हिम्मत भए हिन्दू राज्य घोषणा गरेर देखाउ : थापा – फोटो समाचार

Read Time:1 Minute, 54 Second

राज्यसत्ता ,

फोटो: शबी लामा , राप्ति ब्युरो 

काठमाडौं , भाद्र १५ – संघिय गणतान्त्रीक जनमुक्ति पार्टीले खबरदारी मार्चपास सम्पन्न गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट मार्चपास र्याली सुरु गरी सहिद गेट, सुनधारा, न्यूरोड, वीरहस्पिटल, रत्नपार्क, जमल, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बिजुलीबजार हुदै नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

उक्त सभामा बोल्ने बक्ताहरुले नेपाल बहुभाषी, बहुजातीय, बहुसास्कृतिक भएको मुलुमा एकात्मक, एकजातीय शासन प्रणाली रहेकोमा पार्टी बहुराष्ट्र बहुजातीय, संघात्मक शासन प्रणालीको लागि बलिदान दिन तयार छौ भनेका थिए ।

नेपालको नयाँ सम्बिधान निर्माणमा कथित तिन दलका ब्राह्मान जातिले पछौटे  जनजाति, अल्पसंख्यक मुस्लिम,तराइबासीलाइ मान्य नहुँने र संकिण बाट ग्रसीत सम्बिधान ल्याउन लागेको बिरोधमा आज मार्चपास बिरोध र्याली निकालिएको थियो ।

 

सभालाइ सम्बोधन गर्दै पार्टी अध्यक्ष एम.एस.थापाले सक्छै भने हिन्दुराष्ट्र घोषणा गरेर देखाऊन अहिलेका शासकहरुलाई चुनौति दिएका थिए । सभालाई पार्टीका वरिष्ठ सहअध्यक्ष परशुराम तामाङ, उपाध्यक्ष मिना पन्धाक लगायतले सम्बोधन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %