नेपालमा बुद्ध उपदेशको अस्तित्व कहाँ ?

Read Time:5 Minute, 23 Second

आचार्य सार्की शेर्पा बेनी–९, सोलुखुम्बु 

आज बैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती, शान्ति र अहिंसाका प्रतीक गौतम बुद्धको स्मरणमा भावपूर्ण श्रद्धाभक्तिका साथ विश्वभर उहाँको जन्म जयन्ती मनाईरहेका छन् । आज भन्दा २५५७ वर्ष पूर्व यसै तिथिका दिन नेपालको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र मायादेवीका पुत्रका रुपमा जन्मिएका राजकुमार शिद्धार्थ गौतम भारतको आधुनिक विहार प्रदेश, बोधगया (उरुबेल) मा बोधिवृक्ष मुनि बुद्धत्व अथात् बोधिज्ञान प्राप्त पश्चात् शाक्य मुनि बुद्धको नामले सुविख्यात भए र यसै दिनमा भारतको उत्तर प्रदेश, कुशीनगरमा महापरिनिर्वाण हुनु भएकोले यस दिनलाई बुद्धको जीवनसँग सम्बन्धित त्रिसंयोग दिनका रुपमा लिने गरिन्छ । तसर्थ यस पवित्र अवसरमा बौद्धमार्गीहरुले विभिन्न बौद्ध विहार, गोन्पा, चैत्य आदि स्थानहरुमा पूजा अर्चनाको साथै विभिन्न कार्यक्रमहरु गरी बुद्ध जयन्ती मनाउने गरेको पाईन्छ ।

हामीले आजसम्ममा कयौं यस्त बुद्ध जयन्तीहरु मनायौं र अहिले पनि मनाई रहेका छौं । बुद्ध जन्मेको मुलुकका हामी नेपालीहरुले देशमा धेरै राजनीतिक परिवर्तनहरुदेखि सके तर आजै पनि हत्या र हिंसा जस्ता अशान्तिबाट छुटकारा पाउन सकेको छैनौं । ‘‘वत्ति मुनि अध्यारो” भने जस्तै जुन देशमा बुद्ध जन्मे त्यो देशमा अशान्ति । यो देशमा हत्या, हिंसा, चोरी, डकैत दिनदिनै बढी रहेका छन् । अझै बुद्ध जन्मेको देश भनेर गर्व गछौं हामी । शान्ति, अहिंसा, सामाजिक सद्भाव जस्ता बुद्धका सन्देशहरुलार्ई जनसमुदयमा पु¥याउन छाडेर बुद्धको नाममा अनेकौं नारा, जुलुस र राजनैतिक खेल खेलिरहेका छन् ।

शान्तिका प्रतीक भएर विश्व समुदायको मन मस्तिकामा बसेको बुद्धका उपदेश आज संकटमा परेका छन् । बुद्ध आफ्नो महान् विचार र दर्शनका कारणले विश्व प्रसिद्ध रहे र उहाँलाई विश्वको कयौं मुलुकले दार्शनिकको उच्चकोटीमा राखेर उहाँका उपदेश, दर्शन र सन्देश आदिलाई विद्यालय तथा विश्वविद्यालयहरुमा ससम्मानका साथ अध्ययन–अध्यापन गर्दै आएका छन् र त्यस देशका समाज सभ्य, सुन्दर एवं समुन्नत आदिले परिपूर्ण देखिन्छ । जुन प्रकार विश्वले बुद्धलाई ससम्मान दिएका छन् त्यो सम्मान हाम्रो देशले दिन सकेको अवस्था छैन, त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो । बौद्ध संस्कृतिलाई हाम्रो देशले कहिले पनि नेपाली संस्कृतिको रुपमा स्वीकर नगरेको कारण नेपाली र विश्व बौद्ध समाजको मन हाम्रो देशले जीतन सकेको छैन ।

बुद्धको नाममा करोडौंको सहायत मागेर स्वार्थ पूर्ति गर्नु बाहेक विश्वले आत्मसत् गरेका शान्ति, अहिंसा, सहिष्णुता, मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता उच्च मानवीय उपदेश एवं दर्शन आदिलाई सम्मान गरी विद्यायल र विश्वविद्यालयहरुको पाठ्यपुस्तकहरुमा समावेस गरेको देखिन्दैन । बुद्ध जन्मेको देशमा अहिलेसम्म स्वतन्त्र बौद्ध विश्वविद्यायलय सही रुपमा संचलन गर्नु सकेको छैन । यस देशका बुद्ध अनुयायीहरु बौद्ध दर्शन अध्ययन गर्न विदेशमा जानु पर्ने अवस्था छ । शान्ति स्थापनका लागि बुद्ध दर्शन कै महत्व भएको पूरा विश्वले ठहर गरेको छ । मानव समाजको विकासका वाधक तत्व राग, द्वेष, इष्य जस्ता सामाजिक विसंगति, हिंसाजन्य आचरण आदिलाई निराकरण गरी आपसी सद्भाव, प्रेम, भाईचारा, मैत्रीभावको वीजारोपण गर्नमा बुद्धको सन्देश एवं उपदेशले ठूलो मद्दत पुर्याउछ र समाजलाई शान्ति र समुन्नतिका मार्गतर्फ उन्मुख गर्न सकिन्छ । तसर्थ सपूर्ण नेपाली एक जुट भएर जनसमुदायमा बुद्धको उपदेश फैलाउन आजको आवश्यकता देखिन्छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %