ज्ञानेन्द्र पुन मगर
गोरखा जिल्ला पनि पूर्णरुपले बन्द
काठमाण्डौं,भाद्र १४ – मगरात क्षेत्रलाई विभाजन गरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिले आज (भाद्र १४ गते) मगरात क्षेत्र बन्द गरेको छ ।

जस अन्तरगत गोरखा जिल्ला पनि पूर्णरुपले बन्द भएको नेपाल मगर संघ गोरखाको अध्यक्ष विष्णु रानामगरले जानकारी गराएका छन । गोरखामा बन्दको नेतृत्व नेपाल मगर संघ जिल्ला समितिले गरिरहेको छ ।
बाग्लुङ जिल्ला पूर्ण प्रभावित :
मगरात क्षेत्रलाई विभाजन गरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिले आज (भाद्र १४ गते) मगरात क्षेत्र बन्द गरेको छ ।

जस अन्तरगत बाग्लुङ जिल्ला पनि पूर्णरुपले बन्द भएको नेपाल मगर संघ बाग्लुङको अध्यक्ष गाणेश बहादुर थापामगरले जानकारी गराएका छन । बाग्लुङमा बन्दको नेतृत्व नेपाल मगर संघले गरिरहेको छ ।

यसको संयोजनकारी भूमिका मगर संघ केन्द्रीय सदस्य तेजेन्द्र थापामगर र लाङघाली परिवार २०२८ मा महासचिव केबी रानामगरले गरिरहेका छन भने बन्दमा संघको जिल्ला नेतृत्व र संघको भातृसंस्थाहरु महिला, युवा, विद्यार्थीहरुको व्यापक सहभागिता रहेको छ ।


गुल्मीमा पूर्ण प्रभावित
गुल्मी जिल्ला पूर्णरुपले बन्द भएको छ समचार प्राप्त भएको छ । गुल्मी जिल्लामा बन्दको नेतृत्व मगर संघका केन्द्रीय उपाध्यक्ष बालसिं काउछामगर र मगर संघ जिल्ला अध्यक्ष श्रीप्रसाद भलामीमगर लगायतले गरिरहेका छन ।



सल्यानमा पनि जिल्ला पूर्ण प्रभावित:
मगरात क्षेत्रलाई विभाजन गरेको विरोधमा नेपाल मगर संघ, मगरात संघर्ष समितिले आज (भाद्र १४ गते) मगरात क्षेत्र बन्द गरेको छ । जस अन्तरगत सल्यान जिल्ला पनि पूर्णरुपले बन्द भएको नेपाल मगर संघ सल्यानको अध्यक्ष कालिराम घर्तीमगरले जानकारी गराएका छन ।




रूपन्देहीमा पनि बन्द पुर्ण सफल :
नेपाल मगर संघ रूपन्देहीले मगरात प्राप्तिका लागी मार्चपास गरी कोर्णसभामा परीणर्त भएको थियो ।
फोटो: ज्ञानबहादुर थापा मगर




ने.म.स.रूपन्देहीका उपाध्यक्ष गीता सारू मगर




