कृशा गौतमीको कथा

Read Time:5 Minute, 19 Second

– क्या. नरजंग गुरूङ्ग  

कृशा गौतमी गरीब परिवारबाट धनी परिवारमा विवाह भयो । केही समय पछि छोराको जन्म भयो । उनको जीवनमा अझ बढी खुशीको लहर थपियो तर कारणवश एकदिन छोराको मृत्यु भयो । अब उनको जीवनमा दुःखको बाढी आउने पक्का थियो । सम्पन्न जीवन र छोरा जन्मेपछि आएको मान सम्मान खुशीको लहर छोराको मृत्युसँगै बगेर जाने डरले उनलाई दुःखी बनाएको थियो । दुःखको डरले कृशा गौतमीले मरेको छोरोलाई मृत हो भनेर मान्न तयार भइनन् ।  

सबै बैद्यहरू कहाँ गएर चिर निद्रामा रहेको आफ्नो छोरालाई बुँझाइ दिन आग्रह र अनुरोध गर्दै हिड्न थालिन । अन्तमा एक सज्जनले गौतम बुद्ध कहाँ जाने श्रावस्तीको बाटो देखाई दियो । जसले उनको चिर निद्रामा रहेको छोरालाई बुँझ्याइदिने भनेर उक्त व्यक्तिले जिकिर गर्यो । किनकी नगरका सबै बैद्यहरूको कुरा उनी मान्न तयार थिइनन् र पागल जस्तै बनिसकेकी थिइन् ।  

जब गौतम बुद्धको पाउँमा आफ्नो मृतक छोरालाई राखेर वृतान्त बताइन र अन्तमा जसै गरेर पनि मानसम्मान खुसी पाउनको लागि आफ्नो छोरा जिउँदो बनाइ दिन अनुरोध गरिन । गौतम बुद्धमा असाधरण गुणहरू मध्ये आसयानु सयज्ञान निहित भएकोले कृशा गौतमीको मनोभाव बुझेर प्रज्ञा ज्ञान उत्पन्न गराउन र कल्याण हित गर्ने उपाय सोच्नुभयो र भन्नुभयो – बालकलाई जिउँदो बनाइदिन्छु तर त्यसको लागि एक मुठ्ठी तोरीको औषधि बनाउनु पर्दछ । तिमीले एक मुठ्ठी तोरी त्यस्तो घरबाट मागेर ल्याउँ जुन घरमा आजसम्म कोही मानिसको मृत्यु भएको नहोस् ।  

कृशा गौतमीले मातृत्वका कारण केही विचारै नगी स्वीकार गरिन् र घर घर चहार्न थालिन् । उनले एक मुठ्ठी तोरी माग्दै हिड्न थालिन । एक मुठ्ठि तोरी दिन सबै तयार भए तर जब कृशा गौतमीले यो घरमा कसैको मृत्यु भएको छ कि छैन भनेर सोध्दा उनले कुनै पनि एक घर भेटाउन् सकिन्न जहाँ कसैको पनि मृत्यु नभएको होस् ।  

सबै घरका एक न एक सदस्यको मृत्यु भइसकेको र मृत्युको दुःख प्रत्येक घरका मानिसहरूले आत्मासात गरी बस्नु पर्ने बाध्यता र सत्यता हो भनेर बुझिन् र स्वीकार गरिन् । भगवान बुद्ध कहाँ कृशा गौतमी फर्किन । भगवान बुद्धले सोध्नु भयो –‘एक मुठ्ठी तोरी ल्यायौं ? ’ कृशा गौतमीले भनिन्–‘भो बुद्ध भगवान तपाइले दिनु खोज्नु भएको ज्ञान मैले प्राप्त गरे, तपाइले बुझाउन खोज्नु भएको सत्य मैले बुझे । अब म छोराको दाहसंस्कार गर्छु ।’  

यसरी भगवान बुद्धले एक अज्ञानीलाई व्यवहारिक पाठबाट प्रज्ञा ज्ञान उत्पन्न गराउने मार्ग देखाउनु भई कल्याण गर्नुभयो । अनित्यको पाठ बुझाउनु भयो ।  

 विज्जु बुब्बल उस्सा व, जलरासि परिकखयं ।  

घातेसिं मरणं खिप्पं, कातुमादिसके कथा  ।

अर्थात – बिजुली चम्के जस्तै, पानीमा उठ्ने फोका जस्तै, दुबोको टुप्पामा रहेको पानीको थोपाजस्तै, पानीमा कोरिएको धर्सोजस्तै ,तुरून्तै विलाएर जाने जस्तो हो शरीर । फेरी घात गर्ने शत्रुलाई जस्तो मृत्युलाई कसैले छेक्न सकिदैन ।

बिजुली चम्किँदा जसरी एकछिन देखा पर्छ पछि बिलाएर जान्छ मानिसको जीवन पनि त्यतिमा हो । पानीको फोका वा दुबोको शीतजस्तो कति खेर फुटछ वा झर्छ थाहा नै हुँदैन । जन्मपछि मरण सत्य हो । ढिलो वा चाँडो सबै मर्नु पर्छ । जीवन जति जिए पनि हिजो जस्तो लाग्छ । जीवन छिटो छिटो बितिरहेको हुन्छ । राम्रो कर्म गर्नु पर्छ । मानिसले धर्म बुझ्नु पर्छ । क्षणिक जीवन सफल बनाउनु पर्छ । बुद्ध कालीन पटाचाराले पनि खुट्टा धोइ बस्दा बगेको पानी सुकेको हेरेर र कोठाको बत्ती बुझाएपछि मानिसको जीवन र मृत्यु सत्य र अनित्य हो भन्ने प्रज्ञा प्राप्त गरेको थियो ।  

भवतु सब्ब मंगलं  

सुत्र संग्र    

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %