संविधानको मस्यौदामाथी मगर संघको ४१ बुँदे सुझाव

Read Time:5 Minute, 53 Second

मनोज घर्तीमगर, पोखरा, ४ साउन ।

नेपाल मगर संघ केन्द्रीय समितिले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथी ४१ बुँदे सुझाव पेस गरेको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव नबिन रोकामगरको नेतृत्त्वमा साउन ४ गते सोमबार सिंहदरबारस्थित व्यबस्थापिका संसद सचिवालयमा पुगेको टोलीले संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङंगलाई भेटी ४१ बुँदे सुझाव बुझाएको हो । 

सुझाव बुझेपछि बोल्दै सभाध्यक्ष नेम्वांङले मस्यौदा बिल्कुलै प्रारम्भिक भएकोले मगरहरुको सुझावहरुलाई पनि समेटेर अन्तिम स्वरुप दिइने आश्वासन दिएका थिए । ‘म यी सुझाव सम्बाद समितिमा पठाई संबिधानमा समेट्न आग्रह गर्नेछु’ उनले भने ।

सुझाव बुझाउन गएका नेता एवं नेपाल मगर संघका महासचिव नबिन रोका मगरले नयाँ संबिधानमा मुलुकको ठुलो जनसंख्या ओगटेको मगरहरुले ‘हाम्रो’ संबिधान भनेर अपनत्त्व लिने गरी सुझाव समेटिएको संबिधान आउनु पर्ने बताए ।

टोलिले नामाङ्कन र सिमाङ्कनसहितको संविधान बन्नुपर्ने, जातिय पहिचानसहितको संघिय राज्य (मगरात स्वायत्त प्रदेश) हुनुपर्ने, धर्मनिरपेक्ष, गणतन्त्र र संघियतालाई संशोधन गर्न नपाइने, समावेशी सिद्धान्त लागु हुनुपर्ने, राष्ट्रिय जनावर गैंडा हुनुपर्ने लगायतका बुँदास समावेश गरेको गरेको मगर संघका महासचिव नविन रोकामगरले जानकारी दिए ।

\

सुझाव बुझाउन क्षेत्रीय उपाध्यक्ष गंगाबहादुर थापामगर, सचिव माधव दर्लामीमगर, कोषाध्यक्ष राजेन्द्र थापामगर, केन्द्रिय सदस्य पद्मा आले, नरबहादुर राना, मगर महिला संघका अध्यक्ष गंगा खासुमगर, महासविच हिरु रानामगर, काठमाडौं जिल्ला सचिव रघु थापामगर, ललितपुरका अध्यक्ष कृष्ण राना, काठमाडौका सहसचिव चन्द्र श्रीस, मगर विद्यार्थी संघका अध्यक्ष दिपा आलेमगर, महासचिव गोम राना, सचिव सन्देश आले लगायत व्यक्ति गएका थिए ।

नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगर, इजरायल, सचिव तथा संगठन संयोजक ज्ञानेन्द्र पुनमगर कतार र अर्का सचिव रक्षाबहादुर रैकामगर मलेशियामा छन् । जिम्मेवार नेत्तृत्वले वर्तमान संबिधान मस्यौदालाई समर्थन गर्ने वा नगर्ने वा कस्तो सुझाब दिने भन्नेमा अन्य पदाधीकारी तथा भातृसंगठनहरुलाई कुनै निर्देशन नभए सुझाव पेस गर्न महासचिव नविन रोकामगर, उपाध्यक्ष गंगाबहादुर थापामगगरलगायतको टोली तातिएको थियो । नेपालमा रहेका केन्द्रीय समितिका पदाधीकारी तथा भातृसंगठनले लाखौं मगरहरुबाट नेपाल मगर संघ केन्द्रीय समितिको धारणा सार्वजनिक हुनुपर्ने आवाज उठेपछि छलफलसहित सुझाव पेस गरिएको हो ।

उनीहरुलाई तातिन राज्य सत्तामा आएको ‘संविधानको मस्यौदामाथी सुझाव दिन छाडेर मगर संघका नेता विदेश शयरमा’ शिर्षककोआलेखले पनि सघाएको थियो । 

ढिलै भए पनि नेपाल मगर संघका पदाधीकारी जो नेपालमा छन् उनीहरुले चलाएको छलफल कार्यक्रम र संविधानको मस्यौदामाथी पेस गरिएको सुझावलाई सकरात्मक रुपमा लिएका छन् ।

संघका उपाध्यक्ष गंगाबहादुर थापामगरले सुझावका बुँदाहरु आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।

‘आज मिति २०७२ श्रावन ४ गते सोमबार नेपाल मगर संघ केन्द्रीय समिति र संघका भातृ संगठनहरुको संयुक्त टोलीले व्यवस्थापिका संसद सचिवालयमा पुगी नेपालको संविधान, २०७२ को मस्यौदा उपर सुझाब पेश गरियो । उक्त तीन महले सुझाब पत्र संविधान सभाका सम्माननीय सभाध्यक्ष सुवास चन्द्र नेम्वांग समक्ष पनि ज्ञापन पत्रका रुपमा बोधार्थ बुझाइयो’ उनले लेखेका छन्,‘अत संघका सम्पूर्ण भातृ संघ संगठनहरु तथा मातहतका निकायहरुले यसैलाई आधार मानी सबै जिल्ला प्रशासन कार्यालयहरुमा सुझाब पेश गर्ने र यसैमा संलग्न गरिएको संविधानको पहिलो मस्यौदा माथि सुझाब र प्रतिक्रया दिने माध्यमहरु मार्फत सुझाब पठाउन यो परिपत्र जारि गरिएको छ ।’

 

\

तस्वीर स्रोत :गंगाबहादुर थापामगर र माधव दर्लामीमगरको फेसबुकबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %