राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: मास्की मगर !

Read Time:4 Minute, 34 Second

हुबिमगर


 

Image may contain: 12 people, people standing and outdoor

पर्बत, माघ २३ – राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेसन पर्बतको सदरमुकाम कुस्मामा सम्पन्न भयो ।

अधिवेसनले अध्यक्षमा पुन: ईनद्र बहादुर मास्की मगरलाई निर्बाचीत गरेको छ । उपाध्यक्ष तुल बहादुर सुनारी मगर,मिना थापा मगर, सचिबमा टक बहादुर बिरकट्टा, सह सचिबमा प्रज्ञा शागर शाक्य , कोषाध्यक्षमा चेत बहादुर सारू, सह कोषाध्यक्षमा बिष्णु माया थापालाई निर्बाचीत गरेको छ ।


Image may contain: 4 people, people on stage

अधिवेसनले मगरात राज्यपरिषदको सदस्यहरू प्रतेक जिल्ला भेलाबाट एक एक जना प्रतिनिधित्व हुने गरि १८ जना परिषद सदस्यहरू चयन गरेकोछ । पर्बत जिल्लाले जुझारू स्थानीय नेता शरिना पुन मगरलाई परिषद सदस्यमा पठाएको छ ।

गोरखा,तनहुँ, पाल्पा, नवलपरासीको सुस्ता पूर्ब, स्यांजा, पर्बत, बागलुंग, म्याग्दी, प्यूठान, गुल्मी, अर्गाखाँची, सल्यान, सुरखेत, रोल्पा, रूकुम, दैलेख, डोल्पा र दांग गरि मगरात राज्यमा १८ जिल्ला रहेकोछ ।


Image may contain: one or more people and indoor

मगरातका प्रतेक जिल्ला बाट सयौको संख्यामा मगरको भेसभुषा र बाजागाजाका साथ उपस्थित भई पर्बतको सदरमुकाम  कुस्मा बजारमा पाँचौहजारको संख्याले नगर परिक्रमा गरि कुस्मालाई जनमुक्तिमय बनाएका थिए ।

पार्टीका संस्थापक सदस्य एबंम अनुगमन र मुल्यांकन समितिका प्रमुख रामबहादुर तुम्बाहाम्फेले प्रमुख अतिथिको हैसियतले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको थियो ।

यो देशको माटोलाई सुहाउदो र सबै जातजातिको मुक्तिका लागी २०४७ सालमा स्थापित भएको पार्टीले बहुजातिय लोकतान्त्रिक समाजबाद, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधत्व यो पार्टीको मुलमन्तर हो । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नयाँ संबिधानमा लेखिसकिएको र यसलाई सबै दल मिलेर कार्नवनयन गर्न पार्टीले जनदबाब दिदै आईरहेको तुम्बाहाम्फेले भेलालाइ संबोधनको करममा बताउनु भयो ।


Image may contain: 10 people, people standing and child

पार्टीका केन्द्रीय नेताहरू, भातृ संस्थाका अध्यक्षहरू र बिभिन्न संघ संस्थाका प्रतिनिधि  हरूले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम मगरातका अध्यक्ष इन्द्रबहादुर मास्की मगरको अध्यक्षतामा पर्बत जिल्लाका अध्यक्ष खग माया पुन मगरको स्वागत मन्तब्य र सचिब टक बिरकट्टाको सन्चालन भएको थियो । पर्बत जिल्ला समितिका उपाध्यक्ष रूक माया पुन मगर र कोषाध्यक्ष होम माया पुन मगरले  अतिथिहरूलाई ब्याज र खादा बितर्ण गर्नु भएको थियो ।


Image may contain: 7 people, crowd and outdoor




सम्मान :
मगरात राज्यपरिषदको दोष्रो अधिवेसनलाई सफल पार्न मगरातका हरेक जिल्ला र बिदेस बाट समेत सहयोग गर्ने ब्याक्त्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।


सम्मानित हुनेहरूमा:

जनमुक्ति मन्च बेलायत बाट – ५०,०००/-
महादेब थापा – (बेलायत, Ex QGE) आबु-१,तनहुँ – २५,०००/-
शारिका मास्कीमगर (अस्टेलिया) आबु-१, तनहुँ – २५,०००/-
सचिन मास्की मगर (बेलायत)आबु-१, तनहुँ – २०,०००/-
एम.बि. थापा मगर संघीय परिषद सदस्य (हंगकंग) प्युगा, स्याँग्जा – ७०००/-
भिम बहादुर थापा मगर संघीय परिषद सदस्य (हंगकंग) पालुंगटार ठाँटी पोखरी, गोरखा – ७०००/-
गणेश जंग राना मगर (हंगकंग) पिपल डाडा पाल्पा – ७०००/- हरूलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %