हङकङको गिदी चाट्ने आइडिया ः गर्भ चाइनामा जन्म हङकङमा

Read Time:10 Minute, 45 Second

हङकङमा आई बच्चा जन्माउने गर्भवती आमाहरुको बाढीले यहाँको सरोकारवालाहरुको गिदी खान थालेकोछ ।

पारिका अर्थात मेनल्याण्डका आमाबाट जन्मिएका बच्चाहरुको संख्या हरेक बर्ष बढ्याबढ्यै गरेपछि यहाँका स्थानीय बासिन्दा र सरोकारवालालाई यो नयाँ चुनौतीले समस्या खडा गर्ने  ठानिएकोछ ।

लक्ष्मन थापा मगर

कुनै बेला बेलायतको अधिनस्थ रहेको हङकङ चीनलाई हस्तान्तन्तरण गरेपछि पनि यो देशमा एक देश दुई ब्यवस्था छ । कम्युनिष्ट पार्टीले सत्ता संचालन गरेको चीन स्वभावले नै गोप्य, मानवअधिकार र प्रेस स्वतन्त्रता जस्ता कुरामा सख्त छ र, आफ्ना जनताहरुमाथि बढी नै निगरानी राखिरहेको हुन्छ भने हङकङ विश्वकै एउटा यस्तो मूख्य शहरको रुपमा परिभाषित छ, जहाँ पैसा भए सबै बस्तु र अधिकारको स्वतन्त्रतापूर्वक उपभोग गर्न पाइन्छ । त्यसैले केहिको भनाईमा आफ्नै छत्रछाँयामा आएको राज्य हङकङको  शासन ब्यवस्था आफ्नो पकडमा ल्याउन चिनीया सरकारले अनेकन उपायहरु अवलम्बन गरिरहेकोछ । तर उसले यस्तो कदम आफ्नै धुनमा मग्न हङकङेली जनतालाई पत्तै नदिई विस्तारै विस्तारै गरिरहेकोछ । त्यहि योजना मध्ये एक आफ्ना गर्भवती आमाहरुलाई हङकङमा कसरी बच्चा जन्माउन सहज तुल्याउने भन्नेमा पनि केन्द्रित रहेको बताइन्छ । चिनीया सरकारले आफ्नो नजिक रहेको विश्वासपात्र हङकङ सरकारको प्रतिनीधिहरुलाई विश्वासमा लिई यस्ता नियमहरु संशोधन गर्न र खुकुलो बनाउन प्रयास गरिरहेका हुन्छन् ।
चीनमा जनसंख्या थेग्नै नसक्ने गरि बढेपछि त्यहाँको सरकारले ‘एक आमा एक सन्तान’ नीति ल्याएपछि पनि अतिरिक्त बच्चा चाहने आमाहरुको नजर हङकङ जस्तो सुविधासम्पन्न र लोकतान्त्रिक शहरमा गएर ठोक्किन्छ । गत साल अर्थात २०१० मा मात्र अनुमानित ८८ हजार पारिका आमाहरुले हङकङमा बच्चा जन्माए । यो संख्या हङकङमा त्यस साल जन्मिएका बच्चा संख्याको ४५ प्रतिशत हो । हङकङ लेजिस्लेटिभ काउन्सिलको अनुमानित तथ्याँक अनुसार सन १९९६ यताको ५ बर्षमा चिनीया आमाहरुले हङकङमा १० हजार बच्चा जन्माएको देखिन्छ भने त्यो संख्या बढेर सन २०१० सम्म (५ बर्षको मात्र ) आइपुग्दा ४० हजार पुगेकोछ ।

आर्थिक सम्पन्नताको तिब्र गतिमा दौडिरहेको चिनीया जनताका लागि करिब २० हजार तिरेपछि बच्चा जन्माउन पाउने हङकङको कानुन सामान्य पर्खाल हो । यसले उनीहरुलाई छुदैंन पनि । तर त्यहि शोक पूरा गर्न ती आमाले चीनमै यस्तो धृष्टता गरे भने उनीहरुको खैर हुदैन । चीनको एक सन्तान नीति उल्लंघन गरि त्यहाँ बच्चा जन्माउनुको अर्थ हो, उनीहरुले कमाएको एक बर्षको कमाई नै दण्डस्वरुप चिनीया सररकाको ढुकुटीमा जम्मा गर्नु । यो उनीहरुको लागि महगो मात्र होइन कष्टप्रद पनि मानिन्छ । त्यसैले जम्मा २० हजार हङकङ डलर तिरेपछि बच्चा जन्माउने हङकङ उनीहरुको उचित आश्रयस्थल बनेकोछ । किनकी लोकतन्त्रको अभ्यास भैरहेको हङकङमा जनसंख्याको चाप अत्यधिक हुनाको वावजुद पनि यहाँ चीनको जस्तो  कडा कानुन अझै बनाइएकोछैन ।
सांघाईमा एउटा विज्ञापन ऐजेन्सीमा विज्ञापन एक्ज्क्यूटिभ पदमा काम गर्ने मेइ सींङ  (बर्ष ३९) ले आफ्नो दोश्रो सन्तान (छोरा) लाई हङकङमा जन्माइन । उनले नीजि वाप्टिस्ट अस्पतालमा एउटा कोटा सुरक्षित राख्नका लागि पहिल्यै अमेरिकन डलर ११,६०० शुल्क तिरेकी थिइन । उक्त रकम १२ दिने प्याकेज ( सेन्जेनबाट हङकङ २ पटकको यात्रा र बच्चाको परिक्षण र सुत्केरी सम्मको खर्च जोडिएकोथियो ) अन्र्तगत उनले भुक्तान गरेकिथिइन । दोश्रो सन्तान जन्मिएपछि सीङले अस्पतालको कोठामा ३ रात विताइन र बाँकी रातहरु सेन्जेन एजेन्सीेले ब्यवस्था गरेको हङकङको आवास गृहमा विताइन । उनले भनिन्, ‘ मेरो विचारमा यहाँ शुल्कको रकम धेरै सस्तो छ । तर चीनमा एउटा सन्तान भन्दा बढी जन्माउन चाहेमा त्यति नै बढी रकम दण्डस्वरुप तिर्नुपर्ने हुन्छ ।’
तर सीमा पारिका गर्भवती महिलाहरुको यस्तो चापले यहाँका स्थानीय बासिन्दाहरुको समस्या भने बढाइदिएकोछ । पारिका महिलाहरुबीच हङकङमा बच्चा जन्माउने कार्यक्रम यति लोकप्रिय छ कि, यहाँका स्थानीयहरुले भन्न थालिसके – ‘हामीहरु साँघुरिदैं जान थाल्यौ ।’ गत अक्टोबर एक रात हङकङकी स्थायी बासिन्दा ऐलिन चानलाई सुत्केरी ब्यथाले च्याप्यो । उनले Matilda International Hospital  (जहाँ उनले बच्चा जन्माउन हङकङ डलर २० हजार अग्रिम भक्तान गरिसकेकीथिइन ।) आँउदै गरेको सूचना दिइन । तर अस्पताल प्रशासनबाट उनले अपेक्षा विपरित जवाफ पाइन । उनलाई आउन पर्देन भनियो ।
धेरै चिनीयाहरुका लागि १० अक्टोबर २०१० जुन दिन चानलाई ब्यथाले च्यापेकोथियो र उनी त्यहि दिन बच्चा जन्माउन चाहन्थिन । किनभने १०–१०–१० को यो नंबर उनको सन्तानको सुखद भविष्यको लागि शुभ थियो । उनले त्यहाँ नपाएपछि अर्को धेरै पुरानो अस्पतालमा ठाँउ लिएर छोरी जन्माइन । आवश्यक दस्तुर भुगतान गरिसकेपछि पनि किन भर्ना लिइएन भन्ने कुरा आफुले बुझ्न नसकेको चानले बताइन ।
Matilda Hospital का प्रवक्ता   Belinda Chun का अनुसार, “ पारिका गर्भवती चाइनीज विरामीहरुको कारणले उनलाई भर्ना नगरिएको होइन । त्यतिबेला पारिका कुनै विरामी महिला अस्पतालमा थिएनन् ।  त्यतिबेला उनलाई दिइने गुणस्तर सेवाका कारण मात्र हामीले भर्ना नलिएका हौं । हामी त्यसमा सम्झौता गर्देनौ । चिनीया आमाहरुसंग भाग लगाउनुपर्ने सुविधाको दर केवल ५ प्रतिशत मात्र हो ।”
तर नयाँ नियमले अस्पतालमा चिनीया महिलाहरुले बुकिङ नगरेपनि उनीहरुलाई रोक्न नसक्ने ब्यवस्था गरेकोछ । पारिकाहरु अचानक आकस्मिक सेवा विभागमा देखा पर्छन् र उनीहरुले बुकिङ नगरिएको भएपनि अस्पतालमा भर्ना पाँउछन् ।  
हङकङ पब्लिक चिकित्सक संघका अध्यक्षले भने, ‘ स्थानीय आमाहरुलाई स्थानीय निकायबाट वेवास्ता गरिएकोमा उनीहरु रिसाएकाछन् ।’
अस्पतालका डक्टर र नर्सहरुले पनि अस्पताल कक्ष भरिभराउ हुन थालेपछि गुनासो गर्न थालेकाछन् । कसरी ब्यवस्थापन गर्ने भन्ने चिन्ताले उनीहरुलाई पिरोलेकोछ । यस्तो भएपछि र स्थानीयहरुको दवाव गएपछि हङकङ सरकारले गत साल एउटा निश्चित नियम बनाई नियमन गर्न  खोजेकोछ । २०११ मा कति पारिका बच्चा जन्माउन दिइने भनेर कोटा निर्धारण गरिएकोछ । त्यो परिवर्तित सामान्य नियम अनुसार, सरकारी अस्पतालमा ३४०० कक्षहरु चिनीया आमाहरुको लागि छुट्याइएकोछ । १० वटा नीजि अस्पतालले ३१०० कोटा उपलब्ध गराउने सहमति गरेकाछन् । यो नियमले गत बर्षको तुलनामा यस बर्ष हङकङमा जन्मने चिनीया बच्चाहरुको संख्या ७ प्रतिशतले घट्नेछ ।
हङकङको न्यून जन्मदरका कारणले पनि चिनीया आमाबाट जन्मेका बच्चाहरुको संख्याले राज्यको आर्थिक बृद्धिलाई  निरन्तरता दिने भूमिका खेल्न सक्छ भन्ने बुझाई यहाँ छ । २०१० मा हङकङको अभिलेख अनुसार, यहाँको जन्मदर जम्मा ०.९ थियो । जन्म परिपूर्ति साधारणतया २.१ हुनुपर्ने मान्यता छ ।  हङ्कङ्को Public Hospital प्रसुती गृहका Wendy Shu का अनुसार,   त्यो  पूरा गर्नका लाागि पनि हङकङको जन्मदरमा निर्भर रहन सकिदैन । किनकी यिनीहरुसंग बच्चा नै छैन । उनका अनुसार, यस बर्ष पब्लिक अस्पतालमा चाइनीज आमाबाट जन्मने बच्चाहरुको संख्या अधिक थियो ।
पारिका बच्चा यहाँ  जन्मिएपछि ती हङकङको नागरिकको अधिकार प्राप्त गर्छन, त्यसको उपभोग गर्न पाँउछन् जुन अधिकार अहिले उनीहरुको राज्यमा उपलब्ध छैन । त्यसैले पनि सस्तोमा बिना झन्झट सुविधा सम्पन्न अस्पतालमा बच्चा जन्माउन सकिने हङकङ आर्थिक रुपले सशक्त हुदैं गैरहेका चिनीयाहरुका लागि सामान्य कुरा बन्दै गैरहेकोछ । तर त्यसले जनसंख्याको चाप अचाक्ली बढिरहेको हङकङबासीलाई भने चिन्तित तुल्याउदै गैरहेकोछ ।

स्रोत ः वाल स्ट्रिट जर्नल दैनिक

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %