तामांग घेदुङ इजरायल द्वारा सोनाम ल्होछार कार्यक्रम मनाउदै !

माया घले मगर


इजरायल – तामांग घेदुङ इजरायल द्वारा आयोजित ३ फेब्रवरी २०१७ सुक्रबार साझं ७ बजे ऐतिहासिक सोनाम ल्होछार कार्यक्रम मनाउदै !

विश्वका सम्पूर्ण बुद्ध मार्गी समुदायहरुको धार्मिक तथा सांस्कृतिक आफ्नो विशेष राष्ट्रिय पहिचान बोकेको मन्जुश्री सम्बत् २८५३ नामे (ज्या ल्हो) चरा वर्ग राष्ट्रिय महान पर्व सोनाम ल्होछारको पावान अवसरमा देश तथा विदेशमा रहनुभएका तामाङ ज्योज्यो, आले, नाना, आङहरु, साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख,शान्ति, सम्बृद्धि, सु-स्वास्थ्य, दिर्घायुको साथै उत्तर-उत्तर उन्नति र प्रगतीको निमित्त नेपाल तामाङ घेदुङ,इजरायल परिवार हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ ।

हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङ, इजरायल द्वारा आयोजित ३ फेब्रवरी २०१७ सुक्रबार साझं ७ बजे ऐतिहासिक सोनाम ल्होछार कार्यक्रम नेपाली राजदूतवासका कावा महामहिम राजदूत श्री रामेश्वर पौडेल ज्युको प्रमुख अतिथ्यमा सु-सम्पन्न हुन गैरहेकोले इजरायलमा स्थापित सम्पूर्ण सामाजिक, धार्मिक, राजनीतिक संघ, संस्था र संगठनका सम्पूर्ण बुद्धिजीबी, समाजसेवी ज्युहरु अनलाईन मेडियाका संचार कर्मी कर्मी ज्युहरु, इजरायलमा कार्यरत सम्पूर्ण तामाङ ज्योज्यो, आले, नाना, आङहरु साथै सम्पूर्ण ल्होछार प्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।

थुजेछे (धन्यवाद) साभारः तामांग  घेदुङ इजरायलको अध्यक्ष कल्पना मोक्तान तामांगको फेसबुकबाट !