अन्धाले अन्धालाई डोर्याउने होइन, आँखा देख्नेले अन्धालाई डोर्याउनु पर्छ र अनि मात्रै मानबताको प्रयोग हुन्छ !

Read Time:12 Minute, 50 Second

माया घले मगर


Image may contain: 1 person, close-up

ईजरायल, डिसेम्बर २४ – नारी र पुरुषको समानता कुराहरु प्राप्त सुन्न र पत्रपत्रिकामा पढ्न पाइन्छ सधै पुरुषको दमन ! पुरुषको दमन भन्ने पढ्दा कतै पुरुषहरुले वाक्क दिक्क भएर पत्रिका नै फाल्ने हुन् कि नेपालको कुरा नगरौ इजरायलमा आएपनि नारीहरु लाई दमन गर्नु सक्ने  छातीमा रौ उम्रेको पुरुष को होला नेपालमा प्राय मालिक हुने चलन छ यहाँ त आफ्नो मालिक आफै जता जाऊ जे गर जे खाऊ नारी पुरुष स्वतन्त्र छ आफै कमाऊ,आफै रमाउ कसैलाई केहि मतलब छैन यहाको दानापानी र सामाजिक परिपाटी नै यस्तै छ जसले जान अन्जानमा हामी लाई स्वतन्त्र बनाई रहेको छ हरेक अफिसहरुमा अफिसर महिलाहरुको बढी रहेको देख्न पाइन्छ इजरायलमा |

शोषित, पिडित दमित महिलाहरुको प्रतिनिधि सम्झने हाम्रा नेतृहरु आफ्नो जोशिलो भाषणको अधिंकाश समय नारी कै हक-अधिकारका बिषयमा माइक फुट्ने र घाँटी सुक्ने गरि बोकेर खर्च गर्छ नेतृ मात्र होइन नेताहरु पनि त्येस्तै छन् आफ्नो गन्तब्य तिर लाग्छ अनि श्रीमती लाई गन्धे खुट्टा धोकाउछ, गाइ गोठ तिर लगेर सुत्केरी गराउछ, आफु ओछ्यानमा उपरखुट्टी लगाउछ |

पाठक बृन्द मैले महिलाकोखेदो गर्नु खोजेको होइन सत्ययुग देखि वर्तमान सम्म पुरुषको बर्बरता भयो भनेर यस्तो भाषण मात्र गर्नुको सट्टा हामी महिलाहरु संगठित भएर आफु बिरुद्ध हुने घरेलु हिंसा,यौन शोषण तथा परम्पराको नाममा भोग्दै आएको अनावश्यक यातनाहरुको विरुद्धमा सक्रियता साथ लाग्न जागौ नारी पुरुष समानता छन् भन्ने कुरा पश्चिमी समाजले ब्यबहारिक रुपमा देखाइ सकेको छ | पुरुषले दमन-शोषण गर्यो भने नारीले जिबन भर  चुप्छाप सहेर नबसौ आफुले अगाडी बढ्ने अवसर दिएन भने माग्नु पर्छ, मागेर नपाएमा खोसेर भएपनि लिनु पर्छ, अंधिकस नेपाली नारीहरुले प्रमाणपत्र  तह भन्दा माथि नजाने राम्रो कुलघरानको विद्वान धनि केटासंग बिहा गरेर मन्त्रिनी, डाक्टरनी, इन्जीनियरनी, ओकिल्नी, मास्टरनी, साहुनी हाकिम्नी, पण्डितनी, सुब्बिनी, आदि जस्ता उपाधि राजाले परमसेनाधी  पतिको उपाधि पाए जस्तै बिना मेहनत निशुल्क उपाधि पाउने चलनचल्तीमा छदैछ एकान्तमा हसाउने, सपनाको संसार सजाँउने | पढे पण्डितले घुडा धसी-धसि, हुन्छिन पण्डितनि घरमै बसी-बसि | यसको अर्थ नारी पराश्रित तथा परिजीबी हुनु होइन सक्षम भएकोहरुले असक्षमलाई चेतना गर्नु पर्छ भन्ने किन नहुने ? सधै यस्तै हो भने अशिक्षित, दलित, उत्पीडित, जनजाती गरिब, निमुखा , हिंसापिडित, अपहेलित महिलाहरुमा कसले, कहिले र कसरि जागरण ल्याउने ?

अन्धाले अन्धोलाई डोर्याउने होइन, आँखा देख्नेले अन्धोलाई डोर्याउनु पर्छ र अनि मात्र समानताको प्रयोग हुन्छ |

साचो अर्थमा भन्नुपर्दा सामान्य खाना बनाउन, कुचो लगाउनु नजान्नु, आफुले लगाएको कपडा समेत श्रीमती लाई धुन लगाउनु, दाँत माझ्ने ब्रुस दाह्री काट्ने समान कहाँ छ भनेर श्रीमती संग सोध्नु बिहान उठ्ने बितिक्कै चिया पिउनु नपाएमा बुवा/आमा श्रीमतीसंग झोक्किनु, साचोमुचो राखेको पैसा समेत तास खेलेर, रक्सि खाएर उडाउनु, साना बालबालिकालाई चुरोट, खैनी, सुर्ती, खोयाबिर्गे आदि किन्नु पठाउनु रक्सिले बेहोस भएर बाटोतिर सुत्नु काम गर्न श्रीमती लाई पठाएर पैसा लिनु आफु हाजिर हुनु, आफु खुट्टा हल्लाएर बसेर काम गरिरहेकी श्रीमतीलाई चिया-नास्ता बनाएर ल्याउन आदेश दिनु, श्रीमतीले पैसा माग्दा झोक्किनु चिया चर्चो गर्दै हिड्नु घर परिवारको अबश्यक लाई पटक्कै नबुझ्नु बिबाह गरेपछि आमाबाबु, दाजुभाइ दिदीबहिनी तथा छरछिमेकहरु संग बांगो मुख लगाउनु आफ्नो राम्रीश्रीमती हुदा हुदै अर्काको श्रीमती ताक्नु, आफ्नो श्रीमतीलाई जुत्ता जस्तै सम्झेर हरेक कुरामा होच्याएर अबुज ग्वार सम्झिनु आफु भन्दा जुनियर कर्मचारी, कम उमेरको आर्थिक रुपमा कम्जोर तथा अशिक्षित मानिसहरु संग अमर्यादित ब्यबहार गरि मुठीको माखो सम्झनु, आफु संग हुदा हुदा अरु संग माग्न हिड्नु आदि पुरुषहरुमा चरम अज्ञानता विवेकहिनताको उदाहरणहरु हुन् |

यस्ता पुरुषहरु कहिल्लै नारी-पुरुष समानता होस् भन्न चाहदैन समजदारी पुर्बक काम ब्यबहारमा सहयोग गर्नु अलग कुरा हो अन्यथा पुरुषले यस्ता क्रियाकलापहरु गरिरहनु र नारीले साथै सहिरहनुको अर्थ के हो ? बोक्सीको आरोपमा महिलालाई मानिसको मलमुत्र खुवाउने जस्ता घट्ना पनि हामीले सुन्दै आएका छौ | लिंगभेद, जातीभेद, बर्षभेद, कर्मभेद तथा छुवाछुत र अन्धबिस्वास विरुद्ध समाज भएको महिलामाथि गरिने यस्ता बर्बरताका विरुद्धमा हामी महिलाहरु एकजुट भइ अशक्त रुपमा अगाडी बढ्न सकेमा कसले छेक्छ र ? मानिसमा बुद्धि- बिबेक आउनलाई सिंग-पुछर उम्रनु पर्ने त होइन नि ! भन्ने बेलामा पुरुषले अब नारीहरु लाई कम्जोर नसम्झे हुन्छ | अब नारीहरु गृहिणी मात्र सिमित नभएर सगरमाथाको चुचुरो र त्यो भन्दा माथि चन्द्रामा सम्म पुगीसकेका छन्: सिता, भृकुटीसंगै पासांग ल्हामु, पारिजात, मदरटेरेसा, म्यादम क्युरी, नाइतिंगगेल, आंगसांगसुकी, भण्डार नाइके, कुमारटुंगा, ओन सरि घर्ति मगर, विद्या देबी भण्डारी, शुसिला कार्की आदिको नाम उदाहरणहरु हुन् महिला लाई मानिस को मलमुत्र खुवाउने, गाइ बस्तु सरह बिक्रि वितरण गर्दा लाटाले पापा हेरेझै हेरर बस्न अब हुदैन जागौ अब जागौ अधिकार खोज्न जागौ |

केहि हुनेले नहुनेलाई सहयोग गर्नु, सक्नेले नसक्नेलाई मद्धत गर्नु,बुझ्नेले नबुझ्ने लाई बुझाउनु,जान्नेले नजान्ने लाई सिकाउनु, आपतबिपत परेको लाई साहनुभुतीपुर्बक सहयोग गर्नु सच्चा मानबता हो | ब्यबहारिक रुपमा समानताको लागि केहि गरेर देखाउन सके पो गफ गर्न सुहाउछ | नदि खोला केहि पनि नभएको ठाउमा किन पुल चाहिन्छ र ?

नारीले नारीको खेदो गर्ने बरा भन्दै जरा खन्दै गर्ने प्रवृति यधपी हाम्रो समाजमा बिधमान छ | निर्दोष महिलालाई बोक्सीको आरोप लगाउने चलन, युवायुबतिको प्रेम सम्बन्धको बारेमा चेलीबेटी बेचबिखनको बारेमा रेस्टुरेन्टहरुमा काम गर्ने महिलाहरुको बारेमा, कसैले केहि बोलेको सुनेको कुराको भरमा एकै छिन कसै संग हिडेको देखेमा गैरसरकारी संघसस्थाहरुमा जागिर खाने, तथा वैदेशिक रोजगारीमा जाने महिलाहरुका बिषयमा, राजनीति गर्ने महिलाहरुको बिषयमा फलानीले यसो गरि रे, उसो गरि रे, फलानी यस्ती उस्ती, यस्ती होस् उस्ती होस् भनेर आफु समानको महिलाका कुरा काट्दै हिड्ने कुरामा समाजमा पुरुष भन्दा महिला नै अगाडी छ | विचार गरौ त मानब समानता भनेको बजारमा किन्न पाइने, रुखमा फल फलाउन मिल्ने तथा खेतबारीमा फलाएर भित्राउने मिल्ने बस्तु होर ! मानबताको बराबर प्रयोग नभई कसरि मानब समानता हुन् सक्छ ?

नारी-पुरुष बीच असमानताको सिर्जना गर्ने कुरामा हाम्रा समाजको धर्म-संस्कार रितिरिवाज, चालचलन, आदिका कुराहरुमा पनि जिम्बेबार छ | एउटी नारी आफु भएर पनि आफुले छोरी  जन्माउन चाहदैन ! आफ्नो श्रीमान लाई परमेश्वर मानेर जिबन भर हजारौ पटक ढोक्छिन, बिबाह कै दिन देखि जुठो खान बाध्य हुन्छिन, चाहे रोगी होस्, चाहे स्वस्थ होस् रजस्वला, सुत्केरी हुदा चिसो अध्यारो कुनातिर गुटमुटीएर बस्छिन ! पुरुषका लागि पटक-पटक भोक-भोकै ब्रत बस्छिन, बिबाहमा श्रीमान्ले पहिराइ दिएको सौभाग्यको प्रतिकहरु उनको लाससंगै पखालेर फुटाएर, नष्ट गरिन्छ, तै पनि फुंग उडेको अनुहार, पखालिएको सिउदो र धमिला बस्त्रहरु जिबनभर उही मृत आत्मालाई अंगालो मार्न बिबस हुन्छिन | न स्वतन्त भएर बोल्न पाउछिन, न हिड्न पाउछिन, पटक-पटक देबर र नन्द लाई ढोक गर्छिन श्रीमती मर्ने बितिक्कै श्रीमानले काजक्रिया सकीएपछी अर्को भित्राउने तरखर मिलाउछ | तर विधुवा महिलाको श्रीमान् मरे पनि श्रीमतीले अर्को सहारा खोज्न पाउदैन ? उल्टै घर-परिवार समाजबाट तिरस्कृत भएर जिन्दगि बिताउछिन ? परम्पराका नाममा नारीमाथि हुदै आएका यस्ता बज्रपात बिरुद्ध नारीहरु संगठित भै कुरीति, कुसंस्कार, तथा अन्धबिस्वासलाई जरैदेखि उखेलेर फाल्न सम्पूर्ण नारीहरु एक हौ !

आदरणीय श्रमजीबी दिदीबहिनी तथा दाजुभाइहरु प्रस्तुत यस शीर्षकमा मैले जे जति पनि उल्लेख गरे, यो कसैलाई व्यक्तिगत रुपमा लगाईएको आक्षेप होइन | यो हाम्रो सामाजिक परिबेस, हाम्रो विचार, बुद्धि बिबेक तथा संस्कार र हाम्रो समग्र मनुष्य चेतनाले अहिले सम्म गर्न नसकेको परिबर्तनको उदाहरण हो | यसमा ठाडो अशिस्ट भाषाको प्रयोग गरिएको छ एक्काइसौ सताप्तिमा संघीय गणतन्त्र नेपालमा पुराना मक्किएको रुढीबादी परम्परा र अन्धविस्वास लाई हटाउन नारीको हितको लागि पुरुषले र पुरुषको हितको लागि नारीले कदम नचाल्ने हो भने खै कसरि, कहिले नारी पुरुष बीच समानता होला |

सताप्तिमा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %