संजय सिंजाली मगर
स्याङ्जा, कात्तिक ८ – जगत्रदेवी ४, स्याङ्जा स्थित, गराङ्दी भाङजयाङ् युवा क्लब द्धारा १४औं सास्किृतिक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष जुद्धवीर थापा मगरले सभापतिको आसन ग्रहण गरेका थियो भने त्यस्तै प्रमुख अतिथिमा धन बहादुर थापा, विशेष अतिथिमा टेकवीर थापा, साथै अतिथिहरुमा दिल कुमारी थापा, अजवर थापा, याम बहादुर, रोशन थापा, सिता थापा, रोमान्स थापा र झम बहादुर लगायतले आसन ग्रहण गरेका थिए ।
यस कार्यक्रममा स्वागत मन्तव्य दिव्य थापा मगरले दिनुभएको थियो भने संचालन गंगा बहादुर थापा मगरले गर्नु भएको थियो । स्वागत मन्त्वय लगतै प्रमुख अतिथिबाट पानसमा बत्ति बाली कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रम स्थालमा बिशेषगरी स्थानिय र बाहिरी दर्शकहरुले रोचकमय बनाएको थियो । उक्त कार्यक्रमलाई संङ्गितमय बनाउन स्थानिय कलाकारहरुको बिशेष महत्वपूर्ण रहयो ।
कार्यक्रम साझको ८ बजे देखि बिहानको २ बजे सम्म बिभिन्न किसिमका ३० वटा नाच देखाई कार्यक्रम समापन गरिएको थियो । सोही कार्यक्रममा महानभावहरुबाट ईच्छुक दान पनि गरिएको थियो । कार्यक्रम सुरु देखि अन्त्य सम्म २ लाख रुपैंया उठाउन सफल भएको भन्दै कार्यक्रम संचालकले राज्यसत्ता डटकम लाई बताउनु भयो ।
