“जीवितं अनियतं-मरणं नियतं”

Read Time:10 Minute, 57 Second

(Bhikkshu-Pmurti (P.H.D Scholar)  

अलव भन्ने शहरमा एकजना कपडा बुन्ने बस्दथ्यो, जसको नाम वत्स थियो । उसलाई प्रायस्जसो कार्य अधिक हुने गर्दथ्यो । जसले गर्दा फुर्सद भन्ने शब्द नै उसँग रहेन किनकी त्यस शहरमा प्रायस्जसो उत्सव हुने गर्दथ्यो र शहरका सबैजसो उत्सवको लागि तम्तयार हुने गर्दथ्यो भने महिनौं महिनादेखि कपडाको अर्डर लिएको हुन्थ्यो उसले । त्यसमध्ये धेरै जसो कपडा बुनेकै थिएन उसले । यसै बीच गौतमबुद्ध अग्गलव भन्ने विहारमा पाल्नुभएको थियो । सबै जसो गौतमबुद्धको विषयमा चर्चा परिचर्चा गर्ने गर्दथ्यो । यसभन्दा पहिला गौतमबुद्ध पाल्नु भएको समयमा बुद्धले देशना गर्नुभएको कुरा वत्सलाई अनायास याद आयो, “जीवितं अनियतं-मरणं नियतं – जीवन अनित्य छ, मरण नित्यू जसले गर्दा त्यस गाउँका सबै जसो मृत्युबारे सोच्ने गरेको वत्सलाई स्मरण हुन्छ तर वत्स चाहिँ यस बिषयमा गहिरिएर सोच्न मन पराउँदैनथ्यो किनकी दैनिक जीवन चर्यागर्नु नै उसको निम्ति महायुद्ध गर्नु बराबर थियो भने बाल्यकालमा नै आफ्नी आमा गुमाउन पुगेकी आफ्नो टुहुरी छोरी पुन्नालाई राम्रो घर गृहस्थीमा  विवाह गरीदिनु नै उसको ठूलो इच्छा थियो भने अर्कोतिर उसको लागि ठूलो चुनौतिको विषय थियो । जसले गर्दा उ कल्पनाको सागरमा हराउने गर्दथ्यो । ूमानिस मर्ने उमेर पुगेपछि मरीहाल्छ नि !!! मलाई त त्यति उमेर पुगेको पनि छैन मृत्युको बारे सोचेर बसेमा अन्य कामकाजहरु कसले गर्ला रुू वत्सलाई लाग्यो कि शहरका धेरै जसोले त्यस्तै सोचेको हुनुपर्छ ।
तर वत्सकी छोरी पुन्नालाई ‘बुद्ध-वचन’ राम्ररी बोध भैसकेको थियो जुनबेला ‘बुद्ध वचन’ सुनेको थियो त्यस दिनदेखि उनी धेरै अनौठो हुदैं थियो । मौका पायो कि एकान्तमा बसी जीवितं अनियतं, मरणं नियतं” भनी भावनामा लीन हुन्थिन् । स्वच्छ सफा सेतो कपडाले रंग सोसेर लिए जस्तै गौतम बुद्धले भन्नु भएका कुरा उनको मनमा राम्ररी धारण भइसकेको थियो । उनले एकदिन भनेको कुरा वत्सलाई अझै झलझली सम्झना आइरहेको थियो । एकदिन वत्स काल्पनिक संसारमा डुबी रहेको बेला छोरीको बुबा भन्ने शब्दले उ झसङ्ग भयो र नवयौवना छोरी पुन्नाले तथागत गौतमबुद्ध फेरी आफ्नो गाउँमा पाल्नुभएको कुरा अवगत गराईन र भनिन् “आज दिउँसो म तथागत गौतमबुद्धको उपदेश सुन्न जान्छु ।”

“जाऊ छोरी, जाऊ ।।। तर अभय राजकुमारको सेतो कपडा ९पछ्यौरा० साँझ सम्ममा जसरी भएपनि तयार गरेर दिनुपर्छ । हिजो साँझ पनि आएर कराएर जानुभयो । आज पनि दिन सकिएन भने तिम्रा बुबाले सजायँ भोग्नुपर्ने छ । अहिलेसम्म त म धेरै ढिलो भई सकेको छु । छोरी म काममा जान्छु । तँ तुकिमा यो धागो अलि बेरेर चाँडै लिएर आइज । धागो दिएर उपदेश सुन्न जानसक्छौं ।”

“हुन्छ बुबा म अहिले नै यो काम थालनी गरिहाल्छु ।”

अग्गलव विहारमा पाल्नु भएका श्रद्धालु उपासक उपासिकाहरु गौतम बुद्धलाई भोजन दान दिई सकेपछि बुद्धदेशना श्रवण गर्न तम्तयार भएर आ(आफ्नो ठाउँमा निश्चलका साथ निश्चिन्त भई बसिरहेका थिए । तर गौतम बुद्ध निशब्दका साथ सोचिरहनु भएको थियो कि म “तीस योजन काटेर श्रावस्ती नगरदेखि यहाँ आएको पुन्ना भन्ने कपडा बुन्ने युवतीको निम्ति । तर अहिलेसम्म पनि उनी आई पुगेकी छैनन् । उनी आए पछि देशना थाल्ने छु ।”

चाँड-चाँडै तुकिमा धागो बेरी सकेपछि उनी आफ्नो बुबाको काम गर्ने ठाउँमा चाँड(चाँडै दौडेर गईन । तर बीच बाटोको विहारमा ‘बुद्ध-वचन’ एउटा मात्र भएपनि सुनेर जाने मनसायले उनी ‘बुद्धोपदेश’ सुन्न जम्घट भई बसेका परिषदको अन्तिम छेउमा बस्न पुगिन । आश्चर्य तथागत गौतम बुद्धले आफैलाई हेरी राख्नु भए जस्तो उनलाई भानभयो । मानिसहरुको जमघटलाई उनीले याद गरिनन् हुलको बीचबाट चियाएर तथागत गौतम बुद्धलाई एकटक हेर्न पुगिन् । षड्(रश्मी फैलाएर बुद्ध विराजमान भई रहनु भएको देखिन र उनलाई लाग्यो कि अब देशना गर्नु हुनेछ र एक शब्द भएपनि सुनेर जानेछु तर आश्चर्य तत्काल नै उनलाई भान भयो कि तथागत गौतम बुद्धले उनलाई डाकी रहनु भएको र उनी बसी रहेको ठाउँबाट उठेर बुद्धसम्मुख आई पञ्चाङ्ग दण्डवत गरी एकछेउमा बसिन । उपस्थित सबै श्रद्धालुहरु आश्चर्य चकित थिए तथागत गौतम बुद्धले पुन्नासँग प्रश्न गर्नु हुँदै –
बुद्ध – तिमी कहाँबाट आएको ?

पुन्ना – थाहा छैन गौतम ।
बुद्ध – तिमी जाने कहाँ ?

पुन्ना – थाहा छैन गौतम ।
बुद्ध – तिमीलाई थाहा छैन ?

पुन्ना – थाहा छ गौतम ।
बुद्ध – तिमीलाई थाहा छ ?

पुन्ना – थाहा छैन गौतम ।
यस कुराकानी हुदाँ उपस्थित श्रद्धालुहरु बीच खासखुस कानेखुशी हुन थाल्यो । एकजनाले भन्यो कि यिनी पागल छिन्, नत्र तथागत गौतम बुद्धसँग यसरी कुरा गर्छ र ? अर्कोले भन्यो – कस्तो पागल होलि रु यस्तो ठाउँमा किन आउँछ होलि रु कपाल समातेर बाहिर हुत्याई दिनुपर्ने । अर्को एकजनाले हुलबाट भन्यो । तथागत गौतम बुद्धले हुललाई शान्तसाथ बस्न आग्रह गर्दै पुनस् पुन्नालाई आमन्त्रण गर्दै भन्नुभयो । “तिमी आएको कहाँबाट भन्दा थाहा छैन भनी किन भनेको ?”

पुन्ना – तपाईंले सोध्नु भएको थियो कि म अहिले आएको मेरो घरको बाटोबारे नभई म यस जुनीमा आएको कुन जुनीबाट हो भन्ने मनशाय हो । त्यो थाहा नभएर त्यसरी भनेको हुँ ।
बुद्ध – तिमी कहाँ जान्छौ रु भनी प्रश्न गर्दा मलाई थाहा छैन भनी किन भनेको ?

पुन्ना – तपाईंले सोध्नु भएको अब म जानलाई आएको बुबाको काम गर्ने ठाउँको बारे नभई म यस जुनीबाट कुन जुनीमा जान्छौ भन्ने मनशाय थियो । त्यो जुनी थाहा नभएको हुनाले त्यसो भनेको हुँ ।
बुद्ध – तिमीलाई थाहा छैन भनी प्रश्न गर्दा थाहा छ भनी किन जवाफ दिएकी ?

पुन्ना – म जहिले भएपनि, जहाँ भएपनि “मर्छरमर्नु पर्छ” भन्ने थाहा भएको हुनाले त्यसो भनेकी हुँ ।
बुद्ध – तिमीलाई थाहा छ भनी प्रश्न गर्दा थाहा छैन भनी जवाफ किन दिएको ?

पुन्ना – म कहिले, कहाँ, कसरी “मर्छ” भन्ने थाहा नभएको हुनाले त्यसरी भनेकी हुँ ।
बुद्ध – साधु ! साधु !! साधु !!! पुन्ना मैले सोधेको सबै प्रश्नहरुको सहि जवाफ तिमीले राम्रै दियौ ।
तत्पश्चात आश्चर्यचकित भई ढुंगा समान भई हेरिरहेका उपस्थित सबै श्रद्धालुहरुलाई सम्बोधन गर्नु हुदैं तथागत गौतम बुद्धले भन्नु भयो मैले सोधेका सबै प्रश्नहरुको उत्तर पुन्ना कुमारीले दिएको जवाफ तिमीहरुले नबुझेर उनलाई दोषारोपण गर्यौं । तिमीहरुले मरणानुस्मृति भावना स्मरण नगरेको हुनाले त्यसो भएको हो । जीवनकोबारे त्यसरी मनन गर्न नसक्ने व्यक्ति अन्धा जस्तो हुन्छ । जसले मरणानुस्मृति भावना गरी जीवनप्रति यथार्थबोध गर्दछ । उसलाई आँखा भएको र ज्ञानीगुणीको रुपमा स्वीकार्न सकिन्छ । बुद्धोपदेशको अन्त्यपश्चात पुन्ना उच्च मनस्थितिमा पुगिन् । तुकि लिएर हतार हतार आफ्नो बुबाको काम गर्ने ठाउँमा गईन । कार्य अधिकले गर्दा थकित भई तानलाई शिरानी बनाई सुतिरहेको वत्स छोरीको आवाज सुनेर उठी हतार हतार तान चलाउन पुग्यो । तानको छेउले छोरी पुन्नाको शरीरको नशामा लागी पुन्नाको त्यहीं देहावशान भयो । वत्स तुरुन्तै दौडेर तथागत गौतम बुद्धकहाँ पुग्यो र बुद्धले उनी राम्रो ठाउँमा अर्थात सुगतिमा जन्म लिन पुगेको भनी देशना गर्नुका साथै “मनुष्य जीवनमा दुस्ख, शोक गर्नुका कारण र त्यो नभए पछि सुखी हुने अवस्था” पनि वत्सलाई देशना गर्नु भयो । ऊ तत्कालै प्रव्रजित भई दुस्खबाट मुक्त हुने मार्गमा हिंड्नु भयो ।
अन्धभूतो अयं लोको तनुकेत्थ विपस्सति
सकुन्तो जालमुत्तो व अप्पो सग्गाय गच्छति ।।
यस संसार अन्धकारमय छ । यहाँका केहिले मात्र पञ्चस्कन्ध सम्बन्धि अनित्य स्वभाव देख्छन, जालबाट मुक्त भएका पन्छीहरु जस्तै केहि व्यक्तिमात्र स्वर्गमा जान्छन l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %