मगर चलचित्रबारेमा २ दिने बहस: एक रिपोर्ट

Read Time:19 Minute, 38 Second

नेपाली समाजमा अनादिकालदेखि मौलिक भाषा, संस्कृति, रितिरिवाज, परम्पराका धनी मगर जातिको लेख्य इतिहास सोचे अनुरुप विकसित नभएको अझ कलाको अत्याधुनिक चलचित्र विद्यामा मगर समाज अझ पछाडि रहेको अवस्थामा यस सम्बन्धी खोज–तलास गरि आफ्नो भाषा, संस्कृति, धर्म र रीतिरिवाजको संरक्षण, सम्वद्र्धन एवम् जगेर्ना तथा समयानुकुल परिमार्जन र विकास गर्न २०५१ सालमा लङ्घन चलचित्र निर्माण भए पश्चात मगर चलचित्रको इतिहास शुरू भएको छ । जुन फिल्मलाई निर्देशक युवराज मास्की राना मगर र हिमालयन कल्चर मुभिजको ब्यानरमा डि.बि.पुलामी मगरले निर्माण गरेका थिए ।
सञ्जोग लाफा मगरको कथामा निर्माण भएको मगर भाषाको पहिलो चलचित्रमा राज थापा मगर र टुगा थापा मगरले नायक÷नायिकाको भूमिकामा अभिनय गर्नु भएको थियो ।
चलचित्रले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण÷सचेतना ल्याउने कार्य गर्दछ । असल चलचित्र– एउटा कालखण्डको अभिलेख राख्ने माध्यम हो । एउटा कालखण्डमा भाषा, संस्कार र संस्कृति कस्तो थियो भन्ने जानकारी चलचित्रले दिने गर्दछ । आफ्नो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण र संवद्र्धनमा चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जबसम्म कुनै जातिको भाषा, साहित्य, संस्कृतिको खोज, अनुसन्धान गर्दै प्रबद्र्धन र प्रचार गर्न सकिन्न तबसम्म ती जातिको अस्तित्व पहिचान हुन सक्दैन । यसर्थ पनि संचारको क्षेत्रमा चलचित्रको बेग्लै महत्व रहेको छ ।
 २१ औं शताब्दीमा हामी पहिचानको लडाई लड्दैछौं । पहिचानको लडाईमा– सुचना, संचारको साथ साथै चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अर्थात हाम्रो समाजको गौरवताको विषय वस्तुमा चलचित्र निर्माण गरिनु पर्दछ भन्ने मनसाय हाम्रो हो ।
चलचित्र अभिव्यक्तिको माध्यम हो । अभिव्यक्त गर्नको लागि सर्जकसँग विचार चाहिन्छ । तपाईसँग भन्नको लागि कुनै कुरा छैन भने जतिसुकै पालिस गरेको भाषा भए पनि त्यसको कुनै अर्थ हुँदैन । कला विद्याको रुपमा रहेको चलचित्रको महत्व यसले भन्ने कथामा मात्र होइन, निर्देशकको विचार र कथा भन्ने तरिकामा निर्भर हुन्छ । अर्थात निर्माण भएको चलचित्रको प्रभाव समाजमा छिटो रुपमा दर्शकको मन मस्तिष्क भित्र सजिलो तरिकाले बस्ने गर्दछ । चलचित्र निर्माण एक प्रकारले राजनीति पनि हो ।

एउटा समाजको भाषा, संस्कार, संस्कृति लोप गर्नुमा चलचित्रले महत्वपूर्ण भूमिका निर्भाह गरिरहेको हुन्छ । यसर्थ यस्तो गहनपूर्ण क्षेत्रमा हाम्रो पहुँच कतिसम्मको छ । के चलचित्र निर्माण व्यापार मात्र हो ? निश्चित पनि होइन । चलचित्र आफैमा के हो– यसको बुझाई यो गोष्ठीले गरिदेओस् । अर्थात अहिले बन्ने मगर चलचित्रले भोलिको मगर चलचित्रको भविष्य निर्माण गर्ने हुँदा हामी सबै मिलेर मेहनत गर्ने बेला भनेको नै अहिले हो । मगर चलचित्रकर्मीहरूले चलचित्र निर्माण सम्बन्धी ज्ञान हासिल गरि निर्माण कार्यमा लागे निश्चित पनि परिणाम राम्रो आउँछ । चलचित्रको राजनीति के छ, के हो भन्ने कुरा पनि बुझ्न हामीले यहाँ प्रयास गर्ने छौं ।
मगर समाज विविधताको समाज हो । विविधता भएर पनि मगरहरू नेपाल मगर संघमा गोलबद्ध छौं । बाह्र मगराँत, अठार मगराँत र काइके भाषा बोलिन्छ मगर समाजमा । बसोबासको हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीको कुनाकुनामा मगर जाति फैलिएर रहेको पाइन्छ । अहिले चारैतिर आफ्नोपनको खोज भईरहेको बेला हामी किन हाम्रोपनमा रमाउन नखोज्ने ? शुरुवातमा कमजोर पक्ष धेरै भेटिन्छन् । हामी हाम्रो गौरवपूर्ण विगतलाई आत्मसात गर्दै अझ मगरको इतिहास गौरवपूर्ण बनाऔं । राम्रा राम्रा मगर चलचित्र निर्माण गर्नको लागि गृहकार्य गरौं भन्ने उद्देश्य र मगर चलचित्र क्षेत्रमा अवसर र सम्भावनाका साथसाथै चुनौती बारे हिजो र आज गरि बुझ्ने-बुझाउने प्रयास गर्न यो गोष्ठी आयोजना गरिएको छ ।

कसले के बोले

विजयरत्न तुलाधर (निर्देशक तथा चलचित्र समिक्षक)
यो कार्यक्रमबाट एकै दिनको छलफल पश्चात राम्रो फिल्म बन्ने पनि होइन । यो कार्यक्रम धानको बिऊ रोप्नु जस्तै हो । नेपाली फिल्म धेरै बनाएको र धेरै कमाएको फिल्म (शोभित बस्नेत) भन्ने बित्तिकै राम्रो फिल्म हो भन्ने होइन । एउटै प्रकारको एउटा फिल्म सफल भयो भन्दैमा अन्य पनि त्यस्तै गरि अन्य सफल हुन्छ भन्नु छैन । कुनै फिल्म सफल भएर धेरै कमायो भन्दैमा त्यो सफल कसरी भयो भन्ने बारेमा हामीले खोजी नीति नै गर्दैनौं । अन्य कुनै अभिव्यक्तिको माध्यमलाई सेन्सर गरिदैन तर चलचित्रलाई दुई पटक सेन्सर गरिन्छ । आदिवासीको प्रथाजनिक कानुनहरुलाई नेपाल सरकारको सेन्सरले उसको अनुरुप हुँदैन त्यसैले त्यो पनि सेन्सर हुने सम्भावना रहन्छ ।

हामीले चलचित्रलाई बलिवुडमा कस्तो बन्यो त्यहि अनुरुप कपी गर्ने प्रयास गर्छौ । अलग गर्ने प्रयास गर्नु प¥यो । हामी आदिवासी जनजाति त संस्कृतिमा धनी छांै र हाम्रो कथा त झन बढी छ । त्यसमा खोज गर्ने प्रयास गरौं । राम्रो फिल्म बनायो भने घर घरमा खोज्दै आउँछ । आज हाम्रो बजार छैन, सरकारको विभेदकारी नीति छ । तर फिल्म राम्रो फिल्म बन्यो भने÷बनायो भने त्यसको बजार किन छैन । जस्तै नुमाफुङ । कथा र परिवेश सँगसँगै लिएर चलचित्र अगाडि बढ्नु पर्छ । अर्थात हाम्रो जिउँदो संस्कृतिलाई किन लुकाउने ? हामीसँग अथाह कथाहरु छन् तर त्यसलाई खोज गर्नु प¥यो । चलचित्रको एउटै सुत्र हुँदैन ।

केशव सुर्यवंशी मगर (भूपू सदस्य ः ने.म.सं. के.स. तथा चलचित्र समीक्षक)
चलचित्रले समाजलाई छिटो प्रभाव पार्दछ । चलचित्र निर्माताको सृजनाको भन्दा व्यवसायको रुपमा सोच्दछ । चलचित्र निर्माताले चलचित्रबाट व्यापार, चलचित्र निर्देशकको सृजना, दर्शकको रुपमा आउँदा मनोरन्जन हुन्छ । मनोरन्जन मिसिएको ज्ञान हो चलचित्र । शासकको तर्फबाट चलचित्रले के शिक्षा दिन खोजेको छ । त्यस रुपमा यी विषयहरुमा चलचित्र बनेको छ । अविकसित मुलकको लागि शासकले कुनै रुपमा हेर्दैन तर विकसित देशको लागि यो राजनीति हो । उनीहरुले आफ्नो राजनीति प्रत्यक्ष रुपमा लगानी गर्दैन तर यो परस्कारको रुपमा लगानी गरिरहेको छ । पुरस्कारे सत्ता राजनीतिसँग गासिएको हुन्छ । परिकल्पना÷लेखन मेजर कुरा हो, चलचित्रको हिसाबले । तर हामी यो सोचाई पाल्दैनौं । परिकल्पनालाई स्टोरी बोर्डमा ढाल्नु प्रयास गर्नु पर्छ । सिनेमा बन्नु बन्दा अगाडि छलफल गर्नु पर्छ । तर हामी आदिवासी जनजाति चाहि के छ भन्दा अण्डा पारेर खुकुराले जसरी टोलै थर्काउँछ त्यस्तो गर्नु भएन । राम्रो चलचित्रको सुवास देशको सिमानाले रोक्दैन ।
आदिवासीको बान्की हुनु प¥यो । मगर संस्कृति देखि फरक धारमा फिल्म बन्छ भने तपाई मेरो नाता पर्ने भए पनि त्यसलाई सपोर्ट गर्न सकिदैन । तालिम केन्द्र बनाउनु प¥यो । प्रभावकारी माध्यम चलचित्रलाई हामीले माया प्रेममा मात्र बनाइनु भएन । विदेश जाने चलन आदिवासी समाजमा अहिले देखि भएको हो ? लाहुरे गएको चलनलाई हामीले गलत तरिकाले प्रस्तुत गर्नु । यथार्थपरक कथा बाहेक अन्य फिल्म बनाइन्छ भने त्यो गलत हुन्छ । आफ्नो कम्युनिटीको ग्लोरिफाई बारे फिल्म बनाउनु प¥यो । सकारात्मक फिल्म बनाउनु हाम्रो अहिलेको आवश्यकता हो । हामी माझ कथाहरु प्रयाप्त छ । तर हामीले विकृतिका कुराहरु नै कोट्यानमै प्रयास गर्दैछौं । विषयवस्तु महत्वपूर्ण हुन्छ । गौरवको लागि मगर भाषामा बनेको पनि राम्रो तर विषयवस्तु पहिलो हो ।
 
नविन रोका मगर (महासचिव ः ने.म.सं के.स. तथा चलचित्रकर्मी)
सवल पक्षलाई कसरी डकुमेन्टेसन गर्ने, साझा विचार र साझा कला क्षेत्रमा केही गरेर जानु पर्दछ । कलाकार देश, समाजको गहना हो भन्ने परम्परागत धारणा छ तर मेरो मन्जुरी छैन । किन भने कला मनोरन्जनको साधन मात्र होइन । यसैले यो विचार हो । दर्शन र विचारको वाहक हो कलाकार । गहना जता लगाए पनि हुन्छ । नलगाए पनि हुन्छ । तर समाजलाई डोहोराउने व्यक्ति कलाकार हो ।
इतिहासको कुराका राम्रा राम्रा पक्षलाई समीक्षा गरिनु पर्दछ । हाम्रो समाजिक यथार्थपरक कथा बन्दा फरक तरिकाले चलचित्र बन्यो भने भोलिको इतिहासलाई असर पर्छ । चलचित्र सटिफिकेट विनाको सेक्टर यो क्षेत्र हो । यो सेक्टरले आफुलाई पनि बच्ने, अरुलाई पनि बचाउ भन्छ । हामीले मगर समाजको इतिहास वा मगर समाजको विषयवस्तुमा रहेर अध्ययन गर्नु जरुरी छ । चलचित्र निर्माणमा धेरै छलफल गर्न जरुरी छ । साझा संगठनलाई स्थापित गर्नु जरुरी छ ।
आदिवासी जनजातिका कथाहरु यसको चलचित्रहरु नै नेपालका चलचित्रहरु हुन् । मगरको विचार बुझाउनु जरुरी छ । हाम्रो अधिकारलाई राज्य पक्षमा पु¥याउन आन्दोलनको जरुरी छ । विचार सहितको कला र कला सहितको विचारको आवश्यक छ । विचार विनाको कला अँध्यारो हुन्छ, त्यो ठाउँमा पुग्न सक्दैन । र, विचार विनाको कला पनि हुँदैन । हाम्रो भावना र विचारलाई समावेश गरि चलचित्र निर्माण गरिनु पर्दछ । कला र विचारको समायोजन क्रममा कतै हाम्रो विचार हाम्रो समाजिक परम्परागत प्रथा विरुद्ध पो छ कि ? अधिकार प्राप्तिको लागि पनि हाम्रो पहल होस् ।
 हाम्रो चलचित्र सेन्सर गर्ने सरकारको व्यक्तिहरुलाई जसले संस्कृति बुझेको छैनन् उनीहरुलाई अधिकार छैन । हाम्रो संस्कृति र मगर विषयमा गलत चलचित्रहरु बन्नु हुँदैन । आफुले गरेको गल्ती आफैले देख्दैन । आफुनै सर्वेसर्वा होइन । कुनै एउटा ठाउँको जानकारी भयो भन्दैमा त्यो नै सम्पूर्ण मगरको हो भन्नु गलत हो । हामी अध्ययन गरौं । आदिवासी आन्दोलन, मगर आन्दोलनको मुभमेन्ट बारेमा जानकारी ग्रहण लिऔं । मगर समाजको विविधता हाम्रो गौरव हो भन्ने सोचाई लिनु पर्छ ।     
 
राज थापा मगर (प्रथम नायक ः मगर चलचित्र)
चलचित्र निर्माण यति यथाह विषय हो, जसमा डुबुल्की लगाउन त सकिंदैन तर केही चिज लिन सकिन्छ । चलचित्र निर्माण गर्दा भाषाविद, संस्कृतिविदहरुमा पुगेर सोधपुछ गरि त्यसलाई चलचित्रमा कथाको रुपमा समावेश गरिएको थियो । नुमाफुङ बनाउँदा त्यसको लागि विभिन्न व्यक्तिहरुसँग लेखनको लागि गईयो । तर राम्रो रिजल्ट प्राप्त भएन । १ वर्ष लगाएर हामी आफैले लेखन गरियो ।  

याम पुन मगर (चलचित्र निर्देशक)
टेक्निसियन मगर नै हुन् पर्छ भन्ने मेरो तर्फदेखि हुनै पर्छ भन्ने छैन । निर्देशक, निर्माता, लेखक हुनुपर्छ भन्ने हो म मान्छु तर टेक्निसियन चाहि अरुलाई लिए राम्रो हुन्छ । क्वालिटी मेकिङ तिर हाम्रो ध्यान जाओस् । मगर बजार, मगर समुदाय छ भनेर मगर फिल्म नबनाऔं । मगर समुदायलाई मात्र सोचेर फिल्म मेकिङ नबनाऔं ।
 
श्याम थापा मगर (मगर चलचित्रकर्मी)
लेखनको क्रममै सेन्सर भए राम्रो ।  

शंकर गाहा मगर (सदस्य ः मगर चलचित्रकर्मी संघ)
चलचित्रमा संगीतको पनि महत्वपूर्ण छ । यसर्थ मगर चलचित्रको लागि मगर संगीत होस् भन्न चाहन्छु ।

यस्तो थियो कार्यक्रम तालिका

मगर चलचित्र अवसर, सम्भावना र चुनौतीहरु विषयक विचार गोष्ठी

८ बजे
कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे प्रकाश
मेजन पुन मगर (महासचिव ः मगर चलचित्रकर्मी संघ)

आसन ग्रहण
युवराज मास्की राना मगर (अध्यक्ष ः मगर चलचित्रकर्मी संघ)

प्यानल स्पिकर
विजयरत्न तुलाधर (निर्देशक तथा चलचित्र समिक्षक)
नविन रोका मगर (महासचिव ः ने.म.सं के.स. तथा चलचित्रकर्मी)
केशव सूर्यवंशी मगर (भूपू सदस्य ः ने.म.सं. के.स. तथा चलचित्र समीक्षक)

आसन ग्रहण
प्रतिमाया पुन मगर (सचिव ः मगर चलचित्रकर्मी संघ तथा महासचिव ः फिनफि नेपाल)
राज थापा मगर (प्रथम नायक ः मगर चलचित्र)
शंकर गाहा मगर (सदस्य ः मगर चलचित्रकर्मी संघ)

८ः१५ बजे
सहभागीहरुलाई स्वागत
काशिम राना मगर (कार्यक्रम संयोजक, चलचित्रकर्मी तथा पत्रकार)

८ः२५ बजे
मगर चलचित्रका चुनौतीहरु बारे कार्यपत्र प्रस्तुतको लागि
युवराज मास्की राना मगर (अध्यक्ष ः मगर चलचित्रकर्मी संघ)

प्रस्तुत गरिएको मगर चलचित्रका चुनौतीहरु कार्यपत्रमा आफ्नो धारणा राख्नको लागि प्यानल स्पिकरहरु
विजयरत्न तुलाधर (निर्देशक तथा चलचित्र समिक्षक)
केशव सूर्यवंशी मगर (भूपू सदस्य ः ने.म.सं. के.स. तथा चलचित्र समीक्षक)
नविन रोका मगर (महासचिव ः ने.म.सं के.स. तथा चलचित्रकर्मी)

प्यानल स्पिकरहरुको आ–आफ्नो धारणा पश्चात अन्तरक्रियाको लागि फ्लोर ओपन
सहभागीहरुबाट

१ः३० बजे
मगर चलचित्रमा अवसर र सम्भावनाहरु पत्ता लगाउने बारे कार्यशाला सञ्चालनको लागि
प्रतिमाया पुन मगर (सचिव ः मगर चलचित्रकर्मी संघ तथा महासचिव ः फिनफि नेपाल)

५ः०० बजे
चलचित्र निर्माणमा आ–आफ्नो अनुभव÷अनुभूति, भविष्यको योजना तथा सुझावहरु ः सहभागीहरुबाट

सहभागीहरु
राज थापा मगर (नाटक तथा चलचित्रकर्मी)
काशिम राना मगर (कार्यक्रम संयोजक तथा चलचित्रकर्मी÷पत्रकार)
यम पुन मगर (चलचित्र निर्देशक)
श्याम थापा मगर (मगर चलचित्रकर्मी)  
अशोक थापा मगर (चलचित्रकर्मी)
भीम राना मगर (संगीतकार तथा निर्माता)
लाल पुन मगर (एडिटर तथा क्यामराम्यान)
भुवन थापा मगर (चलचित्रकर्मी, सर्लाही)
पूर्ण थापा मगर, सुगा (चलचित्रकर्मी)
देवेन्द्र थापा मगर (चलचित्रकर्मी)
नरजंग राना मगर (चलचित्रकर्मी)        
गम्भीर राना मगर (चलचित्रकर्मी)        ९८१३२७४६५१
सुरेश राना मगर (चलचित्रकर्मी)
भगवती थापा मगर (चलचित्रकर्मी)        ९८४६३९१७३७

जिल्ला तथा समन्वय समिति गठन
मगर चलचित्रकर्मी संघ
जिल्ला समिति, रुपन्देही
श्याम थापा मगर (अध्यक्ष)
यम पुन मगर (सचिव)

मगर चलचित्रकर्मी संघ
जिल्ला समिति, तनहुँ
नरजंग राना मगर (संयोजक)
देवेन्द्र थापा मगर
भगवती थापा मगर

मगर चलचित्रकर्मी संघ
गण्डकी अञ्चल समन्वय समिति, गण्डकी
काशिम राना मगर (संयोजक)
पुर्ण थापा मगर सुगा
गम्भीर राना मगर

मगर चलचित्रकर्मी संघ
जनकपुर अञ्चल समन्वय समिति, जनकपुर
भुवन थापा मगर (संयोजक)

मेजन पुन मगर (महासचिव ः मगर चलचित्रकर्मी संघ)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %