देब पचभैया
काठमाडौँ, भाद्र १३ – पूर्वमन्त्री एवं जनजाति अगुवा गोरे बहादुर खपाङ्गी मगरको सोमबार मगर परम्परा अनुसार स्वयम्भूमा अन्त्येष्टी गरिएको छ । 
अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई बिहान ८ बजेदेखि दुई बजेसम्म खुल्ला मञ्चमा राखिएको थियो । स्वर्गिय खपाङ्गीको शवलाई शसस्त्र प्रहरीको एक तुकडीले अन्तिम सलामी दिएको थियो । 
खपाङ्गीलाई जेठा छोरा शिलाजीत कान्छो शेखरजीत, छोरीहरु चारु र शिरु खपाङ्गीले दागबत्ति दिनुभएको थियो । उपचारको क्रममा खपाङ्गीको शनिबार राती न्यूरो अस्पताल बाँसबारीमा निधन भएको थियो । शनिबार पिसाब बन्द भई शरीर सुन्निए पछि उहालाई अस्पाल लगिएकोमा उपचारकै क्रममा ७० बर्षको उमेरमा निधन भएको थियो ।
२०६९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो ।
२०७० साल बैशाख १२ गते काठमाण्डौ राष्ट्रिय सभागृहमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सबमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिई गंभिर घाईते बनाएको थियो ।
दुर्घटना पछि नै अर्धचेत हुनुभएका पुर्ब मन्त्री खपाङ्गीको माईतीघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा पहिलो सल्य कृया गराईएको थियो । शल्यकृया पछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहालाई सिंगापुर लगी थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहा बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो ।
२००३ साल श्रावण २५ गते थाक्ले उदयपुरमा वावा अम्रित बहादुर र आमा पदममायाको कोखबाट जन्मिनुभएका गोरे बहादुर नेपाल मगर संघको सस्थापक हुनुहुन्थ्यो । २०४८ साल देखि निरन्तर सम्म ४ कार्यकाल मगर संघको अध्यक्ष बन्नुभएका खपाङ्गी मन्त्री छदा राजाको हातबाट टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको थियो । खपाङ्गीको परिवारमा श्रीमती बिध्या, छोराहरु शिलाजित र शिखरजित, बुहारी , छोरी चारु र शिरु र नातिनि निरया छन् ।
नेकपा मालेबाट राजनितिमा प्रवेश गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सस्थापक महासचिब हुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । राजनिति शास्त्रमा एम.ए उर्तिण खपाङ्गी २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।
पखरबक्ताको रुपमा परिचित खपाङ्गी पंचायत कालमा १४ महिना जेल पर्नुभएको थियो ।
