केपी ओली १ नम्बर राष्ट्रघाती नेता हुन् : घर्ती मगर

Read Time:4 Minute, 46 Second

 हरि बहादुर घर्ती मगर

असार,४- गफै गफको चाङ लगाएर सारा जनतालाई उल्लू बनाउन अहिले केपी ओलीलाई भ्याई नभ्याई भएको छ । उनलाई कत्तिपनि फुर्सद छैन । उल्लू बनाउने तौर तरिका भने, उनको नयाँ होइन । केहि वर्ष पछाडी फर्केर हेरौं, महाकाली सन्धी गर्दा पनि, वर्षेनी नेपाललाई, १ खर्व २० अर्व फाइदा हुन्छ भन्दै, नेपाली जनतालाई उल्लू बनाउने पनि यिनै केपी नै थिए । यिनलाई लाग्छ्होला नेपाली जनताको याददास निकै कमजोर छ ।

अहिले जनता महाकाली सन्धिको कुरा भुली सके…..यदी केपी ओली मुलुकका साच्चैका राष्ट्रवादी नेता हुन भने, पहिला नम्बरमा नेपाली जनतालाई बताउन पर्यो, त्यो वर्षेनी नेपाललाई फाइदा हुने १ खर्व २० अर्व कहाँ छ……? केपी ओली संग यस सवालको जवाफ छैन, किनभने उनी राष्ट्रवादी नेता नभएर १ नम्बर राष्ट्रघाती नेता हुन् ।     

अझ सत्यकुरा त के हो भने केपी ओली भारतका असली एजेण्ट भएकोले नै, विगतमा उक्त महाकाली सन्धी गरेका थिए । नेपाली राजनितीमा चाख राख्ने जो कोहीलाई पनि थाहै छ, वर्षौं-वर्षदेखि केपीको उपचार एवं राजनैतिक खर्च भारतले ब्यहोर्दै आई रहेको छ । आन्तरिकरूपमा केपी भारतका प्रिय एवं विश्वासिला पात्र हुन् । यतिछिटो एकै पटक केपी कसरी भारतको दुश्मन हुन सक्छन्……? बाहिर बाहिर भारतको बिरोध गरेको स्वाङ रचेर, महान राष्ट्रवादी बन्ने……! तर भित्र भित्र भारतको निर्देशनमा केपी नेपालमा ठूलो र डरलाग्दो खेल खेल्दै छन् ।          

विदेश मामलाका जानाकारहरु वताउने गर्छन्, केपी ओली नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानून, नेपालको अन्तरिम सम्विधान २०६३ नेपालका आदिवासी जनजाति, मधिसे लगायतका उत्पीडित जनता संग विगतमा पटक पटक  गरेका सहमती सम्झौता कार्यन्वयन नगरेर देशमा अशान्ती मच्चाउने, गृहयुद्ध गराउने र अस्थिरताको बाहनामा भारतलावई नेपालमा हस्तक्षेप गराउने उदेश्य रहेको छ । सतहमा देखिएका घटनाक्रमलाई विश्लेषण गर्दा पनि यहि कुराको पुष्टि हुन्छ । 

प्रथम सम्विधान सभावाट पहिचान सहितको समावेशी सम्विधान बनाउन नदिनु, अन्तरिम सम्विधान  भन्दा पछाडी फर्केर सम्विधान जारीको नाटक गर्नु, देशभर भएको आदिवासी जनजाति, थारु मधेसी जनताको न्यायीक आन्दोलनलाई सम्बोधन नगरी, अत्यधिक बल प्रयोग गरी, मधेसमा ५ दर्जन भन्दा बढी नागरिकको हत्या गर्नु, पहाडीका विरुद्धमा मधिसेलाई उचाल्नु, मधिसेका विरुद्धमा पहाडीलाई उचाल्नु, आदिवासी जनजाति, मधिसेका विरुद्धमा बाहुन क्षेत्रीलाई उचाल्नु केपीका विशेषता हुन् । यस्ता विविध निष्कृट गतिविधी गर्दै, देशभर अशान्ति मच्चाएर भारतलाई नेपालमा चलखेल गराउने केपीको मास्टरप्लान हो । भुकम्प पिडितहरुलाई एकवर्ष नाघिसक्दा पनि  तिनिहरुको किन कुनै किसिमको राहतको ब्यबस्था छैन…..? यसको पनि यिनि संग कुनै मनासिब जवाफ छैन । 

सारा मुलुकलाई अस्तव्यस्त बनाएर, आफ्नो नालायक एवं निकम्मापन लुकाउन मुलुकको औकात भन्दा ठूलो बजेट ल्याउनु, हावावाट विजुली, घरघरमा ग्यासका पाइप, प्रसान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज, इन्धन निकालेर साउदीलाई वेच्ने, विजुली निकालेर चाइनालाई वेच्ने जस्ता गफ चुट्दै हिड्नु आफ्नो राष्ट्रघातवाट जनताको ध्यान अनेत्र मोड्ने दुस्प्रयास मात्रै हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %