कृष्ण सारू मगर
बुटवल, ७ भदौ – नेपाल मगर संघ वडा समिति बुटवलले सुख्खानगर स्थित अमर भवनको आफ्नै प्राङ्गणमा ईतिहास, भाषा, संस्कृति संरक्षण-संवर्द्धन मगरहरूको मूल मन्त्र !जातिय पहिचान, स्वायत्त शासन, सहितको लोकतान्त्रिक गणतन्त्र !! भन्ने मूलनाराका साथ मगर समुदायहरूको सात बुँदे उल्लेखित अवधारणा पत्रमा बहस तथा छलफल गर्दै नगर स्तरिय दोस्रो वार्षिक भेला वडा समितिले सम्पन्न गरेको हो ।
वरिष्ठ समाजसेवी तथा इनजिनियर गम प्र. रेश्मी मगरको प्रमुख आतिथ्यमा पत्रकार तथा विभिन्न उच्च ओहदामा रहेका ब्याक्तित्वहरूको बृहत् उपस्थितिमा कार्यक्रमका प्रमुख आतिथि, वरिष्ठ अतिथि सभापतिले सयुक्त रूपमा नेपालका प्रथम सहिद लखन थापा मगरको तस्विरमा माल्यार्पण गरी शान्तिका द्धिप प्रज्वलन गरि कार्यक्रम उद्धघाटन गरेका थिए ।
थर्क ब.बाह्रघरे मगरको सभापतित्वमा उप-अध्यक्ष मायाँ सारू मगरले स्वागत मन्तव्य दिएका थिए भने, कार्यक्रम संचालक चेत ब. राना मगरले गरेका थिए । संघकी सकृय महिला सदस्य रेमा थापा मगर र मायाँ सारू मगरले खादा ओढाई अतिथिगणहरू लाई स्वागत गरेकी थिईन ।
मन्तब्यको क्रममा देवेन्द्र थापा मगर, पुनम रखाली मगर, गोपाल चौहान मगर, टंकमान सारू मगर, कुल ब.थापा मगर, गिरी श्रीस मगर, नरसिँ काउचा मगर, ज्योति थापा मगर लगायत अन्य उपस्थित बुद्धिजिवि ब्यक्तित्वहरू नेतृत्व पङ्तिले अघि बढ्नु पर्ने साथै, साँस्कृतिक तथा राजनैतिक आन्दोलन संगै मुक्तिको अन्तिम लडाईमा मगर जातिहरूलाई दोस्रो दर्जाको नागरिक बनाएकोले राज्यसत्ताले अन्याय अत्याचार र विभेद गरेकोमा वर्तमान ब्रामणवादी नालायक सरकारले किस्तावन्दीमा निराधार प्रदेश छुट्याइएको प्रति घोर आपत्ति जनाउँदै वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए ।
प्रमुख अतिथि रेश्मी मगरले मगर जातिहरूले शिक्षा, जनस्वास्थ्य, र पुर्वाधार विकाशको जस्तो महत्वपुर्ण अवसरका लागि राज्यसत्ता बाट उपेक्क्षित मगरहरूका लागि आफैले गुल्मीको हुक्दीखोला ५ मेघावाटको जलविधुत परियोजना र म्याग्दीको धारखोलामा १५ मेगावाट विधुतका लागि बाहुन क्षेत्रीहरूले ५ करोड लागाउन आँखा चिम्लेर अग्रसर हुने तर, हाम्रा मगरहरू ५० हजार लगानी गर्न डराउने किन ? भन्दै यस्तो अवसर पाउँदा कुनै अवसर गुमाउनु नहुने बताउँदै पछाडी नहट्न सुझाएका थिए ।
सभापति थर्क ब.बाह्रघरे मगरले मन्तब्यको क्रममा विविध महत्वपुर्ण ७बुदे प्रतिवेदनको बारेमा साथै, स्पेशल आदिवासी जनजातिहरू लक्षित पश्चिमाञ्चलको बुटवल बाट सनिवार र बुधवार हप्तामा दुई पटक प्रकासित हुने संघिय एक्सप्रेस पत्रिकालाई जनजातिहरूले मासिक, त्रैमासिक र वार्षिक ग्राहक बनेर सह्योग गर्ने निर्णय सार्वजनिक गर्दै मगरातका र जातिय पहिचार लागि आदिवासी समुदायहरुले आफ्नो हक अधिकार सुनिश्चिका लागी पहिले लड्यौ, अरूका लागि ! अब लडौँ आफ्ना लागि !! भन्दै कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरू लाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
