विभिन्न प्रकारका लोकहरु

Read Time:4 Minute, 13 Second

बौद्ध ग्रन्थमा “लोक” शब्दलाई विभिन्न अर्थमा व्याख्य गरिएका छन् । लोक शब्दले प्राणीहरुको बस्ने ठाउँलाई मात्र होइन स्वयं सत्व प्राणीहरुको समुहलाई पनि जनाउँछ । मानिसको साढे तीन हात अग्लो पञ्चस्कन्ध रुपी शरीरलाई पनि जनाउँछ । त्यसैले लोक तीन प्रकारको बताइएका छन् । ती हुन् ।

१) सत्व लोक (सत्तलोक) :- प्राणीहरुलाई सत्व भनिन्छ । लोक शब्दको अर्थ सत्व वा प्राणी पनि हो । उदाहरणको निम्ति मानिस एउटा प्रणी हो मानिसहरुलाई लोकजन भनिन्छ । लोकहित, लोकरक्षा, लोकतन्त्र, लोकमत, लोकप्रिपा आदि शब्दहरुमा लोकको अर्थ मानिसहरु नै हुन् ।

मानिसलगायत सबै प्राणीहरुको समूहलाई नै सत्वलोक भनिएको हो । प्राणीहरुलाई पुद्गल पनि भनिन्छ । मानिस लगायत सबै पुद्गल वा प्राणीहरुलाई दुई समूहमा विभाजन गरिएका छन् :– आर्प र पृथकजन । जसले स्रोतापत्ति सकृदागामि, अनागामी र अर्हत मार्गफल मध्ये कुनै एउटा मार्गफल प्राप्त गरेको हुन्छ त्यसैलाई आर्य भनिन्छ । आय कुनै जाति विशेषलाई भनिएको होइन ।

जुनसुकै जात जाति, भाषाभाषी तथा लिंगका मानिस होस् अथवा यक्ष, देव, ब्रह्मा नै किन नहोस् जसले स्रोतापत्ति मार्गफल प्राप्त गर्दछ त्यो आर्य हो र तिनीहरुको समूहलाई स्रोतापत्ति पुदगल समूह सत्व लोक भनिन्छ ।

त्यसरी नै सकृदागामीहरुलाई सकृदागामी पुद्गला समूह सत्वलोक अनागामीहरुलाई पुदगल समूह सत्वलोक आदि भनिन्छ । जसले कुनै मार्गफल प्राप्त गरिको हुँदैन, त्यसलाई पृथकजन भनिन्छ र त्यस्ता देव, मनुष्य लगायत सबै पेथकजन प्राणीहरुलाई पृथकजन पुद्गल समूह सत्वलोक भनिन्छ ।

२) संस्कार लोक :– संस्कारको अर्थ बन्नु, निर्माण हुनु, उत्पत्ति हुनु हो । जति पनि बन्ने, बिग्रने हुने, नष्ट हुने खालका चेतन, अचेतन संसकारित तत्वहरु छन् ती संस्कार लोक अन्तर्गत नै पर्दछन् । पाली भाषामा लोक शब्दलाई “लुज्जती पलुज्जतीति लोको” भनी व्याख्य गरिएको छ ।

लुज्जतिको अर्थ उत्पत्ति र क्षणक्षणमा विनाश हुनु हो । पलुज्जतिको अर्थ सदाको निम्ति च्युति वा विनाश हुनु हो । जस्तै मानिसको चित्त क्षण क्षणमा उत्पत्ति– विनाश भइरहन्छ भने मरण अवस्थामा यो जुनीमा सदाको निम्ति शरीरबाट विच्छेद हुन्छ च्युत हुन्छ । जो उत्पन्न हुन्छ नष्ट हुन्छ त्यो लोक हो आँखा, कान, नाक, जिब्रो, शरीर र मन चित्त उत्पत्ति र विनाश हुने स्वभावका हुन् । त्यसैले त्यसलाई पनि लोक नै भनिन्छ । यसलाई संस्कार लोक नामाकरण गरिएको छ । वास्तवमा प्राणी भन्नु नै पञ्चउपादा स्कन्धको समूह मात्र हो । यही पञ्चउपादान स्कन्धाई नै संसकार लोक भनिन्छ ।

३) ओकास लोक :- यस अघिको अंकमा वर्णन गरिएकै प्राणीहरुको बस्ने ठाउँ पृथ्वी आदि ग्रहहरु लोक थातहरु अर्था कामलोक, रुपलोक र अरुपलोकलाई नै अवकाश लोक भनिन्छ ।

भवतु सब्ब मंगलम्

सुत्र संग्र

के. नगरजंग गुरु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %