जिल्लाका अनियमिता र बेथिति हटाउन पाल्पाका दलहरु एक ठाउमा उभिए

Read Time:3 Minute, 26 Second

देब पचभैया

पाल्पा,२७ जेठ-आर्थिक बर्षको अन्त्यमा बजेट सक्ने नाममा सरकारी कार्यालय बाट हुने अनियमिता, बेथिती, भष्ट्राचारको विषयका पाल्पाका राजनितिक दलहरुले संयुक्त रुपमा निगरानी गर्ने भएका छन । बर्षभरी काम नगर्ने अषाढ लागेपछि काम शुरु गरी मसान्त सम्म सक्ने प्रवित्तिको कारण सरकारी रकम दुरुपयोग भएको भन्दै जिल्लाका ८ राजनितिक दलले संयुक्त रुपमा निगरानी शुरु गर्ने निर्यण गरेका हुन । 

११ महिनामा विकास नभएको काम  १ महिने अवधी विकास हुन नसक्ने,  मिलिजुली बजेट सक्काउने काम मात्र हुने भएकोले, सरकारी रकमको दुरुपयोग हुन नदिन जिल्लाका राजनितिक दलहरु सक्रीय भएर लागेको राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवँरले बताउनु भयो । कार्यालयका कर्मचारी लाई दलिय बिचारमा बोक्दा विकास निर्माणमा सुस्तता छाएको, विकास निर्माण नै अधुरो भएको, अनियमिताका घटनामा बढेको, नितिगत रुपमा विल मिलाई रकम खाने काम लाई, न्युनिकरणको लागी अभियान थालिएको अध्यक्ष कुवँरले बताउनुभयो ।

पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा गरिएको संयुक्त बैठक प्रतेक महिना पालै पालो फरक फरक पार्टीले आयोजना गर्ने सहमति भएको छ । संयुक्त बैठकले  तानसेनमा देखिएको खानेपानीको विकराल समस्या समाधानको लागी संयुक्त रुपमै पहल गर्ने, जिल्लामा देखिएका समस्याहरु लाई पहिलो दोस्रो गर्दै बर्गिकरण गरी समाधानको लागी संयुक्त पहल गर्ने, खानेपानी समस्या समाधानको लागी जिल्लाका बुद्धिजिवीहरुको सल्लाहमा राजनितिक दलहरु काठमाडौ जाने निर्यण गरेका छन ।

राप्रपाका पाल्पाको आयोजनामा अध्यक्ष डुल बहादुर कुवँरको सभापतित्वमा भएको संयुक्त बैठकमा नेपाली कागं्रेसका सभापति विर बहादुर राना, नेकपा एमालेका अध्यक्ष देवी प्रसाद बस्याल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र प्रसाद पाण्डे, राप्रपा नेपालका भानु बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टीका केयर सिंह राना, अखण्ड पार्टीका अध्यक्ष दिनेश रावल, नेकपा एमाले लेखा परिक्षण आयोगका पुर्व सदस्य धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका मथुरा ढकाल, राप्रपाका नगर अध्यक्ष धुव्र खातीको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %