स्वर्गिय खपाङ्गीको बुधबार शोक सभा हुदै !

Read Time:2 Minute, 10 Second

देब पचभैया

काठमाण्डौ, भाद्र १५ – सस्वर्गिय गोरे बहादुर खपाङ्गीको बुधबार बिहान शोक सभा हुदैछ । ललितपुर मगर सेवा केन्द्रको भवनमा बिहान ११ बजे शोक सभा र घोट कार्यक्रमको आयोजना गरिएको शोक सभाका आयोजक हुम बहादुर थापा (पचभैया ) ले जानकारी दिनुभयो । 

सभामा सम्पुर्ण ईष्टमित्र, शुभचिन्तक तथा शबयात्रामा भाग लिनुभएका सबैलाई आब्हान गरिएको शोक सभा समितिले जनाएको छ ।

गत शनिबार बेलुकी निधन भएका पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गीको सोमबार अन्त्येष्टी गरिएको थियो । उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको थियो ।

२०७० साल बैशाख १२ गते मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते हुनुभएका खपाङ्गीको उपचारको अभाब भएपछि देश बिदेश बाट चन्दा उठाएर उपचार गरिएको थियो । खपाङ्गी परिवारले स्वर्गिय गोरे बहादुरको उपचार गर्दा लागेको २ लाख बढी रकम अझै तिर्न बाकी रहेको भन्दै सो रकम तिरिदिन सबै संग आग्रह गरेका छन् । गोरे बहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापाका अनुसार उ

हाको अन्त्येष्टी, काजकृया लगाएतका खर्च ४ सस्था खपाङ्गी फाउण्डेशन, नेपाल मगर संघ, नेपाल मगर बौद्ध समाज र गोरे बहादुर अध्यक्ष रहेको निविरल डेमोक्रयाटिक पार्टीले बेहोर्ने छन् ।

फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापाको अध्यक्षतामा मंगलबार बेलुकी बसेको बैठकले सो रकम ४ सस्थाले तिर्ने निर्णय गरेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %