सुरु भयो आदिवासी जनजाति फिल्मको कुम्भ मेला

Read Time:3 Minute, 57 Second

इन्डिजिनियस फिल्म आर्काइभद्धारा आयोजित छैटौ नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव बिहीवारदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
प्रर्दशनीमा नेपाल सहित २० देशका ७९ वटा फिल्म एवं डकुमेन्ट्री महोत्सवमा प्रर्दशनी गरिदै छ । महोत्सवमा नेपाल सहित २६ देशबाट दुई सय फिल्मको आवेदन परेको थियो । 
जस मध्य नेपालका २७ वटा छोटा, लामा फिल्म एवं डकुमेन्ट्री रहेका छन् ।  मगर समुदायका ६, थारु समुदायका एक, तामाङ समुदायको २ ,नेवार समुदायको ६, लिम्बुको एक,  राई (बान्तवा र बाबुले) ४, हायुको एक,  सुनुवारको एक, चेपाङको एक रहेको छ । जस अन्तर्गत आदिवासी तथा गैरआदिवासी निर्देशकले बनाएको आदिवासी विषयमा आधारित र आदिवासी समुदायका निर्देशकले बनाएको गैर आदिवासी विषयमा आधारित २७  वटा फिल्म महोत्सवमा प्रर्दशन हुदै । त्यस्तै अन्तराष्ट्रिय तर्फ १९ देशका ५२ वटा फिल्म महोत्सवमा प्रर्दशन हुदैछ । यस अन्तर्गत अस्टे«लियाको ५, ब्राजिलको २, बोलिभियाको ३, क्यानडाको १३, कम्वोडिया र स्विट्जरल्याण्डको संयुक्त एक, इक्वेडरको एउटा, तान्जानियाको एक, कोलम्बियाको एउटा, फिनल्याणको एउटा, भारतको ४ वटा, न्युजिल्यान्डको एउटा,  मेक्सिकोको एउटा, नर्वेको एक फिल्म प्रर्दशन हुने छ । त्यस्तै फिलिपिन्सको २, दक्षिण अफ्रिकाको एक, सुरिनामको एक, ताइवानको ८, संयुक्तराज्य अमेरिकाको ५ वटा चयन भएको छ ।
महोत्सवमा उत्कृष्ट हुने फिल्मले गोल्डेन ड्रम, द्धितिय हुने सिल्भर ड्रम र तृतीय हुनेले बोन्ज ड्रम प्राप्त गर्ने छन् । त्यस्तै एक फिल्मलाई उत्कृष्ट जुरी अवार्ड प्रदान गरिने नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवका निर्देशक सज्जोग लाफा मगरले जानकारी दिए ।
महोत्सवको उद्घाटनका अवसरमा आदिवासी समुदायका गरिमामय व्यक्तित्वको सहभागितामा भएको थियो । त्यस्तै उद्घाटनका अवसरमा नेपालको राष्ट्रगानका रचहिता तथा कवि व्याकुल माइला, नेपालका प्रख्यात चिकित्सक छिरिङ ह्याल्मो, नेपालको राष्ट्रिय  निशानी छापका डिजाइनर कृष्णगोपाल श्रेष्ठ, महिला बेचविखन विरुद्ध उत्लेख्य योगदान पुर्रयाएकी चरिमाया तामाङ र दक्षिण एसियाकै उत्कृष्ट भारोतोलन महिला खेलाडी तारादेवी पुनलाई सम्मान गरिएको छ । महोत्सव ३१ गते असार सम्म चल्ने छ ।
महोत्सवको आकर्षणको रुपमा आदिवासी खाना रहेको छ । महोत्सवमा ल्होमी, लिम्बु, मगर, माझी, थारु, तामाङ, नेवार, सुनुवार, लोहोरुङ, चेपाङ र धिमाल समुदायका छुट्टा छुट्टै ११ वटा खाना स्टल रहने छ । आदिवासी खानाको स्वादका पारखीका लागि महोत्सव विशेष आकर्षण छ ।

(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %