विनोद रखाली मगर
कात्तिक १५, गल्याङ् – स्याङ्जाको तुलसिभन्ज्याङ्मा सक्रिय लाङ्घाली युवा क्लवको आयोजनामा गल्याङ् वहुमुखि क्याम्पस देखि तुलसिभन्ज्याङ् सम्म कच्चि सडक मर्मत तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवका अध्यक्ष छविलाल गाहा मगरको नेतृत्वमा सम्पन्न गरिएको सरसफाई कार्यक्रममा तुलसिभन्ज्याङ् गाविस वडा न.६ का करिव ७० जना गाँउलेहरुको सहभागिता रहेको स्थानिय समाजसेवि गोपाल गाहा मगरले जानकारी दिए ।
कच्चि सडक मर्मत नहुदा सवारी साधनहरु तथा पैदल यात्रुहरुले सास्ती भोग्नुपरेको हुदा मर्मत तथा सरसफाई आयोजना गरिएको लाङ्घाली युवा क्लवले जनाएको छ ।
