लान्स कप्रल गुरुङ अफ्गानिस्थान्मा मारिए

Read Time:1 Minute, 55 Second
फर्स्ट बतालियन द योर्क शायर रेजिमेन्तका गज बहादुर गुरुङको २७ जनवरी २०१२ मा हेल्मान्द प्रान्तको खर निकाह्ममा गोली प्रहारबाट मृत्‍यु भएको पुस्ती बेलायती रक्षा मन्त्रालयले गरेको छ। हेल्मान्द प्रान्तको  नर ई सराजमा गस्ती गर्दै रहेको अवस्थामा बिद्रोहीद्वारा गोली प्रहारबाट निधन भएको छ ।
१६ अक्तोबर १९८५ जन्मेका गुरुङ पोखरामा प्राम्भिक शिक्षा हासिल गरेका थिए ।  २००४ मा ब्रिगेद अफ  गोर्खा मा भर्ती भई बेसिक त्रेनिङ सकी सेकेन्द बतालियन द गोर्खा राइफल्स्मा जोईन गरेका थिए । उनलाई जुलाई २००९ मा फर्स्त बतालियन द योर्क शायर रेजीमेन्तमा सरुवा गरिएको थियो । सन २०१० मा क्यानदा लगायत बिबिध ठाउमा आर्मी तालिम सके लगत्तै उनलाई अफ्गानिस्थान खताइएको थियो यहि क्रममा गोली लागि गम्भीर घाइते भएका गुरुङको मृत्‍यु भएको थियो ।
सन २००१  देखि सुरु भएको अफ्गानिस्थान युद्दमा ३९७ जना बेलायती सैनिकको मृत्‍यु भैसकेको छ। ९,५०० सैनिक सेवारत रहेको अफ्गानिस्थान्मा २०१२ भित्र करिब ५०० सैनिक फिर्ता बोलाउने लक्ष्य रहेको छ बेलायती प्रधान्मन्त्रीले जनाएका छन् भने सन २०१४ भित्र आफ्गानिस्थान को युद्ध समाप्त हुने जानकारी दिएका छन् ।
चजिन्द्र राना मगर
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %