लघुकथा
एक दिनको कुरा हो, छात्र छात्राहरूले SCHOOl LEVEL EXAM (SLC)को शैक्षिक परिणाम सार्वजनिक पश्चात गाउँ देखि उच्च शिक्षा हासिलका लागि शहर झरेछन् । एक दिन विधालय बाट पिकनिक कार्यक्रमको आयोजना भएछ सोही क्रममा HAPPY MARRIED LIFE का वारे उच्च माबिले प्रतियोगिताको आयोजना राखेछ ।
प्रतियोगितामा केही विवाहित जोडीहरुले पनि सहभागिता जनाएको उक्त छलफल तथा अन्तरकृयामा भाग लिने विधार्थीहरूलाई शिक्षकले नोट: गरेछन् केही वैवाहिकतामा बाँधिएकाहरू आपसमा गफ मार्दै हाँसिरहेका थिए ।
भित्तामा रहेको कालोपटी तर्फ देखाउँदै शिक्षकले भने, अब हामी एउटा खेल बाट अगाडि बढाउने सुचना गराउँदै सहभागी सबैजनालाई तैयारी रहन जानकारी दिए । सबैजना खुशी भए । शिक्षकले क्रमशः १/१ विधार्थीलाई बोलाएर भनेछन् त्यो कालोपटीमा तिमीहरूले आफू सहित मन पर्ने र पराउने २० जनाको नाम लेख्न निर्देशन गरे सोही बमोजिम उनले पनि क्रमशः लेख्न सुरू गरिन ।
प्रतियोगिताका शिक्षकले भने, अनुशासनका साथ यो खेलको नियमलाई पालना गर्दै तिमीले अब कुनै १० जनाको नाम हटाउन पर्ने बताए अनुसार उनले आफ्ना सहकर्मीको नाम बाट सुरू गरिन, दोस्रो पटकमा पुन: ५ जनाको नाम लिष्ट बाट हटाउन निर्देशन अनुसार छिमेकी, आफन्त र साथीहरूको, हटाईन ।
अब बाँकी ४ जना थिए तेस्रो पटकमा २जना हटाउनु पर्ने भयो जस्मा पुजनिय आमा/बाबा/पति र १ छोरा रहेछन् । प्रतियोगिता यसरी नै बढी रह्यो बडो समस्यामा परिन तर, खेल हो । अनुशासित भै नियमलाई त पालना गर्नै पर्यो । बाबा र आमाको नाम लिष्ट बाट हटाईन ।
अब फेरि चौथो पटक पनि यसरी नै नियामित निर्देशन अनुसार उनले गहभरी आँसु बहाउँदै मलिन अनुहार लिँदै छोरालाई पनि हटाएछिन् । अब रह्यो पतिको मात्रै ? शान्त वातावरणमा रहेका सहभागीहरू स्तब्ध भएर निकै कौतुहलताको विषय भयो । सबैजना अचम्मित त थिए नै तत् पश्चात् शिक्षकले उनलाई सोधेछन् । तिमीलाई जस्ले आज यो धर्तीमा ल्यायो, पालन पोषण गरी हुर्कायो बढायो तिमिले सहजै हटाई दियौ ?
अनुमति लिदै भनिन् मेरा पुजनिय माता, पिता वृद्ध भै सक्नु भएकोले डाँडा माथिका घाम हुन् । कुनै पनि बेला मलाई छोडेर जानू हुन्छ त्यो प्राकृतिक नियम हो । हाम्रो आत्मिय छोरा पनि ठूलो भै वैवाहिक जीवनमा बाँधिए पछि मेरै साथ रहन्छ भन्ने के ग्यारेन्टी छ र… उनले विविध विषयका बारेमा व्याख्या सहित सरल भाषामा प्रष्टाउदै भनिन् जब सम्म म र मेरो पतिको भौतिक शरीर छ तब सम्म मेरो उहाँ प्रति हाम्रो अटल मायाँ रहन्छ किन कि हामी एक रथका दुई पाँग्रा हौँ । अन्तिम सास रहेको घडी सम्म हामीले संगै बाँच्ने संगै मर्ने प्रण गरेका छौँ । त्यसैले मेरो लागि सबै भन्दा महत्वपुर्ण मेरो पति नै हो ।
उनले थप्दै भनिन् हाम्रो समाजको प्राकृतिक नियम अनुसार पुजनिय माता, पिता, माईतीघरको सर्वस्व त्यागेर आज कर्म घरमा आश्रम लिएकी छु उहाँकी म पत्नी हुनुको दायित्व बोध गर्दै नैतिक जिम्मेवारी बाट पन्छिनु कदापि हुँदैन त्यसैले पनि उहाँ नै मेरो सर्वस्व हुन् भनेर उत्तर दिईन ।
विल्कुल सहि भन्यौ, तिमीले…स्यावासी दिँदै शिक्षकले भने जीवनका हरेक उतार, चढाव संग सामना गर्दै संघर्ष गर्न सक्ने बौद्धिक क्षमता आर्जन गरेकी रहेछौ यो अग्नि परिक्षामा पनि सफल भयौ तिमी साँच्चिकै पवित्र, चोखो, निश्चल र अटल मायाँ गर्ने निष्ठावान महान नारी हौ । सहभागी सबैले गडगडाहगट तालीका साथ उनले सलामी पाईन् ।
अधिकाँस सहभागीहरूले आमा राखेका थिए भने कसैले सन्तानको अन्तत: प्रतियोगिताको नतिजालाई सार्वजनिक गर्ने क्रममा पतिको जनाउने विधार्थीलाई उत्कृष्ट घोषित गरेछन् । फिलपिनकी छोरी नेपाल आमाकी बुहारी जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात छोटकरीमा ‘जोया’ को जीवन संग आधारित तैयार पारिएको लघुकथाले हरेक वैवाहिक दाम्पत्य जोडीको सबै भन्दा महत्वपुर्ण रहोस् शुभकामना छ ।
कृष्ण सारू मगर
हाल- दोहा कतार