मलेसियामा हुने उत्वसबारे जानकारी दिन नेपालमा पत्रकार सम्मेलन

Read Time:2 Minute, 36 Second

प्रवासी मगर संघको आयोजनमा मलेसियाको जेहोरबारु क्वालालाम्पुर पेनाङ्ग पोर्टकेलाङ्गमा गरी चार स्थानमा नेपाली कलाकारहरुले आपुनो प्रस्तुती गर्ने भएको छ । नेपाल पर्यटन वर्ष २०११ को प्रर्वद्धन गर्ने उदेश्यले नेपालका ख्याती प्राप्त कलाकारहरुलाई बोलाएर मलेसियामा चार दिने सास्कृतिक कार्यव्रुम प्रस्तुत गर्ने लागेको काठमाडौं भदौ ९ गते पत्रकार सम्मेलनमाफर्त जानकारी गराएको हो ।

गिनिज बुक अफ वल्र्ड रेर्कडस्मा विश्वकै होचा व्यक्तिको रुपमा नाम दर्ता गराईसकेका खगेन्द्र थापा मगर, प्रख्यात अभिनेत्री करिष्मा मानन्धर, गायक व्रुान्ति आले, सुमन बुढामगर, मुना थापा मगर, एंकर संगिता श्रेष्ठ, डान्सर अनिता रन्जितकार र हास्य कलाकार शुशिल कुमार थापाको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । कलाकारको प्रस्तुतीको कोरियोग्राफी गोविन्द राईले गर्नेछन् । अगस्त २८ देखि सेप्टेम्बर १ सम्म आपुनो प्रस्तुती गर्नेछन् ।

त्यसैगरी नेपाली कलाकारहरुले मलेसियाका ब्यापारी र प्रवुद्ध वर्गको लागी क्वालालाम्पुरको आंकासा होटलमा प्रस्तुती गर्ने ईभेन्ट संयोजक देबेन्द्र सुर्केलीले जानकारी दिनुभयो । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गरिएको सो कार्यव्रुमलाई नेपाल बायू सेवा निगम र पर्यटन वोर्डले आर्थिक र प्राविधिक सहयोग गरेको छ ।

पत्रकार सम्मेलनमा अभिनेत्री करिश्मा मानन्धर, नृत्यकार अनिता रिजतकार, हाँस्य कलाकार सुशिलकुमार थापा, नृत्य निर्देशक गोविन्द राई कार्यक्रम सचालिका संगीता श्रेष्ठ उपस्थित भएर मलेसियामा हुन लागेको कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

देवेन्द्र सुर्केली\ काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %