जनमुक्ति पार्टी गैंडाकोट नगर समितिद्वारा घरगाेठ आगजनी भई पिडित भएको व्यक्तिलाई आर्थिक सहयाेग हस्तान्तरण

Read Time:3 Minute, 2 Second

२०८१ वैशाख २३
पूर्ण बहादुर राना

राष्ट्रिय जनमुक्ति पार्टी गैंडाकोट नगर समितिले बिजुली सर्ट भई घरगाेठ क्षति भएकाे तुल बहादुर डिस्वाकाे परिवारलाई आर्थिक सहयाेग गरेकाे छ । गैंडाकोट नगरपालिका वडा नं. ३ निवासी डिस्वाकाे घरगाेठ आगजनी भई पूर्ण  रूपमा ध्वस्त भएको थियाे ।

साे आगलागी वैशाख १६ गते भएकाे थियाे । गैंडाकोट नगरपालिका वडा नं‌ तीन ढोडेनी गाउँ बस्ने तुल बहादुर डिस्वा मगरको घरमा पुगी पार्टीका नेता कार्यकर्ताले नगद रू १८३००/- अक्षरुपी अठार हजार तीन सय रुपैयाँ  सहयाेग गरेकाे हाे । साे समितिले सहयाेग प्रदान गर्नुको साथै २०८१ वैशाख १९ गतेका दिन‌ उपचारको क्रममा ३१ वर्षको अल्पायुमै असामयिक दिवंगत हुनुभएका ऐ.ऐ. ठेगाना भइ गडम्डी स्थित श्री जनता आधारभुत विद्यालयमा हालसालै स्थायी नियुक्ति प्राप्त गरी अध्यापन गरिरहनु भएका अत्यन्त मिलन्सार, सक्रिय,सहयोगी, प्रतिभाशाली, समाजसेवी, खुला दिल आदि व्यक्तित्व गूणहरुले भरपूर्ण भएको शिक्षक स्व.कुल बहादुर सुनारीको घरमा पुगी वहाँको आत्माको चिर शान्तीको कामनाका सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुलाई गहिरो समवेदना प्रकट गरेकाे थियाे । समितिले समवेदना कार्यक्रममा सुनारीकाे परिवारलाई सहयाेग स्वरुप रू ४,०००चार हजार उनकाे आमाको हातमा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेकाे छ ।

साे कार्यक्रममा वैशाख २२ गतेकाे दिन राष्ट्रिय जनमुक्ति पार्टी नगर कार्य समिति गैडाकोट नवलपरासी (व.सु.पू.) का अध्यक्ष श्री चीन बहादुर सारूको नेतृत्वमा सहभागी संघीय परिषद सदस्य(केन्द्रीय सदस्य) केहरसिंह राना, तमुवान-मगराँत गण्डकी प्रदेश समितिका पूर्व उपाध्यक्ष तुल बहादुर सुनारी, प्रदेश समितिका कोषाध्यक्ष चेत बहादुर सारू,संगठन सचिव टक विरकट्टा,सहकोषाध्यक्ष टक मस्राङ्गी,पुर्व सदस्य बिना आले,जिल्ला सदस्य जगमाया राना र पहिचान पक्षधरका सक्रिय कार्यकर्ता लक्ष्मण सिंजाली सहितको ९जनाको टोली सहयाेग हस्तान्तरण कार्यक्रममा सहभागी रहेकाे थियाे । 

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *