नयाँ रोडमा हुइकिंदै घुम्न जाउं है नेपालको ताज महल

Read Time:6 Minute, 7 Second

काली नदीको तिरमा रहेको नेपालको ताजमहल अर्थात प्रमको प्रतिकको रुपमा रहेको एतिहासिक धार्मिक र पर्यटकिय रुपले अति महत्वपुर्ण रहेको पाल्पाको रानी महल दरवार पाल्पाको सदरमुकाम तानसेन  देखि करीब ९ किलोमिटर उत्तर पश्चिममा पर्दछ । तानसेन देखि करीब २ देखि ढाई घण्टाको पैदल दुरीमा नेपालको ताजमहलको रुपमा परिचित रानीमहल दरवारमा पुग्न सकिन्छ । अहिले रानीमहल सम्म पुग्न रानीमहल नजिकै हात्तिढुङ्गा सम्म मोटर बाटो खनिएको छ । त्यहाबाट १५ मिनेटको पैदल दुरीमा रानीदरवार पुग्न सकिन्छ । तानसेनको कैलाशनगर देखि बराङ्गी नारायणडाडा, अल हुदै पैदल मार्ग बाट पे्रमको प्रतिकको रुपमा रहेकोरानीमहल पुग्न सकिन्छ ।

करीब १५ मिनेटको पैदलदुरीमा ३ वटा प्राकृतिक झरनाहरुले रानीमहल आउने सबैलाई स्वागत गरिरहेको छ । ती प्राकृतिक झरनाहरुलाई केहि रुपमा मर्मत गरेमा पनि संचालनमा ल्याउन सकिन्छ । मर्मत सम्भार नगर्दा पनि झरनाले रानीमहल आउने प्रर्यटकको मन लोभ्याउने गरेको छ । उत्तर तर्फ बगिरहेकी कालीनदी र उत्तरी मुख बनाएर निर्माण भएको एतिहासिक दरवारले सबैको मनलाई आर्कषित त बनाउछनै त्यहाको कलाकृति देख्दा राणाकालमा पनि यस्तो संभब थियो र भनेर सोच्न बाध्य पार्नेगरेको छ । धार्मिक ऐतिहासिक, पर्यटकिय रुपले महत्वपुर्ण मानिएको रानीमहल दरवार लाई पछिल्लो समयमा युवायुवतिहरुले बढी मात्रामा सांचो प्रेमको प्रतिक र विश्वासको रुपमा लिने गरेका छन । राणा खड्ग शम्शेर र रानी तेजकुमारीको अमर प्रेमको बारेमा चर्चा गर्ने र उनीहरुको जस्तो प्रेम दिगो रहोस भन्ने कामना गर्ने परम्परा अहिलेका मायालु जोडिहरुमा रहिआएको छ । राणा खड्ग शम्शेरले पनि प्रेमको प्रतिक स्वरुप आफ्नो मायालुको सम्झनामा र संसारका सबै मानिसहरुले यस्तै गरेर प्रेमको महत्व बुझुन,  प्रेम अमर हुन्छ दिगो हुन्छ भनेर संसार भरी फैलियोस भनेर एउटा नदीको किनारमा उनले आफ्नो प्रेमिकाको सम्झनामा रानी महल निर्माण गरेका थिए ।
बि।स। १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि पागल जस्तै भएका खड्ग शमशेरले उनकै सम्झना रानी महल निमार्ण गरेका हुन । बिस १९५० देखि निमार्णकार्य शुरु गरेका शमशेरले बिसं १९५५ मा रानीमहल दरवारको निमार्ण कार्य पुरा गरेका थिए । उत्तरमुखि काली गंगा बगेको स्थानको छनौट गरी रानीमहल दरवार निमार्ण गरिएको छ । दरवारको बनोट हेर्दा कुनै युरोपियन दरवारमाको रुपमा सजिएको जस्तो निकै आर्कषक देखिन्छ ।उत्तरमुखि गंगाको जल खुट्टाले कुचेपनि पबित्र भईन्छ भन्ने मान्यताका साथ दरवारकै सिडिहरु बाट कालीनदिमा पुग्ने गरी दरवारको निमार्ण गरिएको छ । काली गण्डकी बाटै जग उठाएर यो दरवारको निमार्ण गरिएको छ । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको  परिसरमा मनमोहक बगैचा, शिबलाय, पानीपोखरी, शिबलिङ्गमा नागनागिनले जल शेचन दृश्य,भाँन्सा घर घोडा बाध्ने तबेला ठुला  घण्टहरु सहितको बिभिन्न आर्कषित कलाकृतिहरु देख्न सकिन्छ ।आफु बस्ने वेलामा खड्क शमशेरले जेनेरेटर बाट बिद्युत बाल्ने गरेको पनि स्थानीउ बासिले बताएका छन । जगबाट कालीनदी बगेपनि हाल सम्म दरवार लाई  भने कुनै क्षति पुर्याएको छैन । माथि बाट जंगलले टोपि ओढाएको र तल बाट नदीको बगेको दृश्य देख्दा कसको मन रमाउदैन होला । पे्रम जोडीहरुको लागी त झन यो दरवार मुख्य आकर्षणको केन्द« बिन्दु नै भएको छ । र पनि यति लामो ईतिहास बोकेको प्रेमको प्रतिक ऐतिहासिक पुरातात्विक महत्वको रानीमहलको अबस्था  जिर्ण हुदै जानु र समयमै मर्मत संभार नहुनु  ठुलो दुर्भाग्य भएको छ । आज भारतको ताजमहलमा हेर्न लाखांै बिदेशि पर्यटक आईरहेका छन जसको कारण भारत सरकारले कडोरौ रुपैयाको राजश्व आम्दानी गर्दै आएको छ । तर ताजमहल र रानीमहलको  अबस्था र प्रकृति एउटै भएपनि नेपालको ताजमहल भने ओझेलमा पर्दै आएको छ । रानी महलको जिर्णोदार गरी संरक्षण गरेर सरकारी तवरबाटै प्रर्यटकिय  स्थलको रुपमा बिकास गरेमा भारतको ताजमहल हेर्न आउने पर्यटक नेपालमा अबश्य आउने छन ।रानीमहललाई जिर्णेद्धार गरी संरक्षण गर्नु हामी सबै नेपालीको दायित्व र कर्तब्य हो ।

देब पचभैया पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %