देवदहमा विषादीयुक्त सुपानेट झुल वितरण कार्य शुरु

Read Time:3 Minute, 4 Second

गोविन्द घर्ती मगर

देवदह, अषाढ २ – रुपन्देहीको देवदहमा विषादीयुक्त सुपानेट झुल वितरण कार्य शुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र आरडी एफ जनकपुरको सक्रियतामा उक्त सुपानेट झुल वितरण गरेको हो । देवदह नगरपालिकाको वडा नं ६ देखि वडा नं ११  सम्म करिव ८ हजार घरपरिवारका २० हजारलाई सुपानेट झुल वितरण गरिने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको देवदह क्षेत्र औलो रोगको जोखिम रहेकोले विषादी युक्त सुपानेट झुल वितरण गरिएको देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीले बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले ३ जना बृद्धलाई झुल दिई वितरण कार्यको शुभारम्भ गर्नु भएको हो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले विषादी युक्त झुलले औलो रोग नियन्त्रण गर्न मद्दत पुग्नेमा जोड दिनु भएको थियो ।

उहाले झुललाई सही सदुपयोग गर्नुपर्ने बताउदै औलो रोग न्यूनिकरणको लागि सवैले आ–आफनो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका टंकप्रसाद चापागाईले अहिले तत्कालिन देवदह गाविस भित्र वितरण गरिने र केरवानी क्षेत्रलाई जिल्ला जनस्वास्थ्य कार्यालयले पहल गर्ने बताउनु भयो । उहाले देवदह औलो रोगको बढि जोखिम क्षेत्र भएकाले विषादी युक्त सुपानेट झुल वितरण गरिएको बताउनु भयो ।

जनस्वास्थ्य कार्यालयले विषादी युक्त सुपानेट झुल वितरण गरेपनि विभिन्न समयमा वितरण गरिएको झुल सदुपयोग नगरी पार्यएकाले यसको लागि गाउ/गाउमा जनचेतना जगाउनु पर्ने देखिन्छ । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरको अध्यक्षता र देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । झुल वितरण कार्य एकहप्ता भित्र सम्पन्न गरिने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %