यही सहमतिपछि सबै मन्त्रीले राजिनामा दिए

Read Time:2 Minute, 23 Second

प्रमुख दलहरुवीच पाँच बुँदे सहमतिपछि २१ वैशाखमा प्रधानमन्त्री डा बाबुराम भट्टराई वाहेक मन्त्रीपरिषदका सबैले राजिनामा दिएका छन् ।

यस्तो छ सहमति

२०६८ साल कात्तिक १५ गते भएको सातबुँदे सहमतिबमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरूका बीचमा निम्नलिखित सहमति भएको छ :

१) वर्तमान मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिनभित्र विगतमा भएको सातबुँदे सहमतिबमोजिम प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिनेछ ।

२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनर्संरचना, शासकीय स्वरूपलगायतका सबै विषयहरूलाई तीन दिनभित्र सहमतिमा टुंग्याइनेछ । सहमति हुन नसकेका विषयहरूलाई प्रक्रियाबाट निर्णयमा लगिनेछ ।

३) २०६९ साल जेठ १४ गतेअगावै नयाँ संविधान घोषणा गरिनेछ । संविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनेछ । यो सरकारले एक वर्षभित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउनेछ ।

४) शान्ति प्रक्रियाका बाँकी कामहरू विगतका सहमतिबमोजिम अविलम्ब सम्पन्न गरिनेछ ।

५) संविधान निर्माणको कामलाई तीव्रता दिन राजनीतिक दलका शीर्ष नेताहरूको नियमित रूपमा बैठक गरिनेछ ।

हस्ताक्षर गर्नेहरु
१ पुष्पकमल दाहाल, अध्यक्ष,एमाओवादी
२ सुशिल कोइराला, सभापति, काँग्रेस
३ झलनाथ खनाल, अध्यक्ष, एमाले  
४ विजय गच्छदार, अध्यक्ष, फोरम लोकतान्त्रिक (मधेशी मोर्चाकोतर्फबाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %