मगर समाजको अर्थ र मगर समाजको कर्तब्यहरु

Read Time:9 Minute, 39 Second

अन्चल हुइन्चेन राना मगर

पोखरा, नेपाल

 असार,१४-समाज को अर्थ र कर्तब्य हरु प्रति कति पय हाम्रा अभिभाबक देखि लिएर युवा सम्म जानी जानी वा अन्जानमा हुन अलिकती अनबीज्ञ देखिन्छ।तेसैले होला पनि समाज अझै बलियो हुन सकि रहेको छैन।समाज पनि फरक फरक हुन्छन मिसृत समाज,दाजु भाइको सानो समाज,जातिय समाज,सिमित जिल्ला भरिको समाज र केन्द्रीय समाज आदि हुन।जुन समाजको नाम रहेत पनि काम गर्नी तरिका हरु र उद्देस्याहरु भने एउटै हुन। यिनै बिषय अन्तर्गत आज हामी मगर समाज र उद्देस्य बारे छोटो कुराकानी गरौ।

आज हामी केन्द्रीय मगर समाज को बारे र उदेस्य र भुमिकाहरु कस्तो खालको हुनु पर्ने बारे छोटो प्रस्ट पार्न चाहन्छौ नेपाल मगर समाज को स्थपना गरेको पनि धेरै बर्ष भयो र यसका शाखा हरु प्रतेक जिल्ला मात्र नभै विश्व भरी जहाँ मगर तेहा मगर समाज भएको पाइन्छ।बिदेशमा सबै भन्दा ठूलो संख्या रहेको  मगर संघ बेलायत र मगर संघ होङ्कोङ हो।तेस पछि कोरिया र अमेरिका पर्चुगल बेल्जियम पर्दछ।भारत र भुटानमा पनि मगर समाज ठूलो संख्यामा रहेको छ। नेपाल अधिराज्य भरिका मगर हरु र विश्व भरी छरिएर रहेका मगर संघ हरुको साझा घर होश्र केन्द्रिय मगर समाज संघ घर काठमाडौ, नेपाल।पहिले पहिल यातायात को असुबिधा हरु थिए अहिलेको जस्तो सन्चर मध्यम हरु थिएन तर त्यो अवस्थ अहिले छैन।तेसैले समाज लाई गठबन्धन गर्न तेति अफ्ठेरो देखिदैन।हरेक जिल्ला बाट हरेक रास्ट्र बाट समाजका पतिनिधी हरु मगर समाज लाई के कसरी अगाडि बढाउन सकिन्छ र भिबिन्न एजेन्ड हरु बोकेर गएको हुन्छ्न। टाढा टाढा बाट आउने दाजु भाइ दिदी बहिनी कुटुम्ब हरु को जम्म हुने छलफल गर्ने पबित्र घर केन्द्रीय मगर समाज घर काठमाडौ नेपाल हो।कुनै पनि बेला मगर समुदाय भित्र कसैलाइ कुनै अपद बिपत समस्य हरु आइ परेको खन्डमा तेसका लागि समधन गर्न को लागि नै समाज खोलिएको हो।समाजमा सकरात्मक सस्कार हरु लाई जोगाउनिर नकरात्मक सस्कार रितिरिवाज हरुलाइ बन्द गर्न को लागि नै समाज खोलिन्छ।तेति मात्र होइनकी घर टोल भित्र अशिक्षित बाट कसरी शिक्षित बनाउनुको सथै आफ्नो कलह सस्कृती भाषा लिपि परम्परा  लाई जोगाइ राखनको लागि नै समाज खोलिएको हुन्छ।

एक आपसमा सद भाब माया र राम्रो नराम्रो कार्यहरुमा सहयोग अदन प्रदन गर्नको लागि नै समाज खोलिन्छ।यिनै हुन समाज का अर्थ हरु।मगर समुदाय भित्र राजनिती र चेतनाको बिकास हुन अति अवस्याक छ तर राजनिती र समाज को बाटो अलग अलग भएकोले राजनिती लाई समबेस गरेर कहिल्यै पनि समाज घरमा छिराउनु हुदैन।राजनिती लाई अलग राखेर सबै ले समाज को लागि कसरी अगाडि बढाउन सकिन्छ लोप भएका भाषा लिपि मगर रोष हरु जो सकरात्मक र जस्ले सहि पहिचान दिन सक्दछ तेसका लागि संरक्षक गर्नु नै तपाईं हाम्रो आवस्यक्त र समाजको दहित्व पनि हो। समाज कुनै राजनिती नेता र राजनिति तह बाट चल्ने कुरा होइन र चलाउनु पनि हुदैन जो सङ समाज प्रती माया छ जसले समाज लाई सधै चार कोण बाट समय दिन सक्छ समाजको हित चाहन्छ आफु र आफ्नो समाज को लागि उत्तर दहि हुनुको साथै आफ्नो सस्कार रितिरिवज हरुलाइ ध्यन दिनुको साथै समाजमा एकीकृत गर्न सक्ने तन मन ब्यक्तिले समाजको नेतृत्व लिन सक्दछ।

१, मगर समाज को केन्द्रीय र शाखा हरुको भुमिकाहरु:

क)केन्द्रिय मगर समाज र शाखा हरुले हरेक साल अ आफ्नो ठाउँ जिल्ला हरुमा मगर रास्टृय दिवस, मगर रास्टृय माघेसङराती र मगर रास्टृय भुमी पर्व९नाम्क पर्व० लाई धुमधाम मन्नुको साथै आफ्नो पुरानो बिकृती रोष लाई फाली पुराना सकरात्मक मगर रोष अगाडि ल्याउनुको साथै र सस्कृतिक झल्कनी किकिमको जसले मगर पहिचन दिने गर्दछ तिनलाइ संरक्षक गर्नु नै समाज को दहित्व हो।सम्पुर्ण मगर दाजु भाइ दिदी बहिनी कुटुम्ब हरुको दहित्व हो।

(ख) मगर समुदाय भित्र मगर रोष धेरै भएत पनि तर मगर समुदायको मुख्य कर्म कान्ड र मगर बाबूजा नान्जा हरुको नवरन जस्त कुरा मा धेरै मगर समुदाय हरु सहित धेरै (convert)भएर होला अझै अनबीज्ञ रहेको पाइन्छ।

मगर समुदाय प्राकृतिक पनि र बुद्ध दुबै मान्नी हुनले पहिला को भन्दा अहिलेका मगर वापा हरुले केही हत सम्म राम्रो चलन गरेत पनि अझ पुर्ण बिचार गरि डोल्पालि मगर हरुको कर्म कान्ड कस्तो छरु विश्व भरिका मगर हरुले बिचार गर्न अत्यन्दै आवस्यक छ।राम्रो सकरात्मक कुरा हरुमा सबैले सिक्न र सिकाउन सके सुनमा सुगन्ध हुनेछ समाज लाई।

ग) मगर समाज भित्र अभिभाबक हरु आफू को र कुन थरको मगर हु र मेरो थर यो भएसी अर्को थर को मगर लाई कुन साइनोले सम्बोधन गर्नी र अर्को कुटुम्ब थर को मगर ले आफू लाई के भनी साइनो सम्बोधन गरेर बोलाउन लागाउने जस्को कारण मगर मगर बिच जुन साइनोले कस्तो खालको सकरात्मक आत्मिय सम्बन्ध नाता रहन्छ भन्नी कुरामा नै धेरै अभिभाबक हरु अनबीज्ञ रहेको र आफ्नो सस्कार लाई त्यगी अरुको सस्कार लाई मान्ने मगर समाज  टोल र मगर बस्ती हरुका अभिभाबक हरुले आफ्न हुर्के बडेको छोरा छोरिलाई आफ्नो थर र वंशावली उपथर ले अर्को मगर थर र वंशावली उपथर हरु लाई के भनेर साइनो लगाउने र माया प्रेम को बारे कुनै पनि घर भित्र आन्तरिक चेतन मुलक दाजु भाइ दिदी बहिनी कुटुम्ब को बारे कुनै ज्ञान् शिक्षा मुलक नसिकाइएको हुदा धेरै पढे  लेखेका र सुन्दर भएत पनि मगर युवा युवाती हरु  पटक पटक अप्रधिक र स्वर्थी धुर्त गहिर मगर युवा युवाती हरुको माया जालमा फसि भिबिन्न जिल्ला र भिबिन्न किसिमको अप्रधिक घट्न हरु घटेको देखिन्छ।यश बिषयमा तत्काल मगर समाज हरुले पुर्ण बिचार र बहस गर्न जरुरद छ।

घ) सरकार ले के कस्तो ब्यवस्थ गरेको छ मगर समुदाय भित्र तेस्त कुनै सरकारी कोटा हरु आएको छ य छैन खोज्न सक्नु पर्यो र गरिब छात्र हरु जो निम्न छन तीन लाई ब्यवस्थ गर्न भुमिका हरु खेल्न आवस्यक छ।

ङ) मगर समाज ले विश्व भरिको मगर हरु जस्ले राम्रो काम गरेको छ रास्ट्र र आफ्नो मगर समुदाय को लागि तेस्त ब्यक्ती हरुलाइ  पक्ष पत नगरी सम्मान गर्नु पर्यो जस्तो कि डास्माह वीर पुन मगर ज्यु लाई मगर समाज ले अझै पनि चिन्न सकेको छैन।नेपाल सरकारले पनि चिन्न सकेको छैन।मगर समाज ले उहाँ जस्तो माहन बौद्धिक ज्ञान् भएका लाइ सम्मन गर्नु नसक्नु निकै दुख लागेको छ ।छिटो भन्द छिटो मगर समाज ले चिन्न जरुरी छ समाज ले र रास्ट्र ले पनि।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %