अष्ट्रेलियामा बिरोध-सभा ।

नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले एमाओवादी, एमाले, कांग्रेस र मधेशी मोर्चाको सिफारिसमा राष्ट्रपतिले बाहल्वाला प्रधानन्यायधीश खिलराज रेग्मीलाई  चुनाबी  मन्त्रि  परिसदको  अध्यक्षताको  रुपमा नियुक्ति गरि संविधान सभाको समानुपातिक  सभासद संख्यामा  घटाऊन चालेको तथाकथित ठुला चार दलको कदमलाई असंबैधानिक, अलोकतान्त्रिक, राजनीतिक एकाधिकार र पहिचान सहितको संघीय लोकतान्त्रिक  गणतन्त्र लाई  क्रमबद्ध  ढङ्गले समाप्त पार्ने षड्यन्त्र हो भनि ठहर गरि यही  मार्च २४ का दिन दिउसो १:३० बजे सिड्नीको क्याण्टरबारी हलमा  बिरोध सभा  हुने भयको हुदा लोकतन्त्र तथा गणतन्त्रप्रेमी सम्पूर्ण नेपाली हरुलाई उपस्थितिकोलागी हार्दिक आव्हान गर्दछ ।

नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया ।