बंगलादेशकी लेखिका सगरमाथाको चढ्दै

बंगलादेशकी अधिकारकर्मी तथा लेखिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छन् ।  बङ्गलादेशको स्वतन्त्रता दिवसको अवसरमा अधिकारकर्मी तथा लेखिका वास्फिया नजरिनले चैत १३ गतेदेखि सगरमाथा आरोहण गर्ने भएकी हुन ।

राजधानीमा पत्रकार सम्मेलन गरेर लेखिका नजरिनले सगरमाथा चढेर बङ्गलादेशको प्रथम महिला बन्ने कीर्तिमान राख्न चाहेको बताइन । विश्वका पाँचवटा महादेशका सातवटा हिमशृङ्खलाको आरोहण गर्ने लक्ष्य रहेको बताउँदै उनले अपि्रुका र दक्षिण अमेरिकाका दुईवटा चुचुराको सफल आरोहण गरेको जानकारी दिएन । उनको टीम सदस्यीय छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %