देव पचभैया मगर
पाल्पा, असार १७ – बौघागुम्हा कृषि संञ्जाल र आदीवासी जनजातीको संयुक्त बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । बौघागुम्हा कृषि संजाल र आदीवासी जनजातीको आयोजना तथा बौघागुम्हा गाविसको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा ९ वडाका ६० जना कृर्षकहरुको सहभागिता रहेको थियो । तालिम पछि कृषकहरुलाई नगदे बालीका विउ विजन र किटनासक औषधी समेत वितरण गरिएको थियो । बौघागुम्हाको गाविस भवनमा संचालित एक दिने तालिममा कृर्षी सेवा केन्द्र खस्यौलीका लबकुस प्रसाद कुर्मीले प्रशिक्षण दिनु भएको थियो ।
तालिम समापन कार्यक्रम प्रेमनाथ घिमिरेको अध्यक्षता, गाविस सचिव दिपक जिटीको प्रमुख अतिथ्यता र लोक रेश्मीको संचालनमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनीधि, शिक्षक, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो ।
