आदिवासी दिवसमा सप्ताह व्यापी कार्यक्रम गरिने

Read Time:2 Minute, 23 Second

देव पचभैया मगर

अषाढ,१६-२२ औँ विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रम गरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ, मकवानपुरको हेटौँडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो । महासंघका मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले र्यालीसहित साँस्कृतिक कार्यक्रम, बिचार गोष्ठी, फलफूल बितरण, बृक्षारोपण लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको बृहत र्याली निकाली यसपटकको दिवसलाई फरक ढंगले मनाउँने तयारी भईरहेको उनले जानकारी दिए । साउन २५ गते अर्थात् अगष्ट ९ मनाईने दिवसमा बिबिध कार्यक्रमगरि कला, भाषा र संस्कृतीको प्रबद्र्धन गरिने बताईएको छ । बैठकमा आदिवासी जनजाती महासंघ मकवानपुरका सल्लाहकारद्वय मधुकर सिँह थापा मगर र नन्दरत्न स्थापित, नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गी, किराँत राई यायोख्याका केबी राई लगाएतले दिवसलाई समृद्धी र बिकासको रुपमा मनाईन जोड दिए ।

कार्यक्रममा जनजाती महासंघकी मकवानपुर उपाध्यक्ष जानकी चौधरी, सदस्य भैरवबहादुर कुमाल, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, जिल्ला अध्यक्षहरु नेपाल मगर संघका दुधराज थापा मगर, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघकी पुर्णिमा गोले, नेपाल आदिवासी जनजाती बिद्यार्थी महासंघका रबिन थापा मगर तथा नेपाल आदिवासी जनजाती युवा महासंघका जिल्ला सचिव आशिष अस्लामी मगर लगाएतको सहभागिता रहेको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %