पुन समाज नेपालको २२ र २३ माघमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले उठाएको माग यस्तो छ

Read Time:5 Minute, 13 Second

१। पुनहरुलाई स्वपहिचान सहित आदिवासी जनजातिमा सूचीकृत गर्न यो सम्मेलन नेपाल सरकार समक्ष जोड्दार माग गर्दछ ।
२। कास्कीको दाङसिङ गाविस, पर्वतको उत्तरी भेक र सम्पूर्ण म्याग्दीलाई समेटेर आत्मनिर्णयको अधिकार सहितको पुन उपस्वायत्त प्रदेश घोषणा गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।

३। पुनहरुका आदिकालदेखि बसोबास रही आएका स्थानहरुमा सो सेरोफेरोका डाँडाकाँडा, वनजंगल, नदीनालाहरुका नाम पुनहरुकै मातृभाषाबाट पुकारिँदै आएकोमा हाल आएर नेपाली भाषामा परिवर्तन गरिएकोले पुनहरुकै मातृभाषामा यथावत कायम गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
४। नेपाल सरकारले अनुमोदन गरिसकेको अन्तर्राराष्ट्रि श्रम संगठन ९आइएलओ० अभिसन्धि १६९ लाई कार्यतालिका निर्माण गरी तुरुन्त कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
५। पुनहरुको मातृभाषा खाम भाषाको संरक्षण र विद्यालय स्तरमा पठपाठनको व्यवस्था गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
६। राज्यको हरेक निकायमा पुनहरुलाई जनसंख्याको समानुपातिक आधारमा समावेश गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
७। आदिवासी जनजाति मन्त्रालय गठन गरी पुनहरुलाई पनि समावेश गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
८। म्याग्दी जिल्लाको उपयुक्त स्थलमा पुन जागरणका अभियन्ता स्व। मेजर टेकबहादुर पुनको प्रतिमा निर्माण र ट्रष्ट स्थापनाको निम्ति यो सम्मेलन जोडदार माग गर्दछ ।
९। तोकिएको समयसीमाभित्र नै आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्ने प्रगतिशील जनमुखी संविधान बहाली गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१०। तत्कालीन पञ्चायती शासनद्वारा मारिनुभएका स्व। सुरेश शेर्पुर्जा, स्व। हिरालाल फगामी, स्व। हिरा बहादुर पुन र स्व। नन्द सेवक पुनलाई शहिद घोषणा गर्न र उनका परिवारको उचित प्रववन्ध गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
११। वि। स। १८९७ असार २३ देखि साउन ३० सम्म म्याग्दी पाखापानीका तुलु पाइजाले सर्वप्रथम जनविद्रोह गर्दा तत्कालीन शासकद्वारा मारिनुभएकोले प्रथम शहिद घोषण गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१२। संविधानमा धर्म निरपेक्षताको घोषणा गरेतापनि व्यवहारमा पूर्ण कार्यन्वयन नभएकोले सो सम्बन्धित बाझिएका सबैखाले अवशेषको समूल अन्त्यको निम्ति यो सम्मेलन जोडदार माग गर्दछ ।
१३। पुनहरुको मौलिक संस्कृति सोरठीको संरक्षण गर्न नेपाल सरकार समक्ष यो सम्मेलन जोडदार माग गर्दछ ।
१४। पुनहरुको कुलदेवता करपाके बाबा सम्बन्धि गहन, खोज, अनुसन्धान गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१५। पुनहरुका माघ १५ लाई पुन दिवस र भूमे पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१६। पुन युवाहरुलाई आवश्यक सीप, तालिम, प्रदान गरी स्वदेशभित्र नै उचित रोजगार सृजना गरी राष्ट्र निर्माण जस्तो पुनित कार्यमा शरिक तुल्याउन यो सम्मेलन जोडदार माग गर्दछ ।
१७। आदिवासी जनजातिका खोसिएका सम्पूर्ण भूमि फिर्ता गरी जल, जमीन र जंगलमा अग्राधिकार कायल गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१८। सबैखाले शोषण, भ्रष्टाचार, विभेद, उत्पीडन उन्मुलनको निम्ति यो सम्मेलन जोडदार माग गर्दछ ।

उपर्युक्त मागहरुलाई शान्तिपूर्ण रुपमा आवाज बुलन्द गर्दै माग पूर्ति गर्नका निम्ति नेपाल सरकार समक्ष प्रस्तुत गरेका छौं । यथाशीघ्र हाम्रो माग पूरा नभएको खण्डमा सशक्त आन्दोलन गर्न बाध्य छौं ।

 

तिलकप्रसाद पुन ‘पुर्जा’
संगठन विभाग प्रमुख

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %