मगर संघ इजरायलको अध्यक्ष लामो समय बसाईपछि स्वदेश फिर्ता भए !

Read Time:3 Minute, 2 Second

माया घते मगर


Image may contain: 35 people, people smiling, people standing
ईजरायल –
नेपाल  मगर संघ, प्रबास शाखा इजरायलको  सस्थापक अध्यक्ष तथा  जनमुक्ति पार्टी इजरायलको  संरक्षक तथा प्रमुख साल्हाकार बसन्त रास्कोटी मगर ज्यु १० बर्ष पहिला रोजगारीको शिलसिलामा इजरायल प्रस्थान गर्नु भए थियो, लामो समय बसाईपछी उहा “कर्मभुमि” इजरायलबाट ‘’जन्मभुमि’’ नेपाल स्थाई घर पाल्पा जिल्ला  फिर्ता हुनु भएको छ |



Image may contain: 3 people, people standing

उहाँले सस्थाको जिम्मेवारी पुर्ण अध्यक्ष जस्तो गरिमामय पदमा रहेर मगर समुदायको भाषा, सस्कृती, भेषभुषा, पहिचान र परम्पराको संरक्षण र सम्बर्द्धनका लागि मगरहरुको हक, हित, अधिकार र पहिचानको सुनिश्चितताको लागी सम्पुर्ण इजरायलबासी मगर दाजुभाइ/दिदीबहिनीहरलाई पुर्ब देखि पश्चिमसम्म महिला/पुरुष सबैलाई एकजुट गराउदै लैजाने क्रममा पूर्ण रुपमा निरन्तर लागी परिरहनु भयो, अझ पहिलो प्राथमिकता महिलाहरु लाई अगाडी बढ्नको निम्ति उहाले प्रोत्साहन निरन्तरताको साथले लागि पर्नु भयो । मगर संघ इजरायलको स्थापना उहाकै ठुलो भूमिका र सहयोगबाट २०१३ जुलाई १३ तारिखमा स्थापना भएको हो |


 Image may contain: 4 people, people standing

अब विदेशमा सिकेको शिप, ज्ञान र बिबेकलाई स्वदेशमै सदुपयोग गर्ने उद्यश्यले उहाकै पहिलो भूमिकामा १ करोढको लगानीमा कृषि फर्म संचालन गर्ने गरि संस्थाको स्थापना समेत गरिसक्नु भएको छ | जनमुक्ति पार्टी स्थापना इजरायलमा ३ महिना अगाडी उहाकै पूर्ण सहयोग र सल्लाहामा पार्टी गठन गरिएको हो | एक हप्ता अहिले मिति जनवरी २१ तारिखको दिन “विशेष कार्यक्रमको साथ सम्पूर्ण इजरायलबासी मगर समुदायहरु बाट उहालाई बिधाइ गरियो  ।






Image may contain: 2 people, people standing

मगर संघ इजरायलको प्रथम उपाध्यक्ष् सुश्री : बिष्णु पुन मगरलाई कार्यबाहक अध्यक्ष पद हस्तान्तरण गरिदिनु भइ उहा अब ‘’कर्मभुमी’’ बाट प्राप्त गरेको शिप र ज्ञान, अनि प्रेरणादायी उपलब्धिले उहाको अबको ‘’जन्मभुमि’’नेपालमा बसाई सधै सबल, सफल र उज्ज्वल रहोस उहाले समाज परिबर्तनको लागि पक्कै पनि अबको दिनमा अझ पूर्ण रुपमा योगदान दिनुनै हुनेछ भन्ने हामी बिस्वस्थ छौ |


उहाँको यात्रा सफल रहोस् |
उत्तरौ-उत्तर प्रगतिशीलको लागि हार्दिक शुभकामना |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %