बसन्त र समिरलाई कोरियाबाट ३ लाख ४ हजार सहयोग

निश्चल काउचा

  सोल / नेपाल मगर संघ दक्षिण कोरियाद्वारा संकलित रकम  रु ३ लाख ४ हजार जिब्रोका रोगी बसन्त सिंजाली मगर र मुटुका रोगी समिर सिजाली मगरलाई  संस्थाका निवर्तमान महासचिव सिपी मगर र समाजसेवी  जुनु पुनले एक कार्यकमको बीच रकम हस्तातरण गरेका थिए ।

 उक्त अवसरमा बिरामीका बाबा , आमा , मामा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । दाङ हासिपुरका ति दुई बालक परिवारको आर्थिक स्थिति न्यून भएको कारण उपचार हुन सकेको थिएन । हाल उनीहरुको धापासी स्थित  ग्राण्डी  इन्टरनेसनल हस्पिटलमा उपचार भैरहेको छ र स्वास्थ्यमा क्रमिक सुधार आईरहेको बिरामीका आमा हिमा सिजालीले जानकारी दिएका छन ।

कोरियामा रकम संकलन गर्न  बिशेष सहयोग गर्नु हुने संस्थाका सक्रिय सदस्यहरु हिक्मत पुलामी मगर , हुबिर थापा मगर र  राजु रास्कोटी मगरलाई नेपाल मगर संघ कोरियाले धन्यवाद दिएको छ  ।