सिरियाको होम्स सहरमा

Read Time:2 Minute, 3 Second

सिरियाको होम्स सहरमा आज भएको हवाइ आक्रमणमा चार बालबालिका सहित १० व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा एकै परिवारका चार बालबालिका र अन्य ६ सर्वसाधरणको मृत्यु भएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् ।

होम्स सहरको जाबाब हमाद गाउँलाई लक्ष्य गरी गरिएको आक्रमणबाट एकै परिवारको सात महिने बालकदेखि १२, १४ र १६ वार्षीय बालकको मृत्यु भएको हो । यसअघि हिजो सिरियामा भएको हिंसा र हत्यामा कम्तीमा ५८ जना व्यक्तिको मृत्यु भएको थियो ।

सिरियामा २१ महिना लामो गृहयुद्धमा मर्नेको सङ्ख्या ६० हजार भन्दा बढी भएको  मानवअधिकारकाबादीहरुले हालै जनाएका छन् । यो सङ्ख्या सन् २०११ मा प्रतिदिन मर्ने व्यक्तिको सङ्ख्याको तुलनामा हालका दिनमा पाँच गुणा बढी रहेको छ ।

अफगानिस्तानमा तालिवानीविरुद्ध गरिएको कारबाहीका क्रममा आज सातजनाको मृत्यु भएको छ ।  कारबाहीमा अरु १० जना लडाकू पक्राउ परेको पनि बताइएको छ । अफगान र नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले आज गरेको तालिवानीविरुद्धको कारबाहीका क्रममा उनिहरु मारिएका हुन् ।

अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले अफगानिस्तानको राजधानी काबुलसहित विभिन्न प्रान्तमा कारबाही जारी राखेको बताइएको छ । कारबाहीको क्रममा विभिन्न हातहतियार कब्जा गरिएको पनि उल्लेख गरिएको छ । नेटो सैनिकले दिनहुँजसो कारबाही जारी राखेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %