१५ जनवरीमा क्यानाडामा गेट टुगेदर पार्टी

मगर संघ क्यानडाले मगर सक्रातिको अवसरमा १५ जनवरीमा भेटघाट पार्टीको आयोजना गरेको छ । स्थानीय समय अनुसार ६ बजेदेखि ब्रह्मटन टावरमा कार्यक्रम आयोजना गरिएको संघका महासचिव रमेश राना मगरले इमेलमार्फत राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

संघले ठूलालाई प्रवेश शुल्क २० युएस डलर र ६ देखि १२ वर्षकालाई १० डलर निर्धारण गरिएको रानाले उल्लेख गरेका छन् । ६ वर्ष भन्दा सानालाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सरकारले माघ १ गतेलाई मगर सक्राति घोषणा गरेर पनि नेपालमै प्रभावकारी रुपमा मनाउन नसकीरहेको अवस्थामा मगर संघ क्यानाडाको पहललाई सह्रानीय मान्न सकिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %