कृष्ण सारू मगर

६- आईतबार बुटवल उपभोक्ता हित संरक्षण समिति बुटवल उप-महानगरपालिका वार्ड नं- नौ र दशका जनताहरूलाई सनिबारका दिन सुक्खानगरको बौद्ध गुम्बा स्थित गुप्त बहादुर पान्डेको अध्यक्षतामा सर्वसाधरण लाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संचालन वरिष्ठ अधिवक्ता जीवनाथ पान्डेले गरेका थिए । गत २ भदौ ०७२का दिन ८०% जनताहरूको विरूद्ध न्यायपालिका पुनरावेदन अदालत बुटवलका न्यायधीस विष्णुदेव पौडेल र अब्दुल अजिज मुसलमानको ईजलाले गरेको रित निवेदन खारेज र एडिवी द्वारा संचालन गर्न लागिएको योजना तत्कालिन मात्र नभै दिर्घकालिन भारी ऋण प्रति सम्पुर्ण नौ र दशका जनताहरूलाई उपभोक्ता हित संरक्षण समितिले गम्भीर ध्यानाकर्षण गरेको हो ।
मन्तब्यको क्रममा तुल बहादुर सारू मगर, हरीलाल गुरूङ, रस बहादुर गुरूङ, तेजनिधि पौडेल, कमल पोख्रेल, रूद्रनाथ लम्साल, पुर्णभक्त पान्डे, टिकाराम गौतम, गंज बहादुर थापा मगर, मिठु घिमिरे, अनिता अधिकारी, यज्ञ प्रसाद पंगेनी, थानेश्वर अर्याल, योगेस बुढाथोकी, लगायत अन्य उपस्थित बुद्धिजिविहरूले आ-आफ्नो धारणा राख्दै पुनरावेदन अदालतले दिएको अन्तरिम आदेश विपरित सदस्य बनाई लिएको रकम फिर्ता गर्न/गराउन र अवको उपरान्त प्रत्येक टोलसमितिका अध्यक्षलाई जिम्मेवारी दिने पनि उपस्थित भेलाको सर्वसहमतले निर्णय गरेको छ ।
नेपाल सरकारको स्वामित्व प्राप्त ने.खा.पा. आदिकारिक संस्थानले लगानी गरेको प्राकृतिक श्रोत लाई निर्माणका लागि राज्यको लगानीमा १९ करोड लागतमा पाल्पाको झुम्सा बाट करिव ११सय मीटर मात्र काम बाँकी रहेको र अन्तरिम आदेशको अवज्ञा गरेकोले अख्तियार अध्यन अनुसन्धान कार्यलयमा पनि मुद्धा दर्ता रहेको अवगत गर्दै बौद्ध गुम्बाको प्राङ्गण बसेर शान्तिका दुत भगवान बुद्ध संग कसम खाँदै हरेक प्राणीलाई अति आवश्यक पानी जस्तो संवेदनशीलमा २२ करोड रकम लाई आफ्नो सिमित स्वार्थका लागि चार राजनैतिक दल र केही झोले, भरौटेहरूले हस्तक्षेप गरेकोमा दु:ख लागेको बताउँदै, अब नेपाली जनताहरूको न्याय र अधिकारका लागि जस्तो सुकै परिस्थितिमा सह्योग गर्ने प्रतिवद्धता जाहेर गर्दै अौपचारिक कार्यक्रम समापन गरेको थियो ।
