नेपाल मगर संघ र मगर सभासदहरू बिच संबिधान बारे छलफल

Read Time:1 Minute, 47 Second

रक्ष ब. रैका मगर

काठमाडौं, भदौ १६ – मगर सभासद समुह द्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न  भएको छ ।

फोटो:सन्जोग लाफाको फेशबुक बाट

छलफलमा मगर सभासद ,राजनीतिज्ञ ,मगर संघका पदाधिकारी तथा भात्री सस्थाका प्रमुख , बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सभासद समुहका सङ्योजक शिबलाल थापा मगरको अध्यक्षतामा बसेको छलफल बाट प्रस्तावित संविधान मस्यौदामा खास गरेर धर्म निरपेक्ष,जातीय जनङ्ख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनिधित्व,बहुभाषिक शिक्षा प्रणाली ,आदिवासी  जनजाती आयोग , सिमाङ्कन लगायतको बिसयमा सडक र सदन दुबै ठाउँबाट स-सक्त आन्दोलन चर्काउने सहमति भयको छ ।  

छलफलले उक्त शीर्षक हरुमा संसोधन प्रस्ताव संविधान सभामा पेश गर्ने सहमति गर्दै सो को लागि समिति समेत गठन गरेको छ ।

समितिमा देहाय बमोजिमका ब्याक्ति रहेका छन :

१) सङ्योजक: मा. शिवलाल थापा मगर

सदस्यहरुमा:

२) बम कुमारी बुढा मगर

३) रक्ष ब. रैका मगर

४) झकेन्द्र घर्ती मगर

५) उजिर मगर मगर

६) लोक ब. थापा मगर र  

७) श्री प्रसाद बुढाथोकी मगर रहेका छन ।

नवगठित समितिले संविधान सभामा मगर सभासद्को तर्फबाट पेश गरिने संसोधन प्रस्ताब तयार गर्ने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %