अष्ट्रेलियामा मगर संघको माँघेसक्रांन्ति भब्य सम्पन्न

Read Time:1 Minute, 58 Second

 रुद्र पुन मगर

सिड्नी १४ जनवरी,मगर समाज अष्ट्रेलियाले सिड्निमा  मांघेसक्रांन्ति भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रम मगर समाज अष्ट्रेलियाका अध्यक्ष राजेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम्मा अध्यक्षज्युले उपस्थित अतिथि पाहुना गणहरुलाई स्वागत मन्तब्य दिनु भएको थियो भने अशोक दर्लामी मगर ज्युले पितृ पुजा सम्पन्न गर्नु भएको थियो । प्रमुख अतिथि अष्ट्रेलिया आदिबासी जनजाति मंचका अध्यक्ष गणेश तामागं ज्युले शुभकामना दिनु भएको थियो । सो कार्यक्रम्मा तरुल,बारा,सेलरोटी,छेयागं चाकु , तिलको लड्डु र बिभिन्न परिकारका खाना हरु उपलब्ध गराइएको थियो । कार्यक्रको आर्कशक मगरको कौडा नृत्यलाइ बिशेस स्थान दिइएको थियो । मगर कलाकारहरुले प्रस्तुत गरेको नाँच गान र दोहोरीले दर्शकहरुलाइ भरपुर मनोरन्जन दिलाएको थियो । सिड्निको ब्यस्तताको बाबजुद पनि उल्लेख्निय उपस्थित भएको मगर मगर्नीहरुले आ–आफ्नो भेश भुशामा सजिएर आएर कार्यक्रमको सोभा बडाई दिएका थिए । गत बर्ष बाट सुरु गरेको यो सस्थाले पहिलो पटकनै नेपाल मगर संघ केन्द्रिय समितिका भूपु अध्यक्ष श्री गोरे बहादुर खपांगी मगर द्धवारा स्काइपको माध्यम मार्फत मन्तब्य र शुभकामना लिएर सुरु गरेको थियो भने यो पटक सस्थाले मनाएको दोष्रो बर्ष हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %