शहिद शुकदेवको शालिक अलपत्र

Read Time:2 Minute, 3 Second

खिनु गुरुङ,भैरहवा

भाद्र २४ – भैरहवा सिद्धार्थ नगरपालीका ७ स्थित बर्मेली टोलको सुकदेव पार्कमा रहेको शहिद शुकदेव गुरुङको शालिक अलपत्र परेकोछ ।

भैरहवा बुटवल सडक मार्ग ६ लेनको बनाउन सडक विस्तार कार्य सुरु भए पछी सुकदेव पार्क भत्काईएको थियो । पार्क भत्काई पछी उक्त स्थानलाई सडक निमार्ण सामग्री डम्पिङ स्थानको रुपमा प्रयोग गर्दै ठेकेदार कम्पनीहरु आईरहेका छन् ।

सडक निमार्णका लागी चाहिने ढुङा फोडदा शालिकमा पनी क्षति पुगेकोछ । तर यस विषयमा न प्रशासन न त नागरिक समाज नै चिन्तीत छन् । २०६५ साल चैत्र १० गते तत्कालीन कानुन तथा संविधान व्यवश्था मन्त्रि देव गुरुङले अनावरण गर्नु भएको थियो । त्यस पछी पार्कको संरक्षण संबद्र्धन तमू ह्यूल छोजं धी जिल्ला कार्य समितिले गर्दै आएको थियो । तमू ह्यूल छोजं धी जिल्ला कार्य समितिका अध्यक्ष सुर्यलाल गुरुङले हामीले संरक्षण र सरसफाई गर्दै आएको पार्क विना सुचना सडक विभागले भत्काई शालिक क्षतीग्रस्त बनाएकोमा प्रशासन प्रति असन्तुष्ट व्यक्त गर्नु भएको त छ तर शालिकको संरक्षणको लागी कुनै पहल नहुदा शालिक अलपत्र परेको छ ।

शहिद शुकदेव गुरुङ राणा विरोधी आन्दोलनका क्रममा १८ बर्षे लामो जेल जिवन पश्चात षडयन्त्र पुर्वक वि स १९३३ चैत्र १० गते जेल भित्र नै मारिनु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %