बिभाग खारेज नै गर्ने तयारीमा
NCP CHEIST
लामो समय देखि स्थानिय बिकास अन्तर्गत गुम्बा बिकास समिती सदस्य सचिब बिहिन छ । काँग्रेसको तर्फबाट प्रकासमान सिंह स्थानिय विकासमन्त्री छन भने शान्त बहादुर श्रेष्ठ सचिव छन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय एमाले निकट सचिव श्रेष्ठ मन्त्रीले भनेको कुरा टेरपुच्छर लगाउदैन, भने अधिकांस कर्मचारीहरु एमाले निकट भएको कारण मन्त्रीको कुनै प्रस्तावलाई आल्टल्मै सिमित हुदै आएको छ ।
मन्त्रालयको नियमित मिटिङ्ग्को क्रममा लैगिंग विभागको ज्ञानु मेडम भन्ने कर्मचारीले गुम्बा व्यवस्थापन बिभाग खारेज गर्नु पर्ने कुरा निकालेको लैंगिग विभागकै एक कर्मचारीले नाम नबताउने शर्तमा हामीलाई बताईन । बिगतमा लार्क्याल लामा योल्मोपा सदस्य सचिव हुदा निक्कै प्रशानिया कार्यहरु भएको र आफ्नै निजी खर्चमा विभागमा निक्कै मर्मत सम्भार समेत भएको बताउदै उनि जस्तो मानिसको आवस्यक रहेको एक कर्मचारीले बताए ।
बौद्ध दर्शन अध्यान गरेको खेन्पो पद सो सरहको व्यक्तिले मात्र गुम्बा व्यवस्थापनमा सदस्यसचिव हुन पाउने प्राबधान छ । कर्मचारीहरूकै मिलोमतोको कारण गुम्बा बिकास अहिले सम्म स्थाई हुन सकेको छैन भने रिक्तास्थानामा कुनै सोर्स फोर्स बाट आएको कर्मचारीलाई निमित्त दिएर राखीन्छ । सिडियो को कुनै पद रिक्त हुने बितिकै त्यहाँ पठाउने गरेकोले उनीहरुको लागी यो बिभाग आधार सिबिरको रुपमा रहेको स्पस्ट हुन्छा ।
यदि गुम्बा व्यवस्थापन बिभागको खारेजी हुने भए आम बौद्ध धर्मावलम्वी शान्तिप्रेमीहरुको लागी ठुलो आघात हुने भन्दै विभिन्न संघ सस्थाहरु एक भएर बिरोधमा उत्रने तयारी रहेको समेत बुझिएको छ ।
