आन्दोलन गरि हालको समय सम्म आउँदा बिस्वकै सक्तिशाली राष्ट्र भएको तर नेपाल पनि लखन थापाले समानताको लाडाइ लडेर पनि विभिन्न काल खण्डमा थुप्रै आन्दोलन भएता पनि कुनै प्रगति नहुनु दुखेसो पोखे ।

आदिवासी जनजाति महासंघ अमेरिका का संघीय परिषद सभाध्यक्ष  बिनोद पेमोले लखन स्मृति दिवस लगायत राज्यका विभिन्न लुकिएका बिभुतीहरु लाई पनि सम्मान गरिनु पर्ने बताएका थिए  । जनसम्पर्क मञ्च अमेरिका का महासचिव मुलेन्द्र नेवाङ ले १४० बर्ष अगाडि लखन थापा मगर स्वतन्त्र र मुक्तिको, प्रजातान्त्र को लागि लडेको योगदान को कदर गर्नु पर्ने बताए । मगर संघ अमेरिका का महासचिव मान बहादुर राना मगरले लखन थापा मगर नेपालको प्रथम सहिद हुँदा हुँदै पनि हिजोका दिनमा मगर संघले मात्र लखन दिवस मनाउन पर्दा को दुखेसो पोख्दै आज नेपाल सरकार वाणिज्य दुतको आयोजनामा सो दिवस मनाउन उक्त कार्यक्रम आयोजना गरेको मा दूतावास लाई धन्यवाद दिएका थिए ।

प्रथम सहिद लखन थापा मगरलाई नेपाल सरकार ले २०१५ सेप्टेम्बर २० तारिख आधिकारिक रुपमा मान्यता दियेको थियो ।  प्रथम सहिद क्या. लखन थापा मगर दिवस,  मगर संघ अमेरिका ले मनाउदै आयोको थियो भने केही बर्ष येता, दूतावास र नेपाल आदिबासी महासंघ अमेरिका सयुक्त रुपमा गर्दै आयेको छ । सो कार्यक्रम नेपाल आदिबाट जनजाति महासंघ अमेरिका मा महासचिव प्रेम गुरुङले संचालक गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %