ज्ञानेन्द्र पुन मगर
काठमाडौ , अशोज १ गते – मगरात संघर्ष समितिको २०७२ अशोज १ गते काठमाडौमा बसेको केन्द्रीय बैठकले तपशिल बमोजिमका निर्णयहरु गरेको छ ।
मगरात संघर्षको कार्यक्रमहरुः
१) मिति २०७२ अशोज ३ र ४ गते मगरात क्षेत्र बन्द गर्ने ।
२) मगरात क्षेत्र भित्र पहिचान र उत्पीडितहरुको अधिकार विरोधी गतिविधी गर्ने सभासद्/नेताहरुलाई सामाजिक बहिस्कार गर्ने ।
३) मिति २०७२ अशोज ५ गते देखि १४ गते सम्मः मगरातको संगठनात्मक गतिविधीहरु र प्रचारात्मक गतिविधीहरु गर्ने ।
क)मगरात भित्रको सबै जिल्लाहरु, गाउनगरहरुमा नेपाल मगर संघको नेतृत्वमा “मगरात संघर्ष समिति” गठन गर्ने ।
ख) मगरात क्षेत्रमा स्वमसेवी गतिविधीका लागि “मगरात युवा दस्ता” निर्माण गर्ने ।
ग) मगरातको प्रचारात्मक कार्यहरुः भित्ते लेखन, पत्रकार सम्मेलन आदि कार्यहरु गर्ने ।
४) २०७२ अशोज १५ गते देखि मगरात क्षेत्रलाई एउटै प्रदेशमा नसमेट्न सम्मका लागि अनिश्चितकालिन मगरात क्षेत्र बन्द गर्ने नेपाल मगर संघ केन्द्रिय समितिका सचिब ज्ञानेन्द्र पुन मगरले बैठक पछि जानकारी दिए ।
