मैले देखेको भोगेको शासन, वर्तमान सरकार र पूर्व राजाको शासन काललाई फर्कीएर सम्झिदाको क्षण !

Read Time:14 Minute, 45 Second

माया घले मगर

 

Image may contain: one or more people, ocean, beach, sky, child, outdoor, nature and water

 

ईजरालय, जनवारी ६ – जे मैले देखे जे मैले भोगे यी मेरो कहानीहरु हाल देश चलाई राख्नु भएको सम्मामीय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु र पुर्ब राजा ज्ञानेन्द्र शाह ज्युलाई मैले प्रदेशी भुमिबाट संदेश मार्फत दुख ब्यक्त गर्न चाहन्छु ?आजभन्दा लगभग १२ /१३ वर्ष तथा बिक्रम सम्बत १०६०/६१ सालमा भएको शासन काललाई फर्कीएर सम्झिदा,

 

त्यो बेलामा दुइ पक्षको द्धन्दहरु चर्कीरहेको थियो धेरै निर्दोष जनताहरु मारीए धेरै बालबालिकाहरु टुहुरा भए धेरै महिलाहरु विधुवा भए । के यहि हो ? जनताहरुले दिएको बलिदानको मुल्य ? सम्मानीय प्रधानमन्त्री ज्यु लाई दुख व्यक्त गर्न चाहन्छु | तपाइको पार्टीको २,४ जना लाई मन्त्रि बन्नको लागि र तपाइले यहि सम्माननीय प्रधानमन्त्री पद पाउनको निम्ति १० बर्ष संघर्स गर्नु भएको यहि हो क्रान्ति ? खोइ नेपालले मुहार फेरेको ? खोइ गरिब जनताहरुले पाएको सम्मान अधिकार ? खोइ उत्पीडित महिलाहरुले पाएको समान अधिकार ? अधिकार भनेको बोल्नलाई सजिलो छ तर ब्यबहारमा लागु हुनलाई त्यति सहज छैन ?


मेरो व्यक्तिगत काम काजको अनुभव  राख्न चाहन्छु  :

म कामको शिलसिलामा फिल्डमा जादै गर्दाको घट्ना हो | प्रचण्ड पथ जिन्दाबाद भन्दै महिला कमाण्डरहरु भेटे उनीहरुले म प्रति संखा उप-संखा गर्दै वरिपरि घेरे हुन त म कुनै राजनीति कार्यकर्ता थिएन नत सुराखी लगाउने व्यक्ति नै थिएन ?

म एउटा श्रमजीबी महिला थिए, श्रम गरेर आफ्नो पेट पाल्ने काम गर्दथे |यो घट्ना हो बिक्रम सम्बत :२०६०/६१ साल तिरको हो | जुन बेदेशि प्रोजेक्टको नाम थियो नेपाल रेडक्रस सोसाइटी (रिवार्ड प्रोजेक्ट) (Reaching & Enabling Women to act on Reproductive Health Decision) हुन त रेडक्रस संस्था भित्र राजनीति हस्तक्षेप छ ? तर म भनेको प्रोजेक्टको सोसियल ओर्करमा काम गर्ने कर्मचारी थिए | यसको डोनर थियो (CEDPA NEPAL) यो प्रोजेक्टले ३ वटा जिल्लाहरुमा उदयपुर,कैलाली,सल्यानमा महिला प्रजनन स्वास्थ्य सम्बन्धि काम गरीरहेको थियो, यसको दातृ रास्ट्र भनेको अमेरिका थियो,भनिन्छ ”मानबिय सेवा”गर्ने संस्था अथवा म एक निर्दोष सोसियल ओर्कर महिला प्रति एक दिन फिल्डमा काम गर्दै जादा एक जना स्वयंम सेविका दीदीको घरमा म पुगे र त्यहाँ रेस्ट गरिरहेको थिए ठिक त्यहाँ २,४ जना माओबादी लडाकु महिलाहरु आइपुगे र म त्यहि बेलाआखा चिम्लीएर सुतेको जस्तो झैँ नाटक गरेर सुतिरहेको थिए स्वयंम सेविका दीदीसंग मेरो बारेमा खोजिनिजि गर्न थालिन, तिनीहरुले २ घण्टा जति म संग कुरेर बसिन, म भने सुतेको झैँ पल्टी रहेको थिए किनभने म उनीहरु संग कुरा गर्न पनि मन थिएन ,उनीहरुले गाउमा राम्रो काम गरेर देखाको भए सायद मलाई कुरा गर्न पनि जागरुकता साथ उत्सुकता हुने थियो होला |

२ घण्टा सम्म तिनीहरु म संग कुरा गर्ने हिसाबले कुरि नै रहे, यसो मैले सोच बनाए आखा चिम्लेर, किन म डराउनु म उठेर परिचय गर्छु भन्ने सोच बनाए उठ्ने बित्तिक्कै तिनीहरुले म वरिपरी घेरिन र म फिल्ड तिर झोला बोकेर हिडे उनीहरु पनि लगभग १ घण्टाको बाटो म संगै यात्रा गर्दै छलफल गर्दै बाटो पार गरियो उनीहरुले खुलेर आफ्नो परिचय गर्न चाहेन | र मैले उनीहरुलाई त्यो बेला बाटोमा संगै हिड्दै ३ वटा प्रश्न गरेर सोधे ( १ ) अहिले नेपाल सरकार संग प्रचण्ड दाहाल र बाबुराम भट्टराईको बार्ता हुने हल्ला चलिरहेको छ के यो हुन् सक्ला ? ( २ ) तपाईहरु देश परिवर्तनको लागि यत्रो संघर्ष गरेर लागि पर्नु भएको छ तर कतिपय तपाईहरुको कार्यकर्ताले निर्दोष जनताहरुलाई डर ,त्रास,धम्कि दिएको देखिन्छ नि यसरि राजनीति गर्नु उपयुक्त होला त भन्ने प्रश्न गरे ? ( ३ ) यदि नेपाल सरकार संग बार्ता भएर द्वय, प्रचण्ड दाहाल र बाबुराम भट्टराई लाई संविधानसभाको माथिल्लो सदनको ठुलो पद सम्हाल्न जिम्बेवारी दिए भने तपाईहरु के गर्न चाहनुहुन्छ ? भन्ने मैले प्रश्न गर्दा उनीहरुले यस्तो जबाफ दिएकि थिइन्, नेपाल सरकारले २ जनालाई मात्रै सम्हालेर हुदैन नेपालको गरिब जनताहरुले उन्मुक्ति पाउनु पर्यो हाम्रो माग पुरा नभएमा हामी दुइवटै कमरेडहरुलाई पनि छोड्नेवाला छुइन भनेर यस्तो मलाई जबाफ दिएकि थिइन, तिनी महिलालडाकुहरुले अहिले कहाँ के गर्दै होलिन तिनीहरु ?

त्यो बेलामा हाम्रो प्रोजेक्ट नियमित चलिरहेको थियो हामीले नेपाल मै सानोतिनो पेट पाल्ने अवसर पाईरहेको थियो र माओबादीको धम्कीको कारणले त्येसको केहि महिना पछि प्रत्येक वार्डमा रहेको स्वयंम सेविकाहरुको घरमा रहेको साइन बोर्ड समेत फालीदिने कामहरु भयो ? माओबादी पार्टीबाट बिदेशी प्रोजेक्टहरु हामी चलाउनु दिन्न भन्ने दम्की आउन थाल्यो, के हाम्रो प्रोजेक्टले गरेको कामहरु गलत पक्कै पनि थिएन ?

म सामाजिक कार्यकर्ता थिए मैले काम गर्ने अवसर मिल्यो, गाउका महिलाहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धि स्वयक्षिक निर्णय गर्ने क्षमताको विकास गराउने प्रोजेक्टको उद्श्यको साथले बिकटका गाउ विकास समितिहरु बाट महिलाहरुलाई सेवा दिन शुरु गर्यो | दिदीबहिनीहरुमा त्यो बेलामा यति दर्दनाक नाजुकस्थिति थियो की मैले गाबिस भरिको सर्बेक्षण गरेर कहाँ कति गर्भवती महिला छन ,कति सुत्केरी महिलाहरु छन्,कति किशोर-किशोरीहरु छन्, कति प्रोढ़हरु साकक्षरता छन्, कति निराक्षरहरु छन्, त्यो सर्बेक्षणबाट ऐना जस्तै झल्किने हुनाले हेरी-हेरि सुत्केरी महिला ,गर्भवती महिलाहरुलाई घर भेट गर्ने ,प्रत्यक वार्डमा आमा समुहको बैठक राखी स्वास्थ्य सम्बन्धि छलफल गर्ने, शिक्षा दिने गरिएको थियो ,उमेर नपुगी बिबाह भएको र गर्भवती भै बच्चा जन्माउन नसकी अस्पतालमा लादालादै बाटो मै मृत्यु भएको किशोरीहरु पनि मैले कति देखे, र छोराको आसले ८ /९ वटा छोरी/छोरि ४९ /५० बर्षको उमेरसम्म पनि बच्चा जन्माई रहेको महिलाहरु पनि मैले भेटेको घट्ना एकिन छैन, यस्ता देशभरि बिकटका गाउहरुमा दर्दानाक स्थिति छ कसले दिने परामर्श ,कसले दिने शिक्षा,कसले दिने चेतना ?यो चेतनाको अभाबै अभाबले बिगट गाउहरुमा जाने हो भने स्थिति धेरै नाजुक छ |

अहिले जति शिक्षा पाएको छ,जति परामर्श पाएको छ,जति चेतना पाएको छ राजधानी,शहर,बस्तिहरुमा मात्रै सिमित छ | नेताहरुको भाषण,जुलुस, हड्ताल,बन्दले गर्दा पनि शहरहरुमा चेतना पाएको छ , एनजियो/आइएनजियो बिदेशी सहयोगहरु नेपाल रास्ट्रको सहयोगहरु बिकट गाउमा पुग्न सकेको छैन जिल्ला सम्म पुगेर रोकिने गर्दछ,जति पाउनुपर्ने चेतना, शिक्षा,गरिबी न्यूनीकरण बिकट गाउहरुमा पाएको छैन ,कुनै जुलुस,प्रचारप्रसार,सूचना/संचार,पत्रपत्रिका,भाषण,तालिम,गोष्ठी नहुनुको कारणले पनि बिकट गाउहरुमा अझैपनि नाजुक स्थिति छ |

कतिपय महिला दिदीबहिनीहरुले मलाई देख्नेबित्तिकै घर भित्र लुक्ने गर्नु हुन्थ्यो 

फेरी पटक /पटक फलो गर्दै गए सुरुवातमा आफ्नो स्वास्थ्यको बारेमा खुलस्त भन्न लाज मान्ने र मुख छोपेर हास्ने गर्नु हुन्थियो ,बिस्तारै उहाहरुबाट बानी बस्तै गयो ,मैले सुत्केरीलाई छुट्टै परामर्श दिने गर्दथे, गर्भवतीहरुलाई छुट्टै परामर्श दिने गर्दथे ,भर्खरै कलिलो उमेरमा बिबाह गरेको किशोर-किशोरीहरुलाई छुट्टै परामर्श दिदै- दिदै गए स्वास्थ्य चौकी ,उपस्वास्थ्य चौकीहरुमा अहेब,ग्रासका,मासिका,हरुसंग समन्वय गरेर ठाउँ-ठाउँमा गाउघर क्लिनिक चलाउने बानी बसाल्दै गए, त्यस गाउघर क्लिनिकबाट महिला दिदीबहिनीहरुले आफ्नो सेवाहरु बिस्तारै प्राप्त गर्नु थाले ,गाबिस स्तरमा अन्तररास्ट्रिय नारी दिबश,एचआइभी एड्स दिबश,सुरक्षित् मातृत्व दिबश,यस्ता चेतना मुलक कार्यक्रमहरुबाट गाउका महिला दिदीबहिनीहरुको प्रत्यक्ष् सहभागितामा कार्यक्रमहरु गर्दै गए त्यसको ठिक २,३ बर्ष पछाडी महिला दिदीबहिनीहरुमा बिस्तारै परिबर्तन हुदै आयो ,आफ्नो स्वास्थ्यको समस्याको बारेमा खुलस्त भन्नु सक्ने, लाजबाट पछी हट्दै क्षमताको विकासहरु परिबर्तन हुदै आयो ठिक त्यसको केहि समयपछि (Reward project) माओबादीको दबाबको कारण कार्यक्रमहरु ड्रपआउट भएरै छाड्यो |

३ वटा जिल्लाहरुमा १५० जना भन्दा बढी कार्यरत कर्मचारीहरुले जागिरबाट हात धुनु पर्यो | त्यसपछि मैले विदेश ऑउने सोचहरु बटुल्न थाले यसै शिलसिलामा इजरायल आउने सपनामा प्रोसेसको लागि काठमाडौँ हानीए,त्यो बेलामा सर्बसाधारण जनताहरुलाई माओबादी पार्टी र पुर्ब राजा ज्ञानेन्द्र शाह सरकारबाट सास्तीमा थियो |

गाइघाटबाट १० ठाउमा चेकिंग गर्दै-गर्दै काठमाडौँ प्रबेस गरिएको थिए

म धापासी स्थित बसुन्धरामा मेरो दाई/भाउजु बस्नु हुन्थियो त्यहाँ म पुगे गएको केहि दिनपछि बसुन्धरा चोक स्थित एउटा घट्ना घट्यो ब्यापारीलाई दिउसै गोली हानी हत्या गरिएको रहेछ त्यहाँ वरिपरी हेर्ने मान्छेहरुको भिड १००/२०० जना थियो म पनि के भएछ भनेर त्यहाँ हेर्न भनेर पुगे र हेरिरहेको थिए २,४ जना आर्मी सिविल ड्रेसमा सबैलाई पछि हट्नको लागि आदेश दिदै पो थियो एक्कासी मलाई आएर केरकार गरेर सोध्न पो लाग्यो ? सायद मलाई माओबादी जस्तो लागेर पो होकी गाउबाट म राजधानी आएको भर्खरै मात्र भएको थियो | मैले मेरो सम्पूर्ण डकुमेन्ट समेत देखाउनु पर्यो ?

बास्तबमा काही नभाको हाडी गाउको जात्रा भनेको यहि हो, जब नेपालीले नेपालीलाई चिन्न सकिदैन भने कसको लागि थियो शान्ति सुरक्षा दिएको ?

राजनीती गर्नेहरुले पनि देश र जनताहरुको लागि राजनीति गरेको हो भने किन निर्दोष जनताहरु लाई दुख दिने गरेको थियो यहि हो सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यु तपाई प्रधानमन्त्री हुनको लागि र २/४ जना लाई मात्रै तपाईले मन्त्रिपरिषद् पुर्याउनु भयो देशले खोजेको यो पक्कै होइन , सायद देशले खोजेको परिबर्तन थियो ,महिला हिंसा, आदिबासी जनजाती,दलित,उत्पीडित महिलाहरुको समान अधिकार गर्ने,र महंगी न्यूनीकरण गर्ने सर्बसाधारण जनताहरुले सहज बाताबरणको साथले बाच्नु पाउने अधिकार जस्तो कामहरु गरेर देखाउनुहोस् ?

अनि मात्रै देशले मुहार फेरिने छन् ….|| 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %