भेलुबाजेको निधन

Read Time:1 Minute, 57 Second

वैशाख २०, २०८१ बिहीबार
पूर्ण बहादुर राना

सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पताले जनाएको छ । साे कुरा मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले जानकारी दिएकि हुन् ।

भेलुबाजे हँस्यौली र ठट्यौलीमा कुरा गर्ने गर्थे । उनकाे हँस्याैलि र ठट्यौली शैलीमा कुरा गर्ने कलाकाे कारणले उनि युट्युब, फेसबुक र अन्य सामाजिक सञ्जालमा लोकप्रिय थिए।

भेलुबाजे जीवनको उत्तरार्द्धमा आफ्नो मौलिक बोलीले संसारभरिका नेपाली माझ चिनिएका थिए । उनले प्रयाेग गर्ने शब्दहरू; जानकारी हामीसँग छ, अनुराेध गर्याछु, टुसुक्क, थट्याैरि, दाउरा गर्ने ताे, बेल्कुल बेल्कुल ,पख्नुस तो पख्नुस तो , आदै आन्न यार आदि शब्दहरु सधै नेपालीहरूकाे कानमा गुन्जिरहने छन् । उनले यी शब्दहरू निर्दाेष पाराले पर्याेग गर्दथे । उनकाे बाेलि बाेलिमा हाँस्यरस थियाे । उनकाे यहि बाेलिले उनले प्युठान जिल्लालाई राम्रोसँग चिनाएका थिए ।

भेलुबाजे प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी थिए । उनि श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %