मलेसियामा छ नेपाली अलपत्र

रोजगारीका लागी मलेसिया पुगेका छ जना नेपाली त्यहीं अलपत्र परेका छन् । काठमाडौस्थित लक्की म्यानपावर मार्फत उनीहरु मलेसिया पुगेका थिए । बाँके कचनापुर–७ टिकुलीपुर निवासी ऐभान कुसारीका अनुसार उनीहरुलाई म्यानपावरले राम्रो तलब सुविधा दिने भन्दै साताअघि मलेसिया पठाएको थियो ।

मलेसियामा अलपत्र परेका उनीहरुसँग कम्पनीले आधिकारिकता मागेपछि ठगिएको थाहा पाएको कुसारीले बताए । कुसारीका अनुसार उनीसँगै अलपत्र पर्नेहरुमा भोजपुरका बुद्धिबहादुर तमाङ, खोटाङका भूपाल बुढाथोकी र राजु सोनाम, नुवाकोटका कमल तमाङ र अर्घाखाँचीका खेमराज केसी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %