मगरात स्वायत्त प्रदेशको माग राखी आज १८ जिल्ला बन्द

Read Time:3 Minute, 28 Second

देब पचभैया

पाल्पा, भाद्र १४ – संघिय संरचनामा पहिचान सहितको अधिकार सम्पन्न मगरात स्वायत प्रदेशको माग गर्दे मगरात संघर्ष समितिले आब्हान गरेको बन्दले मगरात क्षेत्रका नौ जिल्ला आज बिहानै देखि प्रभाबित भएको छ । 

संघिय संरचनामा पहिचान सहितको अधिकार सम्पन्न मगरात स्वायत प्रदेशको माग गर्दे गरिएको बन्दले धौलागिरि, लुम्बिनि, राप्ती र गण्डकी अंचलका १८ जिल्लामा यातायात, बजार पसल, शैक्षिक सस्था सबै बन्द भएका छन् । 

लामो तथा छोटा दुरीमा चल्ने कुनै पनि गाडी नचलेको जिल्ला प्रहरी कार्यालयहरुले जनाएका छन् ।

मगरात भुमिको सामाजिक संरचना बिक्षत पार्दै मगर बाहुल्य क्षेत्रलाई ३ प्रदेशमा बिभाजन गरिएकोमा उनीहरुले आपत्ती जनाएका छन् ।

अन्तरिम संबिधानमा उल्लेखित पछि पारिएका समुदायका अधिकारहरु नया बन्ने संबिधानको मस्यौदाबाट हटाईएको भन्दै अधिकार प्राप्ती नभएसम्म आन्दोलन जारी रहने नेपाल मगर संघका केन्द्रिय सदस्य गमबहादुर थापा मगरले जानकारी दिए ।
उनीहरुले पहिचान, पुर्ण अधिकार, समानुपातिक समाबेशी नीति सहितको संघिय संबिधान निर्माण हुनुपर्नेमा जोड दिएका छन् । आदिबासी जनजातिको संबैधानिक आयोग गठन गर्न, धर्मनिरपेक्ष राज्यको ब्यवस्था कायम गर्न, बहुभाषिक नीति र मातृभाषामा शिक्षा आर्जन गर्न पाउने माग उनीहरुको छ ।

प्राचिन ऐतिहासिक तथा बिघटिन संबिधान सभाको राज्यपूर्नसंरचना समिति र उच्च स्तरिय राज्यपूर्नसंरचना अयोग द्धारा प्रस्ताबित मगरात भुमि पाल्पा, गुल्मी, बाग्लुङ्ग,म्याग्दी, रोल्पा, प्युठान, अर्घाखाँची, तनहुँको पुर्बी दक्षिण क्षेत्र, गोरखाको दक्षिण क्षेत्र, कास्कीको पश्चिम उत्तर, पर्बतको पश्चिम उत्तर क्षेत्र, स्याङ्जाको पश्चिम दक्षिण क्षेत्र , दाङको उत्तरी क्षेत्र, डोल्पाको दक्षिणी क्षेत्र, रुपन्देहीको पुर्बी उत्तर क्षेत्र, सल्यानको पुर्बी क्षेत्रलाई एउटै कलस्टरमा पर्ने गरि सिमाङ्कन गर्न माग गर्दै मगरात क्षेत्रका चार अंचल धौलागिरि, लुम्बिनि, राप्ती र गण्डकी अंचलका ९ जिल्ला बन्दको आब्हान गरेका हुन् । बर्सौ देखि पछि पारिएका मगरहरुले आफ्नो अधिकारको लागी आवाज उठाएको भन्दै ईमान्दार मगरहरुको आवाज राज्य र राजनितिक नेतृत्वले तत्काल सुन्नुपर्नेमा उनीहरुको जोड छ ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %