इजरायलमा लिम्बुहरुको येले तङ्बे ५०७६ तथा कक्फेक्वा तङ्नाम कार्यक्रम सम्पन

माया घले मगर

इजरायल,२०१६ जनवरी १५ शुक्रबारको दिन नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा एवं सांस्कृतिक संग पहिचान जोडिएको हुन्छ भन्ने कुरालाई सचेत गराउनको निमित आफ्नो भाषा, लिपि, धर्म,परम्परा एवं संस्कृतिलाई निरन्तरता दिदै किराँत याक्थुङ चुम्लुङ इजरायल नेपालले नयाँ वर्ष अर्थात येले तङ्वे ५०७६ तथा कक्फेक्वा तङ्नाम शुभकामना आदान प्रदान कार्यक्रम सभ्य र भब्यताको साथ सम्पन्न गरेको छ ।
किराँत लिम्बुहरूले प्राचिनकालमा आफ्ना पूर्खाहरुले कन्दमुल खाएर जीविका पार्जन गरेको सम्झनामा मनाइने चाडमा आफुभन्दा सानालाई पोलेको वन तरुलको टिका लगाइदिएर सुस्वास्थ र दिर्घायुका लागि आशिर्वाद दिने प्रचलन रहि आएको छ । उक्त कार्यक्रममा उपस्थित दाजुभाई तथा दिदीबहिनीहरुले एक आपसमा तरुलको टिका लगाई दिदै शुभकामना आदान प्रदान साटासाट गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थिती जनाई सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभावहरु र बिशेष गरेर उक्त कार्यक्रममा खानपिन को प्रायोजन गरि सहयोग गर्नुहुने संस्थाका सहसचिव गीता तुम्बाहाङफे, संस्थाका सचेतक आशा लिम्बू राई, संस्थाका सक्रिय सदस्य खुमा लिम्बूलाई आभार ब्यक्त गर्दै किराँत याक्थुङ चुम्लुङ इजरायल नेपालले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।